तुल्सीपुर राज्य भारतको अवध क्षेत्रको एउटा सानो राज्य थियो जुन पछि ब्रिटिस राजअन्तर्गत आगरा र अवधको संयुक्त प्रान्त बन्यो। तुल्सीपुरको सिमानाशिवालिकहरूको डुन्डवा पर्वतमालाभन्दा उत्तरतिर दाङ र देउखुरी उपत्यका फैलिएको थियो । दाङ र देउखुरी उपत्यका पछि नेपालको भाग बन्यो। यो परम्परागत रूपमा थारू जाति बसोबास गर्ने क्षेत्रहरू मध्ये एक थियो।

तुलसीपुर वंशका चौहान सरदार हरदयाल सिंह
४९ औँ चौहान (तुलसीपुरका ठाकुर प्रचण्ड सिंह)

तुल्सीपुर राज्य लगभग १५० गुणा १५० माइल थियो।  यसको सिमाना उत्तरमा सल्यान राज्य (नेपाल) र प्युठान, दक्षिणमा बलरामपुर रियासत (भारत), पूर्वमा मादी नदी (नेपाल) र अर्नाला नदी (बस्ती, भारत) र पश्चिममा बहराइच (भारत) थियो।

सन् १७८६ मा विलय हुनु अघिसम्म,[] तुलसीपुर राज्यलाई पहाडी क्षेत्र केन्द्रित बाइसे राज्य मध्ये एक राज्यको रूपमा गणना गरिएको थियो।

परम्पराअनुसार तुलसीपुरको उत्पत्ति पौराणिक श्रावस्ती राज्यमा पुग्छ।[]

तुलसीपुर-दाङका राजाहरू चौहान राजपूत खानदानका थिए। उनीहरूलाई ठाकुर उपाधिले सम्बोधन गरिन्थ्यो । चौघेरा (घोराही, दाङ) बाट उनीहरूले दाङ र देउखुरी उपत्यका साथै शिवालिकहरू दक्षिणमा तुलसीपुर राज्य वरपरका क्षेत्रहरूमा शासन गरे, जुन अहिले भारतमा छ।[]

नेपालको एकीकरणको समयमा, शिवालिक र उत्तरका उपत्यकाहरूको भाग नेपाललाई दिइएको थियो। बाँकी भुभाग, भारतको अवध सामन्त राज्य तुलसीपुर राज्यको रूपमा परिचित भए।[]

सन् १८५० को दशकमा शासक परिवारमा सम्पत्तिको लागि आन्तरिक द्वन्द भयो[] र सन् १८५६मा ब्रिटिस इस्ट इन्डिया कम्पनीले राजालाई दबाब दिन सशस्त्र सेना पठायो। राजा आफूले उठाएको मालमोत(जग्गा राजस्व) कम्पनीलाई दिन अस्वीकार गर्दै आएकाधेरै तालुकुदारहरू मध्ये एक थिए, र अब कम्पनीले हालको राजस्व मात्र नभई बक्यौता पनि खोजिरहेको थियो।[]१८५७ को भारतीय विद्रोहको समयमा, तालुकदारका ५०० जना मानिसहरूले लखनऊको घेराबन्दी विद्रोही बलको हिस्सा बनेका थिए र [] तुलसीपुरकी रानी ईश्वरी देवी एक प्रमुख व्यवस्था विरोधी व्यक्तित्व थिइन्।[][] []

विद्रोहपछि , १८५९ मा तुलसीपुर राज्य ब्रिटिस राज द्वारा विलय  गरियो, उत्तर-पश्चिमी प्रान्त र अवध, ब्रिटिस भारतको प्रान्तहरू मध्ये एकको हिस्सा बन्यो।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Bouillier (1993), p. 29
  2. २.० २.१ २.२ Bouillier (1993).
  3. Mukherjee (2002), p. 25
  4. Mukherjee (2002), p. 39
  5. Mukherjee (2002), p. 94
  6. Bala & Sharma (1986), p. 57
  7. ७.० ७.१ Gonda.
  8. Mukherjee (2002).