तुलसीपुर राज्य
तुलसीपुर राज्य भारतको अवध क्षेत्रको एउटा सानो राज्य थियो जुन पछि ब्रिटिस राजअन्तर्गत आगरा र अवधको संयुक्त प्रान्त बन्यो। तुलसीपुरको सिमानाशिवालिकहरूको डुन्डवा पर्वतमालाभन्दा उत्तरतिर दाङ र देउखुरी उपत्यका फैलिएको थियो। दाङ र देउखुरी उपत्यका पछि नेपालको भाग बन्यो। यो परम्परागत रूपमा थारू जाति बसोबास गर्ने क्षेत्रहरू मध्ये एक थियो।
तुलसीपुर राज्य | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
राज्य | |||||||||||||
१६औँ शताब्दी–सन् १८५९ | |||||||||||||
आग्रा र अवधको संयुक्त प्रान्त | |||||||||||||
राजधानी | तुलसीपुर, उत्तर प्रदेश | ||||||||||||
जनसङ्ख्या | |||||||||||||
• सन् १८८१ | १३२१७५ | ||||||||||||
इतिहास | |||||||||||||
इतिहास | |||||||||||||
• मुगल साम्राज्यको राज्य | १६औँ शताब्दी | ||||||||||||
• ब्रिटिश भारतमा विलय | सन् १८५९ | ||||||||||||
| |||||||||||||
वर्तमान क्षेत्र | भारत नेपाल |
तुलसीपुर राज्य लगभग १५० गुणा १५० माइल थियो। यसको सिमाना उत्तरमा सल्यान राज्य (नेपाल) र प्युठान, दक्षिणमा बलरामपुर रियासत (भारत), पूर्वमा मादी नदी (नेपाल) र अर्नाला नदी (बस्ती, भारत) र पश्चिममा बहराइच (भारत) थियो।
सन् १७८६ मा विलय हुनु अघिसम्म,[१] तुलसीपुर राज्यलाई पहाडी क्षेत्र केन्द्रित बाइसे राज्य मध्ये एक राज्यको रूपमा गणना गरिएको थियो।
इतिहास
सम्पादन गर्नुहोस्परम्पराअनुसार तुलसीपुरको उत्पत्ति पौराणिक श्रावस्ती राज्यमा पुग्छ।[२]
तुलसीपुर-दाङका राजाहरू चौहान राजपूत खानदानका थिए। उनीहरूलाई ठाकुर उपाधिले सम्बोधन गरिन्थ्यो । चौघेरा (घोराही, दाङ) बाट उनीहरूले दाङ र देउखुरी उपत्यका साथै शिवालिकहरू दक्षिणमा तुलसीपुर राज्य वरपरका क्षेत्रहरूमा शासन गरे, जुन अहिले भारतमा छ।[२]
नेपालको एकीकरणको समयमा, शिवालिक र उत्तरका उपत्यकाहरूको भाग नेपाललाई दिइएको थियो। बाँकी भुभाग, भारतको अवध सामन्त राज्य तुलसीपुर राज्यको रूपमा परिचित भए।[२]
सन् १८५० को दशकमा शासक परिवारमा सम्पत्तिको लागि आन्तरिक द्वन्द भयो[३] र सन् १८५६मा ब्रिटिस इस्ट इन्डिया कम्पनीले राजालाई दबाब दिन सशस्त्र सेना पठायो। राजा आफूले उठाएको मालमोत(जग्गा राजस्व) कम्पनीलाई दिन अस्वीकार गर्दै आएकाधेरै तालुकुदारहरू मध्ये एक थिए, र अब कम्पनीले हालको राजस्व मात्र नभई बक्यौता पनि खोजिरहेको थियो।[४]१८५७ को भारतीय विद्रोहको समयमा, तालुकदारका ५०० जना मानिसहरूले लखनऊको घेराबन्दी विद्रोही बलको हिस्सा बनेका थिए र [५] तुलसीपुरकी रानी ईश्वरी देवी एक प्रमुख व्यवस्था विरोधी व्यक्तित्व थिइन्।[६][७] [७]
विद्रोहपछि , १८५९ मा तुलसीपुर राज्य ब्रिटिस राज द्वारा विलय गरियो, उत्तर-पश्चिमी प्रान्त र अवध, ब्रिटिस भारतको प्रान्तहरू मध्ये एकको हिस्सा बन्यो।[८]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Bouillier (1993), p. 29
- ↑ २.० २.१ २.२ Bouillier (1993).
- ↑ Mukherjee (2002), p. 25
- ↑ Mukherjee (2002), p. 39
- ↑ Mukherjee (2002), p. 94
- ↑ Bala & Sharma (1986), p. 57
- ↑ ७.० ७.१ Gonda.
- ↑ Mukherjee (2002).
ग्रन्थसूची
सम्पादन गर्नुहोस्