उदयपुर जिल्लाको लेखगाउँस्थित ताप्ली पोखरी

उदयपुर जिल्लालेखगाउँमा समुद्री सतहबाट १ हजार ८ सय मिटरको उचाइमा अवस्थितस्थित ताप्ली पोखरी पुग्न सदरमुकाम गाईघाटदेखि डेढ दिन लाग्छ। गाडीमा भने सदरमुकामदेखि एकदिनमै आउजाउ गर्न सकिन्छ। दुर्गम क्षेत्रमा भए पनि यसको प्राकृतिक बनावट चित्ताकर्षक छ, ७५ मिटर चौडाइ र तीन सय मिटर लम्बाइ भएको यस पोखरीमा सफा मौसममा पुग्दा पोखरीको सङ्लो पानीमा नीलो आकाशको छाया ज्यादै लोभलाग्दो देखिन्छ। पोखरी क्षेत्रबाट विश्वको सर्वोच शिखर सगरमाथासमेत छर्लंग हेर्न सकिन्छ| यस पोखरीमा माछा भने पाइँदैनन्। करबि पाँच कट्ठा क्षेत्रफलमा फैलिएको यस पोखरीमा नयाँ वर्षलगायत विभिन्न समयमा मेला लाग्ने गर्छ।