डेभिड वुडार्ड

अमेरिकी लेखक तथा संगीत निर्देशक

डेविड जेम्स वुडार्ड (अङ्ग्रेजी: David James Woodard, /ˈwʊdɑːrd/; जन्म अप्रिल ६, १९६४, मा सांता बारबरा, क्यालिफोर्निया) एक अमेरिकी लेखक तथा संगीत निर्देशक हुन् । सन् १९९० ताका उनले "prequiem" (प्रिक्वीम), preemptive र requiem शब्दहरूको सन्धिबाट बनेको शब्द प्रत्युत्पादन गरेका थिए, जसले उनको बौद्ध अभ्यास अनुसार मृत्युको बेला वा त्यो भन्दा केही अगाडि बजाउन तयार पारिने समर्पित संगीतलाई बुझाउँछ ।[१][२]

डेविड वुडार्ड
२०२० मा वुडार्ड
जन्म(१९६४-०४-०६)अप्रिल ६, १९६४
सांता बारबरा, क्यालिफोर्निया
नागरिकता
  • अमेरिका
  • क्यानाडा
पेशासंगीतकार, लेखक
जीवनसाथीSonja Vectomov
सन्तान
हस्ताक्षर

सन् २००१ मा हाल निष्कृय रहेको एन्जल्स फ्लाईट फनिक्युलर रेलवेमा दुर्घटनामा दिवंगत भएका लियोन प्रापोर्ट तथा उनका घाईते श्रीमती लोलाका सम्मानमा आयोजित नागरिक समारोह उनले संगीत निर्देशकका रूपमा काम गरेको लस एन्जलस मेमोरियल सर्भिसेजमा समावेश भएको छ ।[३][४]:१२५ उनले समुद्री तटमा खसेर मरेको क्यालिफोर्नियाको खैरो पेलिकन (समुद्री चरा) लगायत अन्य वन्यजन्तुको सम्झनामा शोक गीतहरु प्रस्तुत गरेका छन् ।[५][६]:१५२–१५३ उनले संगीत स्कोर सिर्जना गर्न रंगीन मसी प्रयोग गर्दछ ।[७]:१७३

वुडार्ड उनले बनाएका ड्रिममेसिन, एक हल्का दिमागलाई असर गर्ने खालको बत्तिका प्रतिकृतिका लागि प्रख्यात छन्, जुन विश्वभर कला संग्राहलयहरूमा प्रदर्शनीका लागि राखिएका छन् । जर्मनीनेपालमा साहित्यिक जर्नल, डेर फ्रुन्ड Der Freund, लगायत अन्तर्प्रजातीको कर्म, बोटबिरुवाको चेतना तथा पाराग्वेको वसोवास न्यूभा जर्मानियाका लेखहरूमा योगदानका लागि उनी परिचित छन् ।[८]

शिक्षा सम्पादन गर्नुहोस्

वुडार्डले आफ्नो शिक्षा न्यू स्कुल फर सोसियल रिसर्च तथा यूनिभर्सिटि अफ क्यालिफोर्निया, सान्ता बार्बराबाट हसिल गरेका हुन् ।

न्यूभा जर्मानिया सम्पादन गर्नुहोस्

सन् २००३ मा वुडार्ड जुपिटर हिल्स (लस एन्जलस काउन्टी), क्यालिफोर्नियामा काउन्सिल सदस्यका रूपमा निर्वाचित भएका थिए । यस पदमा कार्यरत रहँदा उनले प्रागको न्यूभा जर्मानियासंग भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव गरे । उनको यस योजनालाई अगाडि बढाउन वुडार्डले पूर्व शाकाहारी / आदर्श नारीवादी व्यवस्था तर्फ यात्रा गरे र त्यहाँका नगरपालिकाको नेतृत्वसंग भेट गरे । प्रारम्भिक भ्रमण पश्चात् उनले यस सम्बन्ध अगाडि नबढाउने निर्णय गरे, तथापि, उनले त्यस समुदायमा भविष्यको लेखनका लागि अध्ययनको विषय फेला पारे । उनलाई अभिरुचि जागेको कुरा चाहिं विचारयोग्य योजनाकार रिचर्ड वाग्नर तथा एलिजावेथ फोर्स्टर नियत्ज्त्सेका आदी-परामानववादी विचारहरु थिए, जुन उनका श्रीमान बर्नर्ड फोर्स्टरसंग मिलेर स्थापना गरेका थिए र उनी सन् १८८६ र १८८९ का बीच कोलोनीमा बस्दथे ।

 
१९९७ मा ड्रिममेसिन संग वुडार्ड र बुरोस[९]:१४२–१४६

सन् २००४ देखी २००६ सम्म वुडार्डले तत्कालीन संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति डिक चेनीको समर्थनमा न्यूभा जर्मानियाको अनगिन्ती अभियानहरूको नेतृत्व गरे ।[१०] सन् २०११मा वुडार्डले स्वीस उपन्यासकार क्रिष्टियन क्राट्चलाई मूख्यतय न्यूभा जर्मानिया[११]:११३–१३८ सम्बन्धि उनीहरू बीचका ठूला व्यक्तिगत पत्राचारहरु दुई खण्डमा युनिभर्सिटि अफ ह्यानभर अन्तर्गत वेह्रहाह्न भेरलागका नामबाट प्रकाशन गर्न अनुमति दिए ।[१२]:१८०–१८९ पत्र आदानप्रदानका सम्बन्धमा फ्राँकफर्टर आलजिमेईन जेईटुंगले भनेका छन्, "[वुडार्ड र क्राट्च]ले जीवन र कला वीचको सिमा उल्लंघन गरेका छन् ।"[१३] डेर स्पिगेलले मानेका छन् कि फाईभ ईयर्स (Five Years),[१४] पहिलो खण्ड क्राट्चको निकट भविष्यको उपन्यास ईम्पेरियम (Imperium) का लागि "आध्यात्मिक प्रारम्भिक कार्य" हो ।[१५]

एन्ड्रु म्याककानका अनसार वुडार्डले "कुनै स्थानको अवशेषको यात्रा, जहाँका आदिवासीहरुका सन्ततिहरु अत्यन्तै सिमित परिवेशमा बस्ने गर्दछन्" को यात्रा गरे र "समुदायको साँस्कृतिक पार्श्वचित्रको विकास तथा कुनै बेला एलिजावेथ फोस्टर नियत्ज्त्सेको परिवार बस्ने स्थानमा सानो आकारको वेरुथ ओपेरा हाउसको निर्माण गर्न" अगाडि बढे ।[१६][टि १] हालैका वर्षहरूमा न्यूभा जर्मानियाले ब्रेकफास्ट तथा सुत्ने व्यवस्था भएको र तुरुन्तै तयार पर्न सक्ने ऐतिहासिक संग्राहलय भएको मैत्री गन्तव्यतर्फ जोड दिएका छन् ।

ड्रिममेसिन सम्पादन गर्नुहोस्

सन् १९८९ देखी २००७ सम्म वुडार्डले ड्रिममेसिनका नक्कलहरु बनाए,[१७][१८] जुन ब्रिगन जिसिन तथा ईयान सोमरभिलले निर्माण गरेको स्ट्रोबस्कोप जस्तै एल चलाखीपूर्ण आविष्कार हो, जुन तामा वा कागजनबाट बनेको हुन्छ, यसमा बेलन राखिएको हुन्छ र विद्युतिय बत्ति वरिपरी घुम्दछ – आँखा चिम्लिएर हेर्दा यस यन्त्रले मानसिक रूपमा भ्रम पैदा गरिदिन्छ जुन लागुपदार्थको नशा वा सपनामा जस्तै हुने गर्दछ ।[१९][टि २]

विलियम एस. बुरोगको सन् १९९६ मा LACMA दृष्य पूर्वव्यापी Ports of Entry[२०][२१] का लागि ड्रिममेसिन योगदान गरे पश्चात् वुडार्ड लेखकसंग साथी बने र उनको ८३औं तथा अन्तिम जन्मदिनको अवसरमा उनलाई "बोहेमियन नमुना" को (कागजबाट निर्मित) ड्रिममेसिन प्रदान गरे ।[२२][२३]:२३[२४]

सन्दर्भ र टिपोट सम्पादन गर्नुहोस्

टिपोट सम्पादन गर्नुहोस्

  1. स्वीस शास्त्रीय भाषाविज्ञ थोमस स्किमिड्टले वुडार्डको श्रृंखलाबद्ध आवाजको तुलना एक थोमस पिनकन उपन्यासको पृष्ठभूमिको चित्रसंग गरेको छन् ।
  2. सन् १९९०मा वुडार्डले काल्पनिक दिमागलाई असर गर्ने खालको यन्त्र आविष्कार गरेका थिए, फेरालिमिनल लाईक्यानथ्रोपाईजर, जसका असरहरु ड्रिममेसिनको भन्दा उल्टो हुने विश्वास गरिएको छ ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Carpenter, S., "In Concert at a Killer's Death", Los Angeles Times, मे ९, २००१ ।
  2. Rapping, A., वुडार्ड को पोर्ट्रेट (सिएटल: Getty Images, २००१) ।
  3. Reich, K., "Family to Sue City, Firms Over Angels Flight Death", Los Angeles Times, मार्च १६, २००१ ।
  4. Dawson, J., Los Angeles' Angels Flight (Mount Pleasant, साउथ क्यारोलाइना: Arcadia Publishing, २००८), पृ. १२५
  5. Manzer, T., "Pelican's Goodbye is a Sad Song", Press-Telegram, अक्टोबर २, १९९८ ।
  6. Allen, B., Pelican (लन्डन: Reaktion Books, २०१९), पृ. १५२–१५३
  7. Kracht, C., & Nickel, E., Gebrauchsanweisung für Kathmandu und Nepal: Überarbeitete Neuausgabe (म्यूनिख: Piper, २०१२), पृ. १७३
  8. Carozzi, I., "La storia di Nueva Germania", Il Post, अक्टोबर १३, २०११ ।
  9. Chandarlapaty, R., "Woodard and Renewed Intellectual Possibilities", मा Seeing the Beat Generation (Jefferson, NC: McFarland & Company, २०१९), पृ. १४२–१४६
  10. Epstein, J., "Rebuilding a Home in the Jungle" वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०९ मिति, S. F. Chronicle, मार्च १३, २००५ ।
  11. Schröter, J., "Interpretive Problems with Author, Self-Fashioning and Narrator", मा Birke, Köppe, सम्पादकहरू, Author and Narrator (बर्लिन: De Gruyter, २०१५), पृ. ११३-१३८
  12. वुडार्ड, "In Media Res", 032c, समर २०११, पृ. १८०–१८९ ।
  13. Link, M., "Wie der Gin zum Tonic", Frankfurter Allgemeine Zeitung, नोभेम्बर ९, २०११ ।
  14. Kracht, C., & वुडार्ड, Five Years (हनोवर: Wehrhahn Verlag, २०११) ।
  15. Diez, G., "Die Methode Kracht", Der Spiegel, फेब्रुअरी १३, २०१२ ।
  16. McCann, A. L., "Allegory and the German (Half) Century", Sydney Review of Books, अगस्ट २८, २०१५ ।
  17. Allen, M., "Décor by Timothy Leary", The New York Times, जनवरी २०, २००५ ।
  18. Stirt, J. A., "Brion Gysin's Dreamachine—still legal, but not for long", bookofjoe, जनवरी २८, २००५ ।
  19. वुडार्ड, कार्यक्रम नोट, Program, बर्लिन, नोभेम्बर २००६ ।
  20. Knight, C., "The Art of Randomness", Los Angeles Times, अगस्ट १, १९९६ ।
  21. Bolles, D., "Dream Weaver", LA Weekly, जुलाई २६–अगस्त १, १९९६ ।
  22. अमेरिकी दूतावास प्राग, "Literární večer s diskusí", अक्टोबर २०१४ ।
  23. वुडार्ड, "Burroughs und der Steinbock", Schweizer Monat, मार्च २०१४, पृ. २३ ।
  24. Spencer Museum of Art, ड्रिममेसिन, कान्सास विश्वविद्यालय ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्