निंद्रामा आवाज, चित्रभावनाको अनुभव हुनु नै सपना हो। सपनाको वैज्ञानिक अध्ययनलाई ओनेइओलोजि भनिन्छ। सुतिरहेको बेलामा मानिसको दिमागमा एक चरणमा पुगेपछि, तस्विर, सब्द, आदिको भ्रम जस्तो दिमागमा पैदा हुन्छ। यो निन्द्राको चरणलाई 'निन्द्राको रेड आई मोवेमेंट चरण' भनिन्छ। निन्द्रामा देखेको सपनाको कुराहरु मानिसको जीवनसंग सम्बन्धित हुन पनि संचा र नहुन पनि सक्छ। मानिसहरूले ज कुरा सुत्ने बेलामा सोचेर सुत्छ, त्यहि कुराको बारेमा सपना देख्छ भन्ने पनि मान्यता (विश्वास) रहेको छ। यो सबै सपनामा देखिने कुराहरु मानिसको जीवनसंग सम्बन्धित पनि हुन्छ सक्छ र नहुन पनि सक्छ। एउटा सपनाको अबदी केहि सेकेन्ड, केहि मिनट र केहि घन्टाको रहने पनि वैज्ञानिकहरूले अनुमान लगाएका छन्। सपनामा देखेको, सुनेको, तथा अनुभव गरेको कुराहरु निन्द्राबाट बिउजेपछि याद नहुने, र याद भए पनि एक्दैमै मन्द यादहरु रहने गर्दछ।

सपनालाई नेपाली र हिन्दी भाषामा मानिस तथा अन्य वस्तुको नामको रूपमा पनि प्रयोग गरिन्छ।

कसरी देखिन्छ सपना ? How do we dream? सपना हाम्रो मस्तिस्क को मेमोरी ले हामीले जान अन्जान मा गरेको वा सोचेको वा देखेको हरेक कुरा लाई सेभ गरेर राखेको एक भिजुअलाइज डाटा हो ।

जब हामी कुनैपनि विषयवस्तु को बारेमा सोच्छौं वा कुनै विषयवस्तु को बारेमा कुरा गर्छौं आदि, यो बेला हाम्रो मस्तिस्क ले ति सबै डाटा लाई सेभ गरेर राख्दछ ।

यसरी पनि बुझ्न सकिन्छ कि हाम्रो आखा, र हाम्रो सोच एक क्यामरा हो र कान क्यामरा को माइक हो  जसले हरेक पल भिडियो खिची रहेको छ, आवाजहरु सेभ भै रहेको छ, मस्तिस्क ले भिजुअलाइजेसन गरीरहेको छ  र उक्त भिजुअलाइजेसन को सबै डाटाहरु हाम्रो मस्तिस्क ले सेभ गरेर राखी रहेको छ ।

यसरी सेभ भएको सबै  डाटाहरु हामीलाई मस्तिस्क ले सपना मा देखाउने गर्दछ  त्यो पनि Random डाटा स्वरूप देखिन्छ ।कतिपय सपना हामीले कहिले याद नै नगरेको पनि सपना देखिन्छ यो हुनुको कारण हामीले याद गरेको त्यो पल हामीलाई थाहा नभएको हो वा हामीले देखेर पनि त्यो तिर ध्यान नदिएको वा असम्भव कुरा लाई पनि कुनै समय कल्पना गरेको ,  चाहे त्यो बच्चा हुदा होस या जवान हुदा त्यो कुनै दिन देखेको सुनेको वा सोचेको एक डाटा भने अवश्य हो र यहि डाटा एक सपना स्वरूप देखिने गर्दछ ।

थप जानकारी को लागि #news2nepal मा हेर्नुहोस ।