ठूलो वनबकुल्ला (Ardea insignis) बकुल्लाको प्रजातिको चराको हो । यो चरा नेपाल लगायत भारतको हिमाली क्षेत्रहरू, उत्तरपूर्वी बङ्गलादेश, बर्मा तथा भुटानमा पाइने गर्छ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा यसलाई खतराको अवस्थामा सूचिकृत गरिएको छ ।

ठूलो वनबकुल्ला
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: चरा
गण: Pelecaniformes
परिवार: Heron
वंश: Ardea (genus)
Hume, 1878
प्रजाति:
A. insignis
वैज्ञानिक नाम
Ardea insignis
Hume, 1878
पर्याय
  • Ardea imperialis

शारीरिक विवरण सम्पादन गर्नुहोस्

ठूलो वनबकुल्लाको शरीरको माथिल्लो भाग गाढा खरानी रङ्ग हुन्छ । यसको घाँटी लामो र गाढा रङ्गको तथा टाउको पनि गाढा रङ्गको नै हुन्छ । यसको चुच्चो करिब १५.२–१७.६ सेमी (६–६.९ इन्च)लामो र कडा खालको हुन्छ । यसको खुट्टा कालो-कालो रङ्गको र १७.१-२१.६ सेमी (६.७ - ८.५ इन्च) लामो हुन्छ ।

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

ठूलो वनबकुल्ला नेपालको केही भूभाग लगायत भारतको हिमाली क्षेत्रहरू, उत्तरपूर्वी बङ्गलादेश, बर्मा तथा भुटानमा पाइने गर्छ । यो चरा भुटानमा पुनात्साङ्ग छु नदी, फो-छु नदीको तोवाङ गेओगमा अवस्थित किनार, कामी छु नदी, तल्लो खेङ (बर्ती) तथा मगेछु (ट्रोङ्गस)मा पाइने गर्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१७), "Ardea insignis", The IUCN Red List of Threatened Species (IUCN) 2017: e.T२२६९७०२१A११८३५९८४४, डिओआई:10.2305/IUCN.UK.2017-3.RLTS.T22697021A118359844.en 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्