टीकाराम यात्री
टीकाराम यात्री सञ्चारकर्मी तथा एपीवान एचडी टेलिभिजनका पूर्व प्रधान सम्पादक हुन्। हाल उनले आफ्नै नेतृत्वमा यात्री मिडिया नेटवर्क प्रा.लि. सञ्चालनमा ल्याएका छन् र उनी त्यसका प्रधान सम्पादक रहेका छन्। रेडियो टेलिभिजन क्षेत्रमा दुइ दशक भन्दा बढी समयको अनुभव रहेका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा ७ वर्ष प्रधान सम्पादकको जिम्मेवारीमा रहेका थिए। [२]
टीकाराम यात्री | |
---|---|
जन्म | गौरादह, झापा |
वासस्थान | काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
शिक्षा | त्रि-चन्द्र कलेज |
पेशा | पत्रकार, सञ्चारकर्मी, टेलिभिजन प्रस्तोता |
पुरस्कार | विश्व युवा शान्ति पुरस्कार - २०१८[१] |
बाल्यकाल
सम्पादन गर्नुहोस्झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा शुरुगरेका हुन्।
शिक्षादीक्षा
सम्पादन गर्नुहोस्टीकाराम यात्रीले दमक मोडल कलेजबाट दश जोड दुइ र त्रि-चन्द्र कलेज काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन्। `मोटिभेसनल स्पिकर´को रुपमा पनि परिचित यात्री विभिन्न विद्यालय, क्याम्पस तथा विश्वविश्वविद्यालयमा अतिथि अध्यापक रुपमा समेत रहेका छन्। राजनीतिशास्त्रमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत रुचिराख्ने गर्छन्। अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, कतार, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका, पोर्चुगल, स्पेन, हंगेरी, स्लोभाकिया लगायत मुलुकमा पनि पुगेका छन् ।
टेलिभिजन पत्रकारिता
सम्पादन गर्नुहोस्यात्रीले युवा पुस्ता लक्षित कार्यक्रम तन्नेरीका कुरा हरेक शुक्रवार राति ८:०० बजे प्रशारण हुने गरेको छ। साथै हिमालय टेलिभिजनबाट साप्ताहिक कार्यक्रम अँध्यारोबाट उज्यालोतिर बुधबार राति ९:०० बजे प्रशारित हुनेगरेको छ। त्यसैगरि कार्यक्रम तमसो मा ज्योतिर्गमय शनिबार राति ८:०० बजे प्रशारण हुनेगरेको छ। यात्री मिडिया नेटवर्कको यूट्युब च्यानलबाट पाका मानिसका कथा, ब्यथा तथा अनुभव, अनुभुति समेटिको कार्यक्रम- कुरा सुन्नु पाकाको पनि समचालनमा ल्याएका छन्। तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो। सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ । [३][४]
पुरस्कार तथा सम्मान
सम्पादन गर्नुहोस्- विश्व युवा शान्ति पुरस्कार - २०१८
- मातृभूमि हिरो अवार्ड - २०२०
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "विश्व युवा शान्ति सम्मेलन सुरु", Annapurnapost।
- ↑ "७ वर्ष टिभीमा प्रधान सम्पादक रहेका यात्री बने युट्युबर, भन्छन्ः तर युट्युबरको छवि राम्रो छैन", TechPana।
- ↑ "टीकाराम यात्रीले विश्व टेलिभिजन इतिहासमै बनाए नयाँ रेकर्ड, राखे नेपालको नाममा विश्व कीर्तिमान", Asiasanchar।
- ↑ "AP1HD Television (Annapurna Media Network) of Kathmandu Nepal gets included by World Book of Records – London", World Book of Records।