जोकाही
जोकाही नेपालको सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वार्ड नं ६ अन्तर्गत पर्ने एउटा सानो गाउँ हो।
एकसय जति घरधुरी रहेको यस गाउँको दक्षिणमा जोशीपुर गाउँपालिका रतनपुर गाउँ, त्यसैगरी पूर्वमा पकरिया गाउँ, पश्चिममा काँडा खोला र घोडाघोडी नगरपालिका वार्ड नं ३ स्थित श्री रामजानकी सामुदायिक वन पर्छ । उत्तरमा बर्दगोरिया, ६ सुगरखाल टोल पर्ने गर्दछ ।
यहाँ भूगोल तराई क्षेत्रमा रहेकोले समथर रहेको छ । यहाँ मुख्यतः थारु जातजातिको बाहुल्यता रहेको पाइन्छ । यहाँका व्यक्तिहरूले खासगरी कृषि , पशुपालन पेशामा आबद्ध रहेका छन । यस क्षेत्रमा उत्पादन हुने मुख्य अन्न धान, गहुँ, मकै, तोरी र मसुरो रहेकोछ भने फलफूलमा आँप, अम्बा, लिची, अनार, केरा रहेको छ ।