जयपुरहाट (बङ्गाली: জয়পুরহাট জেলা) बङ्गलादेशको उत्तरी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ।[२]

जयपुरहाट
জয়পুরহাট
बङ्गलादेशको नक्शामा जयपुरहाट जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्शामा जयपुरहाट जिल्लाको अवस्थिति
निर्देशाङ्क: २५°०६′N ८९°०२′E / २५.१०°N ८९.०३°E / 25.10; 89.03निर्देशाङ्कहरू: २५°०६′N ८९°०२′E / २५.१०°N ८९.०३°E / 25.10; 89.03
देश बङ्गलादेश
विभागराजशाही विभाग
स्थापना२६ फेब्रुअरी १९८४
सरकार
 • राष्ट्रिय संसदजयपुरहाट-१, जयपुरहाट-२
क्षेत्रफल
 • जम्मा९६५.४ किमी (३७२.७ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)[१]
 • जम्मा९१३,७६८
 • घनत्व९५०/किमी (२५००/वर्ग माइल)
वासिन्दा(हरू)जयपुरहाटी, राजशाहीयो
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)
हुलाक कोड
५९००

भूगोल सम्पादन गर्नुहोस्

अवस्थिति सम्पादन गर्नुहोस्

जयपुरहाट जिल्ला बङ्गलादेशको मध्य-पश्चिम भागमा पर्छ भने यो जिल्ला २४°५१' देखि २५°१७' उत्तर अक्षांश र ८८°१७' देखि ८८°५५' पूर्वी देशान्तरणमा अवस्थित छ। जयपुरहाट जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ९७५.४४ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई दिनाजपुर जिल्लाले उत्तर, नउगाँबगुडा जिल्लाले दक्षिण, बगुडागाईबान्धा जिल्लाले पूर्व र नउगाँ जिल्ला र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरिएको छ। हरावती, गङ्गा, जमुना आदि नदिहरू यस जिल्लाका प्रमुख नदिहरू हुन्।[३]

मौसम सम्पादन गर्नुहोस्

जयपुरहाट जिल्लाको मौसम मध्यम खालको छ। यस जिल्लामा वर्षा ऋतुमा भन्दा हिउँदमा बढी पानी पर्ने गर्छ। यस जिल्लाको वार्सिक अधिकतम तापक्रम २५.४ डिग्री हुन्छ भने यहाँ वार्षिक १७३८ मिलिमिटर वर्षा हुन्छ र वर्षको डिसेम्बर महिनामा सबैभन्दा कम ३ मिलिमिटर पानी पर्छ। यस जिल्लामा जुलाई महिनामा सर्वाधिक ३६४ मिलिमिटर वर्षा हुने गरेको छ। अगष्ट महिनामा यस जिल्लामा तापक्रम न्यानो हुन्छ भने अधिकतम २८.९ डिग्री सम्म पुग्छ। जनवरी महिनामा यहाँ सबै जाडो हुने गर्छ भने औसतमा यस जिल्लाको तापक्रम १८ डिग्री पुग्ने गरेको छ।

जयपुरहाटको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °से (°फे) २४.८
(७६.६)
२७.६
(८१.७)
३२.५
(९०.५)
३५
(९५)
३३.६
(९२.५)
३२.४
(९०.३)
३१.७
(८९.१)
३१.६
(८८.९)
३१.७
(८९.१)
३१.१
(८८.०)
२८.७
(८३.७)
२५.९
(७८.६)
३०.६
(८७.०)
दैनिक औसत °से (°फे) १८
(६४)
२०.२
(६८.४)
२४.९
(७६.८)
२८.४
(८३.१)
२८.७
(८३.७)
२८.९
(८४.०)
२८.९
(८४.०)
२८.९
(८४.०)
२८.६
(८३.५)
२७
(८१)
२२.८
(७३.०)
१९.३
(६६.७)
२५.४
(७७.७)
न्यूनतम औसत °से (°फे) ११.२
(५२.२)
१२.९
(५५.२)
१७.३
(६३.१)
२१.९
(७१.४)
२३.८
(७४.८)
२५.४
(७७.७)
२६.१
(७९.०)
२६.२
(७९.२)
२५.६
(७८.१)
२२.९
(७३.२)
१७
(६३)
१२.६
(५४.७)
२०.२
(६८.५)
औसत वर्षा मिमी (इन्च) १०
(०.४)
१५
(०.६)
२१
(०.८)
५२
(२.०)
१८६
(७.३)
३३०
(१३.०)
३६४
(१४.३)
३२१
(१२.६)
२८३
(११.१)
१४०
(५.५)
१३
(०.५)

(०.१)
१,७३८
(६८.२)
स्रोत: জাতীয় সংবাদপত্র

इतिहास सम्पादन गर्नुहोस्

प्राचीन इतिहास सम्पादन गर्नुहोस्

जयपुरहाट प्राचीन कालमा पाला साम्राज्य र सिना वंशको क्षेत्र रूपमा परिचित थियो। १६औॅं शताब्दी र १७औॅं शताब्दीमा जयपुरहाटको कुनै इतिहास उल्लेख छैन। प्राचीन कालमा जयपुरहाटको स्थानीय नाम बाघाबाडीहाट थियो भने केही पुराना अभिलेखका अनुसार यस ठाउँलाई गोपेन्द्रगञ्जहाट पनि भनिने गरिन्थ्यो। पछि यस स्थानमा लालबाजार थानाको स्थापना गरिएको थियो जसमा जयपुरहाट सदर उपजिल्ला र पाँचबीबी उपजिल्ला समावेश थिए भने उक्त उपजिल्लाहरू जमुना नदिको पूर्वी किनारमा अवस्थित थियो। यस क्षेत्रमा पछि एक हुलाक कार्यलयको पनि स्थापना गरिएको थियो। हुकाल कार्यलयका लागि दर्ता गर्ने उप विभागको स्थापना पछि नबाबगञ्जको पूर्वी रेल मार्ग नजिक स्थापना गरिएको थियो भने तात्कालिक समयमा लालबाजारको पनि स्थापना भएको थियो भने उक्त बजारमा दैनिक विभिन्न व्यापार र वाणिाज्यका कार्यहरू हुँदै आएको थियो। तात्कालिक समयमा लालबाजार थाना, खेतलाल उपजिल्ला र बदलगच्छि उपजिल्ला दिनाजपुर जिल्लामा समावेश थिए। पछि दिनानपुर जिल्लाबाट रङ्पुर जिल्ला, राजशाही जिल्ला र नयाँ निर्मित बोगरा जिल्ला छुट्टिएका थिए जुन सन् १८२१ मा घोषित गरिएको थियो। तात्कालिक समयमा बोगरा जिल्लामा अदमडिगी, बोगरा सदर, राजशाही जिल्लाबाट शेरपुर, रङ्पुर जिल्लाका दुई उपजिल्ला, खेतल उपजिल्ला, बदगगच्छी उपजिल्ला, लालबाजार र दिनाजपुरको एक थाना समावेश थिए। १६ डिसेम्बर १८६८ का दिन लालबाजमर प्रहरी थाना खासबागुडीमा स्थानान्तरण भएको थियो। सन् १८८४ मा ब्रिटिस शासन कालमा कलकत्ता जिल्लाबाट जालपागुडी जिल्ला सम्म रेल सेवा विस्तार गरिएको थियो भने रेल सेवा अन्तर्गत ८ रेलमार्गहरू स्थापना गरिएको थियो। सोही समयमा जयपुरहाट नाम बाधाबाडी रहेको थियो भने बाधाबाडी रेल मार्गको नाम पनि जयपुरहाट राखिएको थियो। रेल मार्गको स्थापना पछि स्थानीय मानिसहरू जमुना नदिको किनारबाट उक्त क्षेत्रमा बसाइँसराइ गरेका थिए जसका कारण उक्त क्षेत्रको जनसङ्ख्या वृद्धि भएको थियो भने त्यसपछि लालबाजारहाट र खाँजनपुर पछि छुट्टिएका थिए। जयपुरहाटमा सञ्चालनमा रहेको बाधाबाडी रेल सेवाको नाम पनि पछि जयपुरहाट रेल सेवामा परिवर्तन गरिएको थियो जसका कारण पुरै क्षेत्रको नाम जयपुरहाट राखिएको थियो।

केही अभिलेखका अनुसार यस क्षेत्रको नाम पाला साम्राज्यका एक शासक जयपलबाट राखिएको थियो जसले प्राचीन कालमा यस क्षेत्रमा शासन चलाएका थिए।

बङ्गलादेश मुक्ति अभियान सम्पादन गर्नुहोस्

सन् १९७१ मा बङ्गलादेशको मुक्ति युद्धको शुरू भएको थियो जहाँ जयपुरहाट क्षेत्र ७ मा पर्‍थ्यो। २३ मार्च का दिन जयपुरहाट सदर उपजिल्लामा स्वतन्त्र बङ्गलादेशको राष्ट्रिय झण्डा माथी उठाएका थिए। २० अप्रिलका दिन पाकिस्तानी सेनाले पाँचबिबि उपजिल्ला अन्तर्गत एक बजारमा आक्रमण गरी थुप्रै सर्वसाधारणहरूको हत्या गरेका थिए भने उनीहरूले त्यहाँका थुप्रै घरटहरामा आगजनी समेत गरेका थिए। पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच आएसा रसुलपुरमा युद्ध गोलि हानाहान भएको थियो जहाँ २४ पाकिस्तानी सेना मारिएका थिए। जयपुरहाट उपजिल्ला अन्तर्गत बाडाई-कदिरपुर गाउँमा पाकिस्तानी सेनाले ३७१ सर्वसाधारणहरूको बीभत्स हत्या गरेका थिए। ५ अक्टोबरका दिन पाकिस्तानी सेनाले पागल दिवान गाउँका ३०० स्थानीय मानिसहरूको सामूहिक हत्या गरिदिएका थिए। जयपुरहाट १४ डिसेम्बरका दिन स्वतन्त्र भएको थियो।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ८४६६९६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४३४६१६ छ भने महिलाको जनसङ्ख्या ४१२०८० रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ७५८३२४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ७६०३३ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ४७१५, इसाई धर्मको १८३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७४४१ रहेको छ। यस जिल्लामा २५७३ मस्जिद, १८६ मस्जिद सङ्गहालय, ४२४ हिन्दु मन्दिर, २१ गृजाघर र १८ बौद्ध स्तुपाहरू रहेका छन्। यस जिल्लामा कोल, राजबङ्शी, सन्थल, मुण्डा आदि जनजातिहरू बसोबास गर्छन्।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

जयपुरहाट जिल्लालाई बङ्गलादेशको अन्न भण्डार केन्द्र पनि भनिन्छ। बङ्गादेशको कृषि उत्पादनमा जयपुरहाट जिल्ला शीर्ष स्थानमा रहेको छ। यस जिल्लाको अर्थव्यवस्था मुख्यतः मौसमी बालीहरू जस्तै धान, आलु, गँहु, प्याज, आँप, रुख कटर र केरामा आधारित छ। यस जिल्लामा यी बालीहरू बाहेक थुप्रै मात्रामा उखु पनि उत्पादन हुने गर्छ भने यस जिल्लामा बङ्गलादेशको सबैभन्दा ठूलो चिनी कारखाना जयपुरहाट सुगर मिल लिमिटेड अवस्थित छ। यस जिल्लामा थुप्रै धान मिल, कुखुरा पालन केन्द्र आदि रहेका छन्। यस जिल्लाका मानिसहरू त्यहाँ अवस्थित एक बन्दरगाहबाट निर्यात-आयातको कारोबार गर्छन्। यस जिल्लामा अन्य थुप्रै व्यवसायहरू सञ्चालनमा रहेका छन्। [४]

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६९.५१% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.०९% मजदुरी, व्यापार र उद्योगमा १.१८%, वाणिज्यमा ११.६८%, सञ्चार र यातायातमा ३.९७%, रेमिटेन्समा ०.२२%, निर्माण क्षेत्रमा १.१५%, अन्य क्षेत्रमा ५.१५%, धार्मिक सेवा ०.१५% र अन्य ४.९१% रहेका छन्।[५]

प्रशासन सम्पादन गर्नुहोस्

सन् १९७१ देखि १९८४ सम्म जयपुरहाट उपजिल्ला बोगरा जिल्लाको उप विभागको रूपमा रहेको थियो। यस उप विभागलाई सन् १९८४ मा जिल्लाका परिणत गरिएको थियो। यस जिल्लामा हाल ५ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला पाँचबिबि (२७८.५३ वर्ग किलोमिटर) हो जसले जयपुरहाट जिल्लाको कुल क्षेत्रफल मध्ये २८.८५% ओगटेको छ। भने सबैभन्दा सानो उपजिल्ला आक्केलपुर (१३९.४७ वर्ग किलोमिटर) हो।[६]

उपजिल्ला बङ्गाली सञ्जाल क्षेत्रफल (वर्ग किलोमिटर) जनसङ्ख्या
जयपुरहाट জয়পুরহাট সদর উপজেলা आधिकारिक वेबसाइट २३८.५ २५६,६९१
आक्केलपुर আক্কেলপুর উপজেলা आधिकारिक वेबसाइट १३९.४७ १२८,९५२
कालाई उपजिल्ला কালাই উপজেলা आधिकारिक वेबसाइट १६६.३० १२९,३२९
क्षेतलाल ক্ষেতলাল উপজেলা आधिकारिक वेबसाइट १४२.६० ११५,८७१
पाँचबिबि পাঁচবিবি উপজেলা आधिकारिक वेबसाइट २७८.५३ २४०,९७९

[७]

शिक्षा सम्पादन गर्नुहोस्

यस जिल्लाको कुल साक्षरता दर ४९.६% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ५५% छ भने महिलाको साक्षरता दर ४४% रहेको छ। यस जिल्लामा २२ कलेज, १ आयुर्वेदिक कलेज, १२६ माध्यमिक विद्यालय, ३४४ प्राथमिक विद्यालय, ५ सामुदायिक विद्यालय, ७ प्राबिधिक शिक्षण संस्था, १०६ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; जयपुरहाट सरकारी कलेज (सन् १९४६), मोहिपुर हाजी मोसिन सरकार कलेज (सन् १९६९), जयपुरहाट सरकारी कन्या कलेज (सन् १९७२), जयपुरहाट कन्या सैनिक कलेज (सन् २००६), कालाई मयन उडिन उच्च विद्यालय (सन् १९१३), सोनामुखि उच्च विद्यालय (सन् १९१६), खाँजनपुर उच्च विद्यालय (सन् १९०१), हरिपुर उच्च विद्यालय (सन् १९१७), काँजनपुर कन्या उच्च विद्यालय (सन् १९१९, तोघार उच्च विद्यालय (सन् १९४०), रमेडो बाजला सरकारी उच्च विद्यालय (सन् १९४६), जयपुरहाट सरकारी कन्या उच्च विद्यालय (सन् १९७७), बानिपारा मदरसा (सन् १९३६) आदि।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. GeoHive वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२६ मिति
  2. মোঃ আজিজুল হক (सन् २०१२), "জয়পুরহাট জেলা", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "প্রখ্যাত ব্যক্তিত্ব", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, ২০ জুন ২০১৪। 
  4. "বিলুপ্তির জয়পুরহাটের ঐতিহ্যবাহী মৃৎ শিল্প", নোটুন আলো, ३० jun, २०१४। 
  5. কণ্ঠকে, কালের, "‘ড্রামা সার্কেল’ প্রতিষ্ঠা করলেন আকবর | কালের কণ্ঠ" (बाङ्लामा), अन्तिम पहुँच २०१८-०५-२६ 
  6. "জয়পুরহাট মেয়র", अन्तिम पहुँच जनवरी ८, २०१४  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर १९, २०१३ मिति
  7. "जयपुरहाट डिसी", मूलबाट फेब्रुअरी २, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ८, २०१४  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २, २०१४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्