गाइबान्धा जिल्ला
गाइबान्धा (बङ्गाली: গাইবান্ধা জেলা) बाङ्लादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला रङ्पुर विभागमा अवस्थित छ। यस जिल्ला उत्पत्ति हुनु भन्दा अघि यो गाइबान्धा उप-जिल्लाको रूपमा रहेको थियो। यस जिल्ला पहिला भवानीगञ्ज भन्ने गरिन्थ्यो भने सन् १८७५ मा यसको नाम गाइबान्धा राखिएको थियो। गाइबान्धा सन् १९८४ फेब्रुअरी १५ का दिन जिल्ला घोषित भएको थियो। [१]
गाइबान्धा
গাইবান্ধা(প্রাচীন নাম ভবানী গঞ্জ) | |
---|---|
![]() बाङ्लादेशको नक्शामा गाइबान्धा जिल्ला अवस्थिति | |
देश | ![]() |
विभाग | रङ्पुर |
क्षेत्रफल | |
• जम्मा | २,१७९.२७ किमी२ (८४१.४२ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | २,४३०,६२७ |
• घनत्व | १,१००/किमी२ (२,९००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय) |
हुलाक अङ्क | ५७०० |
वेबसाइट | आधिकारिक वेबसाइट |
भूगोलसम्पादन
यो जिल्ला २५°०२' देखि २५°३९' उत्तर अक्षांश र ८९°११' देखि ८९°४६' पुर्व देशान्तरणमा अवस्थित छ । मेहेरपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २१७९.२७ वर्ग किलोमिटर ओगटेको छ । यस जिल्लालाई कुरीग्राम र रङ्गपुर जिल्लाले उत्तरबाट घेरेका छन् भने यस जिल्लाको दक्षिणमा बगडा जिल्ला रहेका छन् । त्यस्तै गरी जमलपुर जिल्लाले पुर्वमा र दिनाजपुर जिल्लाले पश्चिमबाट घेरेको छ । यस जिल्लामा जमुना, ब्रह्मपुत्र, टिस्टा, आदि जस्ता देशकै प्रमुख नदिहरू रहेका छन् ।[२]
अर्थतन्त्रसम्पादन
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ६५.०८% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै २.२४% मजदुरी, व्यापार र उद्योगमा ०.३९%, वाणिाज्यमा ११.८५%, सञ्चार र यातायातमा ४.२२%, रेमिटेन्समा ०.२२%, सरकारी कार्यलयहरूमा ६.५८% ,धर्म सेवामा ०.१७% र अन्यमा ८.६३% रहेका छन् । यस जिल्लामा उव्जाउ योग्य भूमि १६०३९७ हेक्टर रहेको छ । यस जिल्ला मुख्य रूपमा धान, मकै, जुट, उखु, आली आदि खाद्यान्नको उत्पादन हुन्छ । यस जिल्लामा २७७ पोल्ट्रि फार्म, २७३ दूध सङ्कलन केन्द्र, ५ ह्याचरी रहेका छन् ।
जनसङ्ख्यासम्पादन
सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २४,३०६,२७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२,३०९,३८ रहेको छ भने महिलाको जनसङ्ख्या ११,९९६,८९ रहेको छ । धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मका मानिसहरूको जनसङख्या १९,७७७,७८ रहेको भने हिन्दु धर्मको जनसङ्ख्या १५,३६,१४ छ । त्यस्तै गरी इसाईको जनसङ्ख्या ३०४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४२७६ रहेको छ ।
शिक्षासम्पादन
यस जिल्लाको कुल साक्षरता दर ३५.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४०.९% छ भने महिलाको साक्षरता दर ३०.५% रहेको छ । यस जिल्लामा १ कानुन विषयको क्याम्पस, १ बिएड क्याम्पस, १०४ क्याम्पस, १ प्राविधिक शिक्षण क्याम्पस, १ कृषि तालिम केन्द्र, ४१ गैरसरकारी क्याम्पस, १ युवा विकास तालिम केन्द्र, ३४१ माध्यमिक विद्यालय, १३१७ प्राथमिकता विद्यालय, ९० सामुदायिक विद्यालयहरू रहेका छन् जसमध्ये गाईबान्धा सरकासी छात्र उच्च विद्यालय (१८८५), जमरबारी उच्च विद्यालय (१९०३), सघाटा पाईलट उच्च विद्यालय (१९०४), गोविन्दागञ्ज उच्च माध्यमिक विद्यालय (१९१२), गाईबान्धा इस्लामी उच्च विद्यालय (१९१४), हरीपुर बिबिएस सरकारी छात्रा विद्यालय (१९१४), तुल्सीघाट उच्च विद्यालय (१९१७) आदि यहाँका उत्कृष्ट विद्यालय तथा शिक्षण संस्थाहरू हुन् । [३]
प्रशासनसम्पादन
गाइबान्धालाई पहिला भवानीगञ्जको नामले चिनिन्थ्यो। भवानीगञ्ज उप-विभागको स्थापना २१ अगस्ट १८५८ भएको थियो। यस उप-विभागको मुख्यालय १८७५ मा गाइबान्धामा स्तानान्तरण गरिएको थियो जब भवानीगञ्ज क्षेत्रलाई नदीको किनार भएका कारण नाश भएको थियो। गाइबान्धा सहरलाई सन् १९२३ मा नगरपालिकामा परिणत गरिएको थियो भने यसलाई सन् १९६० मा पुनः सहर समितिमा परिवर्तन गरिएको थियो। त्यसपछि यस सहरलाई सन् १९८४ मा जिल्ला रूपमा अस्तित्वमा ल्याइएको थियो। यस जिल्लामा ७ उप-जिल्लाहरू रहेका छन् जुन ८२ सङ्घीय परिषद्, १२४४ गाउँमा विभाजित छन्। ७ उप-जिल्लाहरू मध्ये गोविन्दागञ्ज (४८१.६६ बर्ग किलोमिटर) सबैभन्दा ठूलो उपजिल्लाको रूपमा रहेको छ जसले जिल्लाको कुल क्षेत्रफल मध्ये २२.१०% क्षेत्रफल ओगटेको छ भने पलाशबाडी (१९०.६७ वर्ग किलोमिटर) सबैभन्दा सानो उपजिल्ला हो।
उपजिल्ला | जनसङ्ख्या (सन् २०११)[४] |
---|---|
फुलछडि उपजिल्ला | १६५३३४ |
गाइबान्धा सदर उपजिल्ला | ४३७२६८ |
गोविन्दागञ्ज उपजिल्ला | ५१४६९६ |
पलाशबाडि उप-जिल्ला | २४४७९२ |
सादुल्लापुर उपजिल्ला | २८७४२६ |
सुन्दरगञ्ज उप-जिल्ला | ४६१९२० |
साघाटा उपजिल्ला | २६७८१९ |
सन्दर्भ सामग्रीसम्पादन
- ↑ "गाइबान्धा जिल्ला" [जिल्लाको पृष्ठभूमि] (बाङ्लामा)।
- ↑ "गाईबान्धा जिल्लाको जानकारी", बङ्गलापिडिया।
- ↑ "गाईबान्धा जिल्लाको जानकारी"।
- ↑ "गाइबान्धा जिल्लाको सामुदायिक प्रतिवेदन", बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, मूलबाट १३ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०१३।