जङ्गल घाँसेफिस्टो (वैज्ञानिक नाम: Prinia sylvatica) एउटा सानो पासराइन चरा तथा सिस्टिकोलिडे परिवारको एक फिस्टो हो।

जङ्गल घाँसेफिस्टो
गुरुग्राममा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Cisticolidae
वंश: Prinia
Jerdon, 1840
प्रजाति:
P. sylvatica
वैज्ञानिक नाम
Prinia sylvatica
Jerdon, 1840

वितरण र वासस्थान सम्पादन गर्नुहोस्

जङ्गल घाँसेफिस्टो सुदूर दक्षिणपश्चिम नेपाल, बङ्गलादेश, भारतश्रीलङ्कामा वसोबास तथा प्रजनन् गर्छ। यो सामान्यतया खुला सुख्खा घाँसे मैदान, खुला जङ्गल तथा कहिलेकाहीँ बगैंचामा पाइने गर्छ।

विबरण सम्पादन गर्नुहोस्

 
नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा

यो घाँसेफिस्टो १५ सेन्टिमिटर (६ इन्च) लामो, छोटो गोलाकार पखेटा, लामो पुच्छर, बलियो खुट्टा र छोटो कालो ठुँड भएको हुन्छ। प्रजनन अवस्थामा वयस्कहरू छोटो सेतो आँखिभौँ र गाढा खैरो ढाडको साथ माथिल्लो भाग खैरो-खैरो रङ्गका हुन्छन्। पखेटा बन्द हुँदा सुन्तले घेरा तथा पुच्छरमा सेतो किनाराहरू देखिन्छन्। यसको तल्लो भागहरू सेतो भुवादार हुन्छन्। प्रजनन मौसममा भालेको चुच्चो (ठुँड) कालो हुने बाहेक भाले र पोथीमा अन्य कुरा सबै समान हुन्छन्।

जाडोयाममा यसको माथिल्लो भागहरू गाढा खैरो हुन्छन् र तल्लो भागहरू बढी भुवादार हुन्छन्। गर्मीमा भन्दा जाडोयाममा पुच्छर लामो हुन्छ। यसले झाडी वा अग्लो घाँसमा आफ्नो गुँड बनाउँछ र ३-५ वटा अण्डा दिन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१७), "Prinia sylvatica", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2017: e.T२२७१३५९५A११८७३५५९८, डिओआई:10.2305/IUCN.UK.2017-3.RLTS.T22713595A118735598.en, अन्तिम पहुँच १३ नोभेम्बर २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्