भेट्नैपिच्छे प्रायः सात–सात वटा पात हुने, ससाना सेता फूल र लामालामा कोसा फल्ने, चोट लाग्दा वा काट्ता दूध निस्कने एक जातको रूखलाई छतिवन भनिन्छ। यसको वानस्पतिक नाम Alstonia scholaris (Linn.) R.Br. वा Alstonia scholaris R.Br. तथा अंग्रेजी नाम Devil tree, Dita bark, Shaitan wood, Common alstonia वा Indian pulai हो।

छतिवन
छतिवन
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
उपवंश:
वंश:
प्रजाति:
A. scholaris
वैज्ञानिक नाम
Alstonia scholaris
L. R. Br.

संस्कृत पर्यायवाची नामहरू सम्पादन गर्नुहोस्

अयुग्मपर्ण, गन्धिपर्ण, गुच्छपुष्प, छत्री, पत्रवर्ण, बहुपर्ण, बृहत्त्वक्, मदगन्ध, मुनिच्छद, विशालत्वक्, विशालत्वच््, विषमच्छद, शारद, शाल्मलिपत्रक, शुक्तिपर्ण, सप्तच्छद, सप्तपर्ण र सुपर्णक।

स्वाद सम्पादन गर्नुहोस्

यो टर्रो र तीतो हुन्छ।

गुण र फाइदा सम्पादन गर्नुहोस्

  • यसले घाउखटिरा, कफविकार, वातविकार, पित्तविकार, कुष्ठरोग, रक्तविकार, आमविकार, कीरा, दम र गुल्म (गानुगोला) नाश गर्दछ।
  • यो दीपनी (खाएको कुरा पचेर बनेको रसलाई नपचाउने तर पाचनशक्तिलाई बाल्ने), चिल्लो र मल खुकुल्याउने गुणको हुन्छ।
  • यसले मलमूत्रलाई तलतिर धकेल्दछ।
  • यो उष्णवीर्य (द्रव्यमा हुने भ्रम पैदा गर्ने, तिर्खा लगाउने, हर्ष नाश गर्ने, पसिना निकाल्ने, डाह गर्ने तथा खाएको कुरा वा घाउआदि चाँडै पकाउने तथा वातदोष र कफदोषलाई शान्त पार्ने गुण) को हुन्छ।
  • यसबाट मदिराको जस्तो गन्ध आउने गर्दछ

श्रोत सामग्री सम्पादन गर्नुहोस्

  1. अमरकोश, कुलचन्द्र शर्मा।
  2. अनलाइन संस्कृत–नेपाली शब्दकोश, के.यन.स्वामी।
  3. नेपाली बृहत् शब्दकोश, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।
  4. आचार्य बालकृष्णको लेख, वनएमजीडटकम।
  5. भावप्रकाश निघण्टु, टीकाकार डा. कृष्णचन्द्र चुनेकर।
  6. राज निघण्टु, अंग्रेजी अनुवाद डा.सतिश चन्द्र साङ्ख्यधर।
  7. मदनपाल निघण्टु।
  8. अष्टाङ्ग हृदय।


Leaves and flowers in Kolkata, West Bengal, India
Leaves and fruit in Kolkata
Alstonia scholaris in the IIT Kanpur campus

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्