चिरञ्जीवि हिन्दू धर्म का आठ अमर व्यक्ति हुन् जो कलि युग को अन्त्यसम्म पृथ्वीमा जीवित रहनेछन ।

शब्द-व्युपत्ति सम्पादन गर्नुहोस्

अष्ट-चिरञ्जीवि सम्पादन गर्नुहोस्

चिरञ्जीविहरु यस प्रकार रहेका छन्:

व्यास सम्पादन गर्नुहोस्

महाभारतका रचयिता. उनले ज्ञान र बुद्धि को प्रतिनिधित्व गर्छन्। उनी परासर मुनिका पुत्र र वशिष्ठ ऋषिका नाति थिए । उनी त्रेता युगको उत्तरार्धमा जन्मेका थिए, सकल द्वापर युग देखे,भोगे बाचे र कलि युगको पूर्वार्ध समेत देखे ।

हनुमान सम्पादन गर्नुहोस्

रामका भक्त थिए। उनी निश्वार्थ , साहस , भक्त , सामर्थ र सुकर्मको लागि चिनिन्छन ।

परशुराम सम्पादन गर्नुहोस्

विष्णुका छैटौ अवतार हुन् । उनी सम्पूर्ण अस्त्र शस्त्र र ईश्वरीय हतियारको ज्ञाता थिए। कल्की पुराणका अनुसार उनी कल्की अवतारको गुरुको रूपमा कलि युगको अन्त्यमा उदाउनेछन् । उनले विष्णुको आखिरी अवतारलाई दिव्य आकाशीय शस्त्र -अस्त्र हासिल गर्न , धैर्य हुन् र मानवता को कल्याण गर्न दिक्षा प्रदान गर्ने छन् ।

विभीषण सम्पादन गर्नुहोस्

रावणका भाइ । विभीषणले रामको रावणसंग युद्ध हुनु भन्दा अगाडि नै रामसँग आत्मसमर्पण गरेका थिए । रावणले युद्धमा वीरगति प्राप्त गरे पछि उनी लंकाका राजा भएका थिए ।उनी धर्म र नीतिपरायणता को लागि चिनिन्छन् । उनी पूर्ण रूपमा चिरन्जीवी होइनन् र महायुगको अन्त्य सम्म मात्र पृथ्वीमा रहन बरदान पाएका थिए ।

अश्वत्थामा सम्पादन गर्नुहोस्

महान योद्धा तथा राजगुरु द्रोणाचार्य का पुत्र द्रोणले कयौ वर्षको भक्तिले भगवान शिवलाई प्रसन्न बनाएर पुत्रको बरदान पाएका थिए जोसँग भगवान शिवको मणि रत्न थियो । अश्वत्थामालाई रुद्रको ११ अवतारमध्ये एक मानिन्छ। अश्वत्थामा र क्रिपाचार्य कुरुक्षेत्रको युद्ध जीवित योद्धा थिए। कृष्णले उनलाई यो श्राप दिएका थिए कि उनी सधै बाचिरहेने छन् तर कोहिसँग बोल्न र कसैलाई छुन सक्ने छैनन् , उनी कहिल्यै निको नहुने कुष्ठरोगबाट संक्रमित हुने छन् [१]

बलि राजा  सम्पादन गर्नुहोस्

(बाणासुर पुत्र, राजा बलि हिरण्यकशिपुका पनाति , प्रह्लादका नाति र असुर कुलका थिए र तीनै लोकका अधिपति थिए । वामन अवतारको बेला , भगवान विष्णुले उनलाई चिरञ्जीवि हुने बरदान दिएका थिए।

कृपाचार्य सम्पादन गर्नुहोस्

महाभारत हस्तिनापुरका कुलहरू थिए 

मार्कण्‍डेय सम्पादन गर्नुहोस्

मार्कण्डेय भृगु ऋषिको कुलमा जन्मेका एक प्राचीन ऋषि हुन्। मार्कण्डेय पुराणमा विशेष गरी, मार्कण्डेय र जैमिनी नामक ऋषि बीचको संवाद समावेश छ, र भागवत पुराणका धेरै अध्यायहरू उनको कुराकानी र प्रार्थनामा समर्पित छन्। महाभारतमा पनि उनको उल्लेख छ ।

अन्य चिरञ्जीवि सम्पादन गर्नुहोस्

हिन्दू धर्मशास्त्रको चिरजीवी को उल्लेख सम्पादन गर्नुहोस्

अश्वत्थामा बलिव्र्यासो हनूमांश्च विभीषण:।

कृप: परशुरामश्च सप्तएतै चिरजीविन:॥

सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्।

जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित॥

अर्थात् कि

यी आठ व्यक्ति (अश्वथामा, दैत्यराज बलि, वेद व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय ऋषि)को स्मरण बिहान-बिहान गर्नाले सम्पूर्ण बिमारी समाप्त हुन्छ र मनुष्य १०० वर्ष आयु को प्राप्त गर्न सक्छ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Indian Mythology: Tales, Symbols, and Rituals from the Heart of the Subcontinent, Inner Traditions/Bear & Co, पृ: १७३।