चार्ल्स गुरुमुख शोभराज हटचन्द भावानी (जन्म ६ अप्रिल १९४४) एक फ्रान्सेली शृङ्खलाबद्ध हत्यारा, ठग र चोर हुन्, जसले सन् १९७० को दशकमा दक्षिण एसियाको हिप्पी ट्रेलमा यात्रा गर्ने पश्चिमी पर्यटकहरूको हत्या गरेका थिए। उनी "द बिकिनी किलर" को नामले पनि परिचित छन्।[३]

चार्ल्स शोभराज
जन्मचार्ल्स शोभराज
(1944-04-06) ६ अप्रिल १९४४ (उमेर ८०)
साइगोन, फ्रान्सेली इन्डोचाइना
(हाल हो चि मिन्ह सहर, भियतनाम)
राष्ट्रियताफ्रान्स फ्रान्सेली [१][२]
अन्य नाम"द विकिनी किलर"
"द स्पिटिङ किलर"
"द सर्पेन्ट"
जीवनसाथीसान्तल कोम्प्याग्न (विवाह सन् १९६९)
सन्तानउषा शोभराज
घटना विवरण
पीडित व्यक्ति१२ पुष्टि भएको, ३० सम्भावित
अपराध दायरासन् १९६३–सन् १९७६
देशथाइल्यान्ड, नेपाल, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की, ग्रीस
हिरासत मितिसन् २००३

शोभराजले थाइल्यान्डमा १४ सहित दक्षिण र दक्षिणपूर्वी एसियामा कम्तीमा २० जना पर्यटकको हत्या गरेको अनुमान गरिएको छ।[४] उनी सन् १९७६ देखि १९९७ सम्म भारतमा दोषी ठहरिएका थिए र जेलमा परेका थिए। आफ्नो रिहाई पछि, उनी पेरिसमा गएका थिए। शोभराज सन् २००३ मा नेपाल फर्केका थिए, जहाँ उनलाई पक्राउ गरिएको थियो। उनको विरुद्धमा मुद्दा चलाइएको थियो र सर्वोच्च अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो।[५] २१ डिसेम्बर २०२२ (६ मङ्सिर २०७९) मा, नेपालको सर्वोच्च अदालतले २० वर्ष मध्ये १९ वर्ष कैद भुक्तान गरेपछि वृद्धावस्थाको कारण उनलाई जेलबाट रिहा गर्न आदेश दिएको थियो।[६]

"सुन्दर, आकर्षक र पूर्णतया बिना कुनै हिचकिचाहट"को रूपमा वर्णन गरिएका उनले आफ्नो आपराधिक शृङ्खलालाई अगाडि बढाउन र सेलिब्रिटीको स्थिति प्राप्त गर्न आफ्नो परिचान र धूर्तताको प्रयोग गरेका थिए जसका कारण उनी कुख्यात बनेका थिए।[७] शोभराजले चार जीवनी, तीन वृत्तचित्र, एक भारतीय फिल्म 'मैँ और चार्ल्स' र सन् २०२१ मा आठ भागको बीबीसी/नेटफ्लिक्स नाटक शृङ्खला 'द सर्पेन्ट'को विषय बनेका छन्।

सुरुवाती वर्षहरू सम्पादन गर्नुहोस्

शोभराजको जन्म भियतनामको साइगोनमा भएको थियो। उनको बुबा भारतीय र आमा र भियतनामी मूलका थिए।[८] उनका आमाबाबुले कहिल्यै विवाह गरेका थिएनन् र उनका बुबाले पितृत्वलाई अस्वीकार गरेका थिए। सुरुमा देश बिहिन भएका शोभराजलाई उनकी आमाको नयाँ श्रीमान्, फ्रान्सेली इन्डोचाइनामा तैनाथ फ्रान्सेली सेनाका सेनानीसँग थिए।[९] त्यहाँ उनले ती दम्पतीका पछिका छोराछोरीहरूको रूपमा उपेक्षित महसुस गरेका थिए। शोभराज परिवारसहित दक्षिणपूर्व एसिया र फ्रान्सको बीचमा बसाइँ सरेको थियो।

किशोरावस्थामा, उनले साना तिना अपराधहरू गर्न सुरु गरेका थिए। उनले सन् १९६३ मा पेरिस नजिकैको पोइसी जेलमा कैद भुक्तान गर्दै चोरीको लागि पहिलो पटक हिरासतमा सजाय पाएका थिए।[१०] जेलमा रहँदा, शोभराजले कारागारका अधिकारीहरूलाई हेरफेर गर्न लगाएका थिए जसले आफु बस्ने कोठामा किताबहरू राख्न अनुमति दिएका थिए। लगभग त्यही समयमा उनले एक धनी युवक र जेल स्वयंसेवक फेलिक्स डि'एस्कोग्नेलाई भेटेका थिए।

जेलबाट छुटेपछि, शोभराज डि'एस्कोग्नेसँग आफ्नो समय पेरिसको उच्च समाज र आपराधिक समूहको बीचमा बिताएका थिए। उनले चोरी र घोटालाहरूको शृङ्खलामार्फत सम्पत्ति जम्मा गर्न थालेका थिए। यसै क्रममा शोभराजको भेट एक रूढिवादी परिवारकी पेरिसकी युवती सान्तल कम्प्याग्नोसँग प्रेम सम्बन्ध सुरु भएको थियो। शोभराजले कम्प्याग्नोसँग विवाहको प्रस्ताव राखेका थिए। चोरीको गाडी चलाउँदा प्रहरीबाट भाग्ने प्रयास गरेको आरोपमा उनलाई सोही दिन पक्राउ गरिएको थियो। उनलाई आठ महिनाको जेल सजाय सुनाइयो, तैपनि सान्तलले उनको सजायको सम्पूर्ण अवधिभर उनलाई समर्थन गरेकी थिइन्। शोभराज र कम्प्याग्नको विवाह उनको रिहाईपछि भएको थियो।[७]

शोभराज गर्भवती कम्प्याग्नोसँग सन् १९७० मा गिरफ्तारीबाट बच्नका लागि फ्रान्स छोडेर एसिया गएका थिए। नक्कली कागजात लिएर पूर्वी युरोपको यात्रा गर्दै पर्यटकहरूलाई लुटेपछि शोभराज त्यही वर्षको अन्तमा बम्बई (मुम्बई) पुगेका थिए। सान्तलले सहरमा उषा नामकी छोरीलाई जन्म दिएकी थिइन्। यसबीचमा शोभराजले कार चोरी र तस्करीको शृङ्खला चलाएर आफ्नो आपराधिक जीवन फेरि सुरु गरेका थिए। शोभराजको बढ्दो मुनाफा उनको जुवाको लततिर गएको थियो।[११]

सन् १९७३ मा शोभराजलाई होटल अशोकामा एक गहना माथिको सशस्त्र डकैतीको असफल प्रयास पछि गिरफ्तार गरी जेलमा राखिएको थियो।[१२] शोभराज कम्प्याग्नोको सहयोगमा बिरामी भएर भाग्न सफल भएका थिए, तर त्यसको केही समयपछि उनलाई पुनः कब्जामा लिइएको थियो। शोभराजले आफ्नो बुबाबाट जमानतका लागि पैसा उधारो लिँदै केही समयपछि काबुल भागेका थिए। त्यहाँ, दम्पतीले हिप्पी ट्रेलमा पर्यटकहरूलाई लुट्न थाले पश्चात् फेरि पक्राउ परेकम थिए। बन्दी जीवन बिताइरहेका उनी, रोगको बहाना गर्दै र अस्पतालका सुरक्षाकर्मीलाई नशालु पदार्थ खुवाएर भाग्न सफल भएका थिए। पछि, उनी आफ्नो परिवारलाई छोडेर इरान भागेका थिए। शोभराजप्रति वफादार भए तापनि कम्प्याग्न आफ्नो आपराधिक इतिहास त्यागेर फ्रान्स फर्कन चाहन्थिन् उनलाई फेरि कहिल्यै नभेट्ने कसम खाएकी थिइन्।[११][१३]

त्यसपछिका दुई वर्ष शोभराजले १० वटा चोरीका राहदानी प्रयोग गरेर फरार रहिरहेका थिए। उनले पूर्वी युरोप र मध्यपूर्वका विभिन्न देशहरू पार गरेका थिए। शोभराज इस्तानबुलमा आफ्नो कान्छो सौतेनी भाइ, आन्द्रेसँग सामेल भएका थिए। शोभराज र आन्द्रे टर्कीग्रीस दुवैमा विभिन्न आपराधिक गतिविधिमा भाग लिएर अपराधमा साझेदार भएका थिए। अन्ततः उनीहरूलाई एथेन्समा पक्राउ गरिएको थियो। एक परिचयपत्रको घोटाला पछि, शोभराज भाग्न सफल भएका थिए तर उनको सौतेनी भाइ भने भाग्न असफल रहेका तिए। आन्द्रेलाई ग्रीक अधिकारीहरूले टर्कीको प्रहरीलाई सुम्पेका थिए र उनलाई १८ वर्षको जेल सजाय सुनाइएको थियो।[११][१४]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "International Serial Killer Charles Sobhraj, 64, Engaged to Woman, 20", Fox News, ५ जुलाई २००८, मूलबाट ११ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अक्टोबर २०१५ 
  2. Gribben, Mark, "Charles Sobhraj profile", Crime Library, मूलबाट २४ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २०१४ मिति
  3. "विकिनी किलर चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश", रिपोटर्स नेपाल (नेपालीमा), अन्तिम पहुँच १५ मङ्सिर २०७९ 
  4. Ngamkham, Wassayos (१६ मे २०२१), "'Serpent' a huge TV draw", Bangkok Post, अन्तिम पहुँच १६ मे २०२१ 
  5. "को हुन् चार्ल्स शोभराज? यस्तो छ उनको अपराध यात्रा–", क्यानडा नेपाल (नेपालीमा), अन्तिम पहुँच १५ मङ्सिर २०७९ 
  6. "चार्ल्स शोभराजः १९ वर्षअघि किन नेपाल आएका थिए, कसरी पक्राउ परे", बीबीसी नेपाली (नेपालीमा), अन्तिम पहुँच १५ मङ्सिर २०७९ 
  7. ७.० ७.१ Anthony, Andrew (११ अप्रिल २०१४), "On the trail of the serpent... the fatal charm of Charles Sobhraj", GQ Magazine, अन्तिम पहुँच ४ अप्रिल २०२१ 
  8. "Bikini killer Charles Sobhraj and his complete life story! Where is he now?", मूलबाट ७ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अक्टोबर २०१८  वेब्याक मेसिन अभिलेखिकरण ७ अक्टोबर २०१८ मिति
  9. "Killing Time in Kathmandu", मूलबाट ३० जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण ३० जनवरी २००९ मिति
  10. "Charles Sobhraj: The Serpent – Famous Criminal – The Crimes", मूलबाट ९ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २००९  वेब्याक मेसिन अभिलेखिकरण ९ अक्टोबर २०११ मिति
  11. ११.० ११.१ ११.२ "12 Things You Didn't Know About The Infamous Charles Sobhraj", indiatimes.com, २८ मे २०१५, अन्तिम पहुँच २३ जनवरी २०१६ 
  12. "Charles Sobhraj: The Serpent", Crime + Investigation, अन्तिम पहुँच १६ मे २०२१ 
  13. Gary Indiana (९ मे २०१४), "It's a Secret: My Time with Charles Sobhraj, the Bikini Killer", VICE, अन्तिम पहुँच २३ जनवरी २०१६ 
  14. Nandini Ramnath (२७ अक्टोबर २०१५), "Charles Sobhraj hated India, but the country got to him in the end", Scroll.in, अन्तिम पहुँच २३ जनवरी २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्