गोदावरी भगवतीको मन्दिर कैलाली जिल्लाको गोदावरी गा.बि.स. मा अवस्थित छ । यो मन्दिरला नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । गोदावरी नदीको छेवैमा रहेको यो मन्दिर बाहेक यहाँ अन्य देबि देवाताकापनि मन्दिरहरु रहेका छन ।

गोदावरी नदीको जल लिदै
गोदावरी नदीमा भक्तजनहरु

यस ठाउमा खासगरी शिवरात्री, माघेसंक्रान्तिनवरात्रीमा पूजा आजा र मेला लाग्ने गर्दछ । यहाँ बिबाह, ब्रतबन्ध तथा अन्य धार्मिक कार्यहरु गर्ने गरिन्छ ।

गोदावरी भगवती उत्पत्ति

सम्पादन गर्नुहोस्

गोदावरी खोलामा माछा मर्दा एकजना थारुले जाल हान्यो, त्यो जाल ढुंगाको नारीमुर्तीमा गएर आल्झियो । त्यो थारुले त्यो ढुंगामा केहि शक्ति भएको मानि खोलाको पश्मिम पट्टि स्थापना गरिदियो । ढुंगाको सानो मन्दिर बनाएको भएपनि हात्तीले त्यो मन्दिरलाई भत्काएर भासी दियो । पछि त्यो ठाउमा बेलको रुख उम्री न पुग्यो र त्यसमा चौतारो बनाएर बनदेवीका नाउले पूजा हुदै आयो । बि.स. २०१८ सालमा संसारको प्रलय हुने हल्लाले केहि मानिस तेही ठाउमा आएर शिवको महिमा गाई मन्दिर स्थापना गरी बसे र पछि बि.स. २०२३ सालमा धनगढी डडेल्धुरा राजमार्ग बनाउने ठेकेदारले त्यो मन्दिरको मर्मत गरिदिएको थियो । पछि त्यो ठाउमा शिवको महिमाका साथै गोदावरी भगवतीको महिमापनि बढ्दै गएको बताइन्छ । बनदेबिले सपनामा आइ आफुलाई दर्शन दिएको हुनेले गोदावरीमा आइ योगी भएको बताउने त्रिलोकनाथ गिरीले त्यो ठाउँको विकासमा ठुलो योगदान पुर्याउदै आउनु भएको छ ।[]

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. चिनारी वर्ष-१ अंक-२

बाहिरी कडिहरू

सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू
क्र.सं. मन्दिर नाम स्थान
बडिमालिका बाजुरा
बरदादेबी अछाम
शैलेश्वरी डोटी
उग्रतारा डडेलधुरा
त्रिपुरा सुन्दरी बैतडी
मेलौली बैतडी
निगालासैनी बैतडी
सुरमा बझाङ
गोदावरी कैलाली