खैरहनी नगरपालिका
नगरपालिका
(खैरहानीबाट अनुप्रेषित)
खैरहनी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो। साविक खैरहनी गाविसको पर्सा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[२] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा खैरहनी, कुमरोज, चैनपुर र कठार गाउँ विकास समितिहरू समावेश गरिएका थिए।[३] आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिँदा खैरहनी पनि नगरपालिका बनेको थियो।
खैरहनी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°३६′N ८४°३४′E / २७.६०°N ८४.५६°Eनिर्देशाङ्कहरू: २७°३६′N ८४°३४′E / २७.६०°N ८४.५६°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | चितवन |
वडा सङ्ख्या | १३ |
स्थापित | २०७३ फागुन २७ |
सरकार | |
• प्रकार | नगर सभा |
• नगरप्रमुख | शशीकुमार खनियाँ (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | कविता उप्रेती (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ८५.५७ किमी२ (३३.०४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६७,३८५ |
• घनत्व | ७९०/किमी२ (२०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सदरमुकाम | पर्सा बजार |
वेबसाइट | khairhanimun |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्खैरहनी, कुमरोज, चैनपुर र कठार गाविसहरूलाई मिलाएर खैरहनी नगरपालिका बनाइएको थियो। राष्ट्रिय जनगणना २०७८को जनगणना यहाँको जनसङ्ख्या ६७,३८५ रहेको छ भने यहाँ १६,३९५ घरधुरी रहेका छन्।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, २०७१ वैशाख २५, अन्तिम पहुँच वैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति
- ↑ "कुन कुन नयाँ नगरपालिका बने ?", nepalbritain.com, २०७१ बैशाख २५, अन्तिम पहुँच २०७१ बैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति