कृष्णकण्ठे हरितचरी (Chloropsis aurifrons) हरितचरीको एक प्रजाति हो। यो नेपाल लगायत भारतीय उपमहाद्वीपका राज्य देखि दक्षिण-पश्चिम चीन, दक्षिण-पूर्वी एशिया र सुमात्रा सम्म पाइन्छ। यसको C. a. frontalis र C. a. insularis गरी दुई उपप्रजातिहरू रहेका छन्।

कृष्णकण्ठे हरितचरी
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Leafbird
वंश: Leafbird
(Temminck, 1829)
प्रजाति:
C. aurifrons
वैज्ञानिक नाम
Chloropsis aurifrons
(Temminck, 1829)

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

कृष्णकण्ठे हरितचरी नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्कादक्षिणपूर्व एसियाका केही भागहरूमा वसोवास तथा प्रजनन् गर्ने रेथाने चरा हो। यसको मुख्य वासस्थान जङ्गल र झाडी हो। यसले आफ्नो गुँड रुखमा बनाउँछ र २-३ वटा अण्डा पार्छ। यो चराले कीरा तथा जमुना जस्ता साना फलहरू खान्छ।

विबरण सम्पादन गर्नुहोस्

वयस्क कृष्णकण्ठे हरितचरीको कालो अनुहार र घाँटी पहेंलो रङ्गको साथमा हरियो शरीरको हुन्छ। यसको गाढा खैरो आँखिभौँ र कालो खुट्टा र ठुँड हुन्छ। जवान चराहरूको टाउको सादा हरियो हुन्छ र तिनीहरूको अनुहार र घाँटीमा कालो हुँदैन। पोथको अनुहार र घाँटीको कालोपन अलिकति निलो देखिन्छ।

दक्षिणी भारतीय प्रजाति C. a. frontalis को कालो अनुहारमा सानो पहेंलो किनारा हुन्छ। यसको घाँटीमा कालो हुन्छ र नीलो धर्सा तथा नीलो सुन्तला रङ्गको निधार हुन्छ। सुदुर दक्षिण भारत र श्रीलङ्कामा पाइने C. a. insularis को आकार C. a. frontalis भन्दा अलि सानो हुन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१६), "Chloropsis aurifrons", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७३४३४२A९५०८३१९४, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22734342A95083194.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्