कालिन्चोक गाँउपालिका
(कालिन्चोकबाट अनुप्रेषित)
कालिन्चोक गाँउपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका लापिलाङ, लामीडाँडा, बाबरे, कालिन्चोक, सुनखानी र सुन्द्रावती गाविसहरू यसमा गाभिएका थिए।
कालिन्चोक गाँउपालिका | |
---|---|
निर्देशाङ्क: २७°४७′N ८६°०४′E / २७.७९°N ८६.०६°Eनिर्देशाङ्कहरू: २७°४७′N ८६°०४′E / २७.७९°N ८६.०६°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | दोलखा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | अर्जुनप्रसाद शिवाकोटी (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | कुलबहादुर बुढाथोकी (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १३२.४९ किमी२ (५१.१५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २१,०९७ |
• घनत्व | १६०/किमी२ (४१०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
यो गाउँपालिकामा प्रसिद्ध हिन्दू धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिर रहेको छ। यसै धार्मिकस्थलको नामबाट यो गाउँपालिकाको नाम रहेको हो।
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कालिन्चोक गाँउपालिकाको कुल जनसङ्ख्या २१,०९७ रहेको छ भने यहाँ ६,१५१ घरधुरी रहेका छन्।[२]
चित्र दिर्घा
सम्पादन गर्नुहोस्-
कालिञ्चोकबाट देखिने हिमालको दृष्य
-
कालिञ्चोक भगवती मन्दिर जाने केवल कार
-
कालिञ्चोकबाट देखिने दृष्य
-
कालिन्चोक मन्दिरको केबलकारबाट देखिने कुरी बजारको दृश्य
-
कालिञ्चोक भगवती मन्दिर(बि.सं. २०७९ मा)
-
घण्ट र कालिञ्चोकबाट देखिने हिमालको दृष्य
-
कालिञ्चोकबाट देखिने हिमालको दृष्य
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति