पार्थिवेन्द्र मल्ल
राजा पार्थिवेन्द्र मल्ल कान्तिपुरका राजा थिए। उनी प्रताप मल्लका माहिला छोरा थिए। वि सं १७३७ मा दाइ राजा नृपेन्द्र मल्लको १८ वर्षको उमेरमा निधन भएकाले उनी राजा भए। [१]
पार्थिवेन्द्र मल्ल | |
---|---|
कान्तिपुरको राजा | |
शासनकाल | वि.सं.१७३७ - १७४४ |
पूर्वाधिकारी | प्रताप मल्ल |
उत्तराधिकारी | भूपालेन्द्र मल्ल |
जीवनसाथी | रानी ऋद्धिलक्ष्मी |
वंश | मल्ल वंश |
बाबु | प्रताप मल्ल |
उनको शासनमा चिकुटी (देवीदास ) नामका भारदार चौतारा थिए। वि.सं. १७४० तिर पुग्दा चिकुटी धेरै कालसम्म शासनमा बसेको हुनाले उनका विरोधीहरू बढ्दै गए। उनलाई नाश गर्नुपर्छ भन्ने ठूलो भारदार समूह काठमाडौँमा खडा हुन थाल्यो। त्यसैले उनी काठमाडौँबाट भागेर कहिले पाटन, कहिले कतै गर्दै गएर कुनै बेला त त्रिशूली पारिको बुधसिं भन्ने ठाउँमा समेत पुगे। बुधसिं त्यस बखत गोरखा राज्य अन्तर्गत पर्थ्यो। गोरखाका राजा पृथ्वीपति शाह त्यसबेला शासन गर्थे। केही समयको अन्तरालपछि चिकुटी पुनः काठमाडौँ आएर बस्न थाले। चिकुटी भागेपछि पाटनका राजा आएर नयाँ मन्त्रिमण्डल गठन गरिदिएका थिए। त्यसमा लक्ष्मीनारायण जोशी, बावत, जयकृष्ण र उनका छोरा श्रीकण्ठु गरी ४ जनाको मन्त्रिपरिषद् गठन भयो। चिकुटी पछि लक्ष्मीनारायण जोशी चौतारा भए।
मृत्यु
सम्पादन गर्नुहोस्वि सं १७४४ मा खानामा विष पिलाएर चौतारा लक्ष्मीनारायण जोशी र उनकै रानी ऋद्धिलक्ष्मीले उनको हत्या गराए। लक्ष्मीनारायणले सो आरोप पूर्व चौतारा चिकुटीलाई दोषी देखाएर चिकुटी र उनका केही मानिसको हत्या गराए।
राजाको मृत्यु भएपछि उठेको विवाद भक्तपुरका राजा जितामित्र मल्लले सुल्ट्याए।[२]
उनको मृत्यु पछि उनका छोरा भूपालेन्द्र मल्ल ८ वर्षको उमेर मा राजा बने।
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १५२
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १५२, आइएसबिएन 99933-2-406-X।