राजा यक्ष मल्ल विजिगीशू एबं निर्माणकर्ता थिए । उनी महत्त्वाकांक्षी शासक हुनाले आफ्नो राज्य विस्तृत पारे । उनी २० वर्षको उमेरमा राजा भई ५२ वर्ष सम्म राज्य गरे । उनले प्रदान गरेको अबिलेख हेर्दा काठमाडौँ राज्य मिथिला, मगध र गयासम्म विजय गरी राज्यविस्तार गरेका थिए । पूर्वमा मोरङ र उत्तरमा सिकारजोंगसम्म बढेका यक्ष मल्लको विजययात्रवर्णन भने भक्तपुरका राजा जगत्ज्योती मल्लद्वारा लेखिएको नरपतिजयचर्या स्वरोदयटीका भन्ने कृतिमा लेखिएको छ ।

यक्ष मल्ल
विजिगीशू
मल्ल राजा
शासनकालवि.सं १४८५-१५३८
पूर्वाधिकारीराजा ज्योतिर्मल्ल
उत्तराधिकारीराय मल्ल
जन्मवि.सं १४७६
नेपाल
मृत्यु१५३८
बाबुज्योति मल्ल
आमासंसारदेवी
धर्महिन्दु

राज्य विस्तार सम्पादन गर्नुहोस्

उनी महत्त्वाकांक्षीशासक हुनाले आफ्नो राज्य विस्तृत पारे । उनी २० वर्षको उमेरमा राजा भई ५२ वर्ष सम्म राज्य गरे । उनले प्रदान गरेको अबिलेख हेर्दा काठमाडौँ राज्य मिथिला, मगधगयासम्म विजय गरी राज्यविस्तार गरेका थिए । पूर्वमा मोरङ र उत्तरमा सिकारजोङसम्म बढेका यक्ष मल्लको विजययात्रवर्णन भने भक्तपुरका राजा जगत्ज्योती मल्लद्वारा लेखिएको नरपतिजयचर्या स्वरोदयटीका भन्ने कृतिमा लेखिएको छ । तर उनको यस विजयप्रति इतिहासकारहरूको एकमत छैन। यद्यपि उनको प्रभाव चौतर्फी फैलिएको मान्न सकिन्छ ।[१]

साँस्कृतिक कार्य सम्पादन गर्नुहोस्

राजा यक्ष मल्लको दत्तात्रेय मन्दिर नमुना योग्य मानिन्छ । त्यसै गरी उनको ऋषिकेश विष्णुको सुवर्णमूर्ति, अग्निशाला, षड्दर्शनका विद्ध्वानको भान्साघर, यक्शेश्वर मन्दिर, भक्तपुरको पशुपतिनाथ मन्दिर, पशुपतिनाथमा दक्षिण भारतबाट भट्ट ब्राह्मण ल्याई पुजा गर्ने बन्दोबस्त, पाटनको मीननाथ मन्दिर, भद्रबोधिसत्व , पद्मापाणी लोकेश्वरमंदिर र बिहारहरूको निर्माण गरेका थिए । [१]

राज्य विभाजनको अपजस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १४६, आइएसबिएन 99933-2-406-X