सदाशिव मल्ल
प्रजापालक राजा महेन्द्र मल्लका जेठा छोरा सदाशिव मल्ल उत्तराधिकारी भए । उनी व्यभिचारी र कामुक हुनाले जनतामा अत्यन्तै अप्रिय भएकाले मनहरामा घुमिरहेका बेला जनताले धपाए पछि भक्तपुरमा थुनामा परे । [१]
सदाशिव मल्ल | |
---|---|
कान्तिपुर राज्यको राजा | |
शासनकाल | वि सं १६३१-१६३५ |
पूर्वाधिकारी | महेन्द्र मल्ल |
उत्तराधिकारी | शिवसिंह मल्ल |
मृत्यु | भक्तपुर |
वंश | मल्ल वंश |
बाबु | महिन्द्र मल्ल |
धर्म | हिन्दु |
घोडचढीका सौखिन राजा सदाशिव मल्लको तबेला -(घोडा राख्ने ठाउँ) मा दर्जनौं घोडा रहेको अनुमान गरिन्छ । ती घोडालाई कतिसम्म राजकीय सुविधा दिइएको थियो भने ती घोडाले आमजनताको खेतबारीमा पसेर फसल बर्बाद गरिदिँदा पनि कुनै कानुन लाग्दैनथ्यो । किसानहरूले मुआब्जासमेत पाउँदैनथे । त्यतिबेला काठमाडौँका जनता राजा सदाशिव मल्लसँग आजित भैसकेका थिए । उनीहरू मौका कुरेर बसेका थिए भने राजा सदाशिव मल्ल कहिले मर्ला र शान्तिको सास फेर्न पाइएला भन्ने कामना पनि गर्थे ।
एक दिन अचानक राजा सदाशिव मल्ल आफ्ना आठपहरियाहरूलाई छलेर घोडा कुदाउँदै काठमाडौँ र भक्तपुर राज्यको सिमाना मनहरा फाँटमा पुगे । त्यहाँ काम गरिरहेका किसानहरूले उनलाई चिनेपछि तत्कालै घेराउ गरेर कुट्न थाले । आफ्नै जनताले त्यसरी कुट्न थालेपछि राजा सदाशिव मल्ल काठमाडौँतिर भाग्नुपर्नेमा भक्तपुरतिर भाग्न पुगे र आफ्नो गल्ती थाहा पाएपछि उनले भक्तपुरका राजा त्रैलोक्य मल्लसँग शरण मागेर आफ्नो ज्यान जोगाए ।
यता काठमाडौँमा राजा सदाशिव मल्ल भागेपछि उनकै भाइ शिवसिंह मल्लले उनलाई गद्दीबाट हटाएको र आफैं राजा भएको घोषणा गरेपछि राजा सदाशिव मल्ल गद्दीच्युत भए । गद्दीच्युत राजा सदाशिव मल्लले भक्तपुरमा शरणमा रहँदा पनि आफ्नो व्यभिचार कायमै राखेपछि राजा त्रैलोक्य मल्लले आजित भएर उनलाई आफ्नै दरबार परिसरमा थुनिदिए । थुनामै रहँदा राजा सदाशिव मल्लको मृत्यु भएको इतिहासकारहरूको अनुमान छ । पछि, उनी भक्तपुरबाट अत्तोपत्तो नहुने गरी भागे इतिहासकारहरूको अनुमान छ । भक्तपुरमा यिनलाई थुनेर राखेको त्यो जेल / ठाउँलाई अहिले पनि "सदाशिव चोक" भनेर चिनिन्छ । राजा सदाशिव मल्ल थुनिएको भक्तपुर दरबारको त्यो ठाउँलाई अहिले पनि सदाशिव चोकका नामले चिनिन्छ ।[२][३]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ नेपालको तथ्य इतिहास पृष्ठ १५९, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१
- ↑ जनताको पिटाइ खाने राजा वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२० मिति चैत्र २१, २०७१ वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२० मिति
- ↑ भक्तपुर : सदाशिव चोक