काँसे घाँसेचरी (Schoenicola striatus) नेपाल लगायत भारतीय उपमहाद्वीपको भूभागमा पाइने घाँसेचरीको एक प्रजाति हो। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ।

काँसे घाँसेचरी
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
Chaetornis

G.R. Gray, 1848
प्रजाति:
C. striata
वैज्ञानिक नाम
Chaetornis striata
(Jerdon, 1841)[२]
पर्याय
  • Dasyornis colluriceps Blyth, 1842
  • Dasyornis locustelloides Blyth, 1842
  • Megalurus striatus Jerdon, 1841[३]

विबरण सम्पादन गर्नुहोस्

काँसे घाँसेचरीको माथिल्लो भाग ठाडा धर्सासहित र घाँटीको तल्लो भागमा मसिना ठाडा धर्काहरू हुन्छन्। यो चरा नर्कट घाँसेचरीको दाँजोमा छोटोर मजबुत ठोँड, अस्पष्ट आँखीभौ, मैलोसेतो टुप्पो भएको छोटो र चौडा पुच्छर हुन्छ। भाले काँसे घाँसेचरीको लम्बाई १६० देखि १७० मिमी (६.३ देखि ६.७ इन्च) पोथी काँसे घाँसेचरीको लम्बाई १४५ देखि १५५ मिमी (५.७ देखि ६.१ इन्च) हुन्छ।

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

काँसे घाँसेचरी भारतीय उपमहाद्वीपका राष्ट्रहरू नेपाल, बङ्गलादेश, भारतपाकिस्तान पाइन्छ। यो चरा छरिएर रहेको झाडी, सुख्खा जमिन भएका छोटा घाँसेमैदानमा पाइने साथै अग्ला नर्कट भएको धापिलो जमिनमा पनि बस्न रूचाउने गर्छ। यसले घना वनस्पति भएको क्षेत्रमा आफ्नो गुँड लगाँउछ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१२), "Chaetornis striata", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. Dickinson, E.C.; Bruce, M.; Gregory, S.; Peterson, A.P.; Pittie, A. (२००४), "The dating of names proposed in the first Supplement to Thomas Jerdon's Catalogue of the birds of the peninsula of India", The Bulletin of Zoological Nomenclature 61: 214–221। 
  3. Jerdon, T.C. (१८६३), The Birds of India. Volume 2. Part 1., Calcutta: Military Orphan Press, पृ: 72–73। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्