कङ्गना राणावत
भारतीय चलचित्र अभिनेत्री
(कङ्गना राणावत फिल्मोग्राफीबाट अनुप्रेषित)
कङ्गना राणावत (हिन्दुस्तानी उच्चारण: [kəŋɡənaː raːɳoːʈʰ]; जन्म २३ मार्च १९८७) एक भारतीय अभिनेत्री तथा मोडल हुन्। उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभीनेत्रीहरू मध्ये एक र सर्वाधिक पारिश्रमिक लिने भारतीय महिला अभिनेत्रीमा पर्छिन् । उनले आफ्नो जीवन यात्रा बलिउडमा स्थापित गरिसकेकी छिन र हालसम्म तीन राष्ट्रिय चलचित्र पुरस्कार र चार फिल्मफेयर पुरस्कार प्राप्त गरिन् ।
कङ्गना राणावत | |
---|---|
जन्म | कङ्गना अमरदीप राणावत मार्च २३, १९८७[१] भाम्बला , हिमाचल प्रदेश, भारत |
पेशा | अभिनेत्री |
कार्यकाल | २००६ - वर्त्तमान |
उचाइ | ५ फिट ८ इन्च (१.७३ मी) [२] |
रणावकको जन्म भारतको हिमाचल प्रदेशमा भएको हो । उनी सुरुमा उनको आमाबाबुको आग्रहमा डाक्टर बन्ने निधो गरिन् तर आफ्नै करियर निर्माण गर्न सोह्र वर्षको उमेरमा उनले दिल्ली प्रवेश गरिन्, जहाँ उनी एक मोडल बनिन् । सन् २००६ मा बलिउड चलचित्र गेङ्गस्टरमा मुख्य भूमिकामा उनले चलचित्र जगतमा पदार्पण गरिन् जसले उनलाई फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार दिलाएको थियो ।
बाल्यकाल
व्यक्तिगत जीवन
प्रमुख चलचित्रहरू
- गेङ्गस्टर (२००६)
- फेशन (२००८)
- तनु वेड्स मनु (२०११)
- कृष ३ (२०१३)
- क्वीन (२०१४)
- तनु वेड्स मनु रिटर्न्स (२०१५)
प्रसिद्धि
सन्दर्भ सामग्रीहरू
- ↑ "Facts About Kangna Ranaut", officialkanganaranaut.com, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण २२ सेप्टेम्बर २०१३ मिति
- ↑ "Kangana Ranaut Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अन्तिम पहुँच २०१५-०९-२७।
बाह्य कडीहरू
विकिमिडिया कमन्समा कङ्गना राणावत सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।