अर्ना
अर्ना | |
---|---|
![]() | |
संरक्षण स्थिति | |
लोपोन्मुख
| |
वैज्ञानिक वर्गीकरण | |
जगत: | प्राणी |
सङ्घ: | कोर्डाटा |
वर्ग: | स्तनधारी प्राणी |
गण: | आर्टियोदेक्टिला |
परिवार: | बोविट |
उपकुल: | बोविना |
कुल: | बोविनी |
वंश: | बुबालस |
प्रजाति: | B. bubalis arnee (B. arnee) |
वैज्ञानिक नाम | |
Bubalus bubalis arnee (B. arnee) (लिन्नेअस(Linnaeus), १७५८ |
अर्ना बोभिडेई (Bovidae) परिवार अन्तर्गत पर्ने लोपोन्मुख जंगली जनावर तथा घरपालुवा भैंसीको पूर्वज हो। यो जंगली बोभिड (bovid) जाती दोस्रो ठूलो जनावर हो, जुन गौरीगाई भन्दा केवल थोरै सानो हुन्छ। अर्ना अहिले (पश्चिम देखि पूर्व तिर) नेपाल, भारत, भूटान, म्यानमार र थाइल्याण्डमा बचेका छन। अर्ना पाकिस्तान, बङ्गलादेश, लाओस र भियतनाम लगायतका देशबाट चाही विलुप्त भईसके। अर्ना उत्तरी अस्ट्रेलियामा पनि पाइन्छन्।
घरपालुवा भैसीको पूर्वजमानिने अर्नालाई भैंसीको हुलमा मिसाईदियो भने चिन्न निक्कै गाह्रो हुन्छ। उस्तै रङ, उस्तै शारीरिक बनोट र कराउँदाको आवाजपनि उस्तै हुन्छ। त्यतिहुदा हुदै पनि यी दुईमा केहि भिन्नता छन्। अर्नाको कानको रौं र घुडाको घेरा सेता हुन्छन्। आँखीभौं पनि केहि सेतो र खैरो हुन्छ।
आई यु सि एन(IUCN)ले अर्नालाई यसको खतरामा परेका प्रजातिको रातो सुची(Red List of Threatened Species)मा सुचीकृत गरेको छ। अहिले विश्वमा अर्नाको कुल संख्या ४,००० भन्दा कम छ, जसमा परीपक्व अर्नाको संख्या २,५०० भन्दा कम रहेको अनुमान गरीएको छ।
शारीरिक विशेषतासम्पादन
अर्नाको तौल ७०० देखि १२०० किलोग्राम सम्म हुन्छ। यसको उचाई १५० देखि १९० सेन्टिमिटर सम्म हुन्छ। खरानी खैरो देखि कालो छाला हुने र घाँटी,मुख, आँखा, कान र खुट्टामा सेता धर्का हुन्छन् ।[१]
वासस्थानसम्पादन
अर्ना ओसिलो घाँसे मैदान,धापिलो क्षेत्र र बाक्लो वनस्पति भएको बाढी गइरहने समतल भू-भाग वा उपत्यकामा बस्छ ।
संख्या तथा संरक्षण स्थितिसम्पादन
नेपालमा अर्नाको संख्या
- २०३२ साल- ६३ वटा
- २०६५ साल- २१९
- २०६६ साल- २१४
- २०६७ साल- २३७
- २०६८ साल- २५९
- २०७० साल-३३७ रहेको छ।[२]
अर्ना सम्बन्धी कसुरसम्पादन
अर्ना मार्ने वा घाइते बनाउनेलाई बढिमा एकदेखि १० वर्षसम्म कैद वा ५० देखि ७५ हजार रूपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने व्यवस्था छ।[३]
यो पनि हेर्नुहोस्सम्पादन
विकिमिडिया कमन्समा अर्ना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
सन्दर्भ सामग्रीसम्पादन
- ↑ http://www.ekantipur.com/np/2070/12/17/full-story/386619.html
- ↑ हाका-हाकी,२०७१ जेठ अङ्क
- ↑ हाका-हाकी,२०७१ जेठ अङ्क