अजरबैजानी भाषा

(अजेरी भाषाबाट अनुप्रेषित)

अजरबैजानी भाषा वा अजरी भनेर पनि सम्बोधन गरिने, एक तुर्केली भाषा परिवार अन्तर्गत पर्ने एक भाषा हो जुन मुख्यतया अजरबैजानी मानिसद्वारा बोलिन्छ। यो अजरबैजानको आधिकारिक भाषा समेत हो। मुख्य रूपमा गणतन्त्र अजरबैजान गणतन्त्रमा बसोबास गर्ने मानिसहरूद्वारा उत्तर अजरबैजानी भाषिका बोलिन्छ भने इरानको अजरबैजानी क्षेत्रमा दक्षिण अजरबैजानी भाषिका बोलिन्छ। अजरबैजानीका दुवै रूपबीच एकदमै धेरै आपसी बौद्धिकता भए तापनि स्वनिमविज्ञान, शब्दसङ्ग्र, पदविज्ञान, वाक्यसंरचना र आगन्तुक शब्द स्रोतहरूमा उल्लेखनीय भिन्नताहरू रहेका छन्।

अजरबैजानी
Azeri
Azərbaycan dili, آذربایجان دیلی, Азәрбајҹан дили[note १]
उच्चारण[ɑːzæɾbɑjˈdʒɑn diˈli]
मूलभाषी
  • राष्ट्रिय: अजरबैजान
  • क्षेत्रीय:
  • रुस
  • टर्की
  • इराक[]
  • जर्जिया
क्षेत्रइरानी अजरबैजानी, दक्षिण ककेसस
रैथाने(हरू)अजरबैजानी मानिस
मातृभाषी वक्ता२ करोड ३० लाख
तुर्केली
  • साधारण तुर्केली
    • ओगुज
      • पश्चिमी ओगुज
        • अजरबैजानी
स्तरीय स्वरूप
शिरवानी (गणतन्त्र अजरबैजानमा)
ताबरिजी (इरानी अजरबैजानमा)
आञ्चलिक भाषाहरू
सरकारी दर्जा
आधिकारिक भाषा
अजरबैजान
दागिस्तान (रुस)
तुर्केली परिषद्
नियामक संस्था
भाषा सङ्केतहरू
आइएसओ ६३९-१az
आइएसओ ६३९-२aze
आइएसओ ६३९-३aze – inclusive code
व्यक्तिगत कोडहरू:
azj – उत्तर अजरबैजानी
azb – दक्षिण अजरबैजानी
slq – सालचुक
qxq – कासकाई
ग्लोटोलगmode1262
भाषाविद् प्रयोगशालाओगुज भाषा परिवारको भाग
दक्षिण ककेसस र उत्तरी इरानमा अजरबैजानी भाषीहरूको
  क्षेत्र जहाँ अजरबैजानी बहुमतको भाषा हो
  क्षेत्र जहाँ अजरबैजानी महत्वपूर्ण अल्पसङ्ख्यकको भाषा हो
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

उत्तर अजरबैजानी भाषिकाले गणतन्त्र अजरबैजान र दागिस्तान (रूसको सङ्घीय विभाजन) मा आधिकारिक दर्जा प्राप्त गरेको छ तर दक्षिण अजरबैजानी भाषिकाले इरानमा आधिकारिक दर्जा प्राप्त गरेको छैन, जहाँ अधिकांश अजरबैजानी मानिसहरू बसोबास गर्छन्। यो जर्जिया र टर्कीको अजरबैजानी समुदाय र मुख्यतया युरोपउत्तर अमेरिकामा प्रवासी समुदायहरूमा पनि बोलिने गरिन्छ।

दुबै अजरबैजानी भाषा तुर्केली भाषाको ओगुज शाखाका सदस्यहरू हुन्। उत्तर अजरबैजानी (गणतन्त्र अजरबैजान र रूसमा बोलिने) को मानकीकृत रूप शिरवानी उपभाषामा आधारित छ भने इरानी अजरबैजानीले ताबिजी उपभाषालाई यसको प्रतिष्ठा विविधताको रूपमा प्रयोग गर्दछ। सन् १९९१ मा सोभियत सङ्घबाट गणतन्त्र अजरबैजान स्वतन्त्र भएदेखि उत्तरी अजरबैजानीले रोमन लिपिको प्रयोग गर्दछ। अर्कोतर्फ इरानी अजरबैजानीले सधैँ फारसी-अरबी लिपिको प्रयोग जारी राखेको छ।[] अजरबैजानी गागाउज, कासकाई, क्रिमियाली तातार, तुर्केली र तुर्कमेनसँग नजिकको सम्बन्ध रहेको छ।

उत्पत्ति र पृष्ठभूमि

सम्पादन गर्नुहोस्

ऐतिहासिक रूपमा यस भाषालाई त्यहाँका स्थानीय वक्ताहरूले तुर्की अर्थ "तुर्केली" वा अजरबैजान तुर्ककासी अर्थात् "अजरबैजानी तुर्केली" भन्ने अर्थ दिन्छन्। सन् १९१८ मा राजनीतिक कारणले "अजरबैजान" को नाम अपनाएको अजरबैजान लोकतान्त्रिक गणतन्त्रको स्थापना अघि"अजरबैजान"को नाम केवल तत्कालीन उत्तरपश्चिमी इरानको आसन्न क्षेत्र लाई चिनाउन प्रयोग गरिएको थियो। सोभियत नेता स्टालिनको आदेशमा अजरबैजान सोभियत समाजवादी गणतन्त्रको, स्थापना पश्चात् अजरबैजान सोभियत समाजवादी गणतन्त्रको औपचारिक भाषाको नाम तुर्केलीबाट "अजरबैजानी"मा परिवर्तन भएको थियो।

  1. सिरिलिय लिपिको हिज्जे अजरबैजान सोभियत समाजवादी गणतन्त्रमा प्रयोगमा रहेको थियो।
    • इराकी तुर्कमेन भाषाको लिखित स्वरूप इस्तानबुल तुर्केलीमा आधारित थियो जसले तुर्केली वर्णमालाको प्रयोग गर्दछ।
    • प्राध्यापक क्रिस्टियन बुलुटले अजरबैजानका प्रकाशनहरूले प्रायः इराकी तुर्कमेन उपभाषाहरू "राजनीतिक प्रभावका साथ" वर्णन गर्न "इराकको अजरबैजानी (उपभाषाहरू) " वा "दक्षिण अजरबैजानी" जस्ता अभिव्यक्तिहरू प्रयोग गर्छन् भन्ने तर्क गरेका थिए तथापि, तुर्केली साहित्यमा टर्की र इराकसित नजिकको सम्बन्ध भएका उपभाषाहरूलाई साधारणतया क्रमशः "पूर्वी आनातोलियाली" वा "इराक-तुर्केेेली/-तुर्कमेेन" उपभाषा भनिन्छ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Bulut, Christiane (२०१८b), "The Turkic varieties of Iran", in Haig, Geoffrey; Khan, Geoffrey, The Languages and Linguistics of Western Asia: An Areal Perspective, Walter de Gruyter, पृ: ३९८, आइएसबिएन 978-3110421682 
  2. २.० २.१ "Azerbaijani, North", Ethnologue, मूलबाट ५ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २ फेब्रुअरी २०२० 
  3. "Azerbaijani, South", एथानोलग, मूलबाट ५ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २ फेब्रुअरी २०२० 
  4. Brown 2005, पृष्ठ. 634–38.

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्