अजरबैजानको सबैभन्दा लोकप्रिय खेल फुटबल हो। अजरबैजानमा सम्पूर्ण फुटबल खेलको निरीक्षण तथा नियन्त्रण गर्ने काम अजरबैजानको सरकारी रूपमा मान्यता पाएको एक संस्था अजरबैजान फुटबल महासङ्घ अथवा एएफएफएले गर्ने गर्दछ जसले राष्ट्रिय फुटबल लिग र एएफएए सुप्रिम लिग पनि सञ्चालन गर्दै आएको छ।

अजरबैजानमा फुटबल
देशअजरबैजान
शासकीय निकायअजरबैजान फुटबल महासङ्घ
राष्ट्रिय टोलीअजरबैजान राष्ट्रिय फुटबल टिम
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा

अजरबैजान राष्ट्रिय फुटबल टोलीले फिफायुइएफए द्वरा सञ्चालित दुवै वरिष्ठ र युवा स्तरमा फुटबल प्रतियोगितामा भाग जनाउँदै आएको छ। सोभियत सङ्घमा छँदा अजरबैजानको नेप्ची बाकु नामक एक सर्वाधिक सफल फुटबल टोलीले युरोपेली क्लबहरूको प्रतिस्पर्धामा भाग जनाउने गरेको थियो। उक्त टोलीका एक प्रख्यात फुटबल खेलाडी एनाटोली बेनिस्भिकी थिए जसले सोभियत सङ्घलाई सन् १९६६ फिफा विश्वकपको सेमिफाइनल सम्म पुर्‍याउन ठूला भूमिका निर्वाह गरेका थिए। अजरबैजानका एक प्रख्यात फुटबल खेलाडी तोहिफ बाहरामोभले सन् १९६६ फिफा विश्वकपमा इङ्ल्याण्ड र पश्चिम जर्मनीको फाइनल खेलमा निरीक्षकको भूमिका निर्वाह गरेका थिए। सोभियत सङ्घको विभाजन पछि टोलीले जर्जिया विरुद्ध १७ सेप्टेम्बर १९९२ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो। [१]

सुरुवात चरण (सन् १९२० को दशक भन्दा पहिले) सम्पादन गर्नुहोस्

अजरबैजानमा फुटबल खेलको सुरुवात २०औँ शताब्दी देखिनै भएको थियो भने फुटबल खेल सुरु देखिनै प्रख्यात बन्न पुगेको थियो जतिबेला अजरब‌ैजान रूसी साम्राज्यको अधिनमा रहेको थियो।

छोटो समयको अन्तरालमान‌ै अजरबैजानको राजधानी बाकुमा विभिन्न फुटबल क्लबहरूको स्थापना भएको थियो। सन् १९०५ मा अजरब‌ैजानको आधिकारिक राष्ट्रिय फुटबल टोलीहरूको स्थापना गरिएको थियो भने उक्त टोलीहरूले तात्कालिक समयमा विभिन्न घरेलु प्रतिस्पर्धाहरूमा भाग लिने गरेका थिए। बाकुमा "सर्कल अफ फुटबल प्लेयर्स अफ सुराखानी", स्टिलन, फ्रेण्ड्स अफ स्पोर्ट, स्पोर्ट्सम्यान, कङ्ग्रेस युनितास, बलाया आदि फुटबल टोलीहरूको निर्माण भएको थियो।

सन् १९११ मा अजरबैजानक‍ राजधानी बाकुमा एक आधिकारिक फुटबल च्याम्पियनसिप लिगको आयोजना गरिएको थियो जसमा "ब्रिटिस क्लब" नामक एक फुटबल क्लबले उपाधि जित्न सफल भएको थियो। सन् १०१२ मा अजरबैजानी फुटबल खेलाडीहरूले पहिलो अन्तर्राष्ट्रिय खेल जर्जियाको तिबिलिसीमा खेलेका थिए जहाँ राष्ट्रिय फुटबल टोलीले सकोल नामक एक फुटबल टोलीलाई ४ का विरुद्ध २ गोल अन्तरले हराउन सफल भएका थिए। सन् १९१२-१९२३ मा जर्जिया र अजरबैजान बीचको फुटबल खेल पहिला तिबिलिसी र पछि बाकुमा आयोजना गरिएको थियो। सन् १९१४ मा अजरबैजानको राष्ट्रिय स्तरको फुटबल सङ्घको आयोजना गरिएको थियो।

सोभियत युग (सन् १९२०-१९९१) सम्पादन गर्नुहोस्

स्वतन्त्रता पश्चात् (सन् १९९२—हाल) सम्पादन गर्नुहोस्

  1. World Football Elo Ratings: Azerbaijan