३८ सालको पर्व
वि.सं. १९३८ पौषमा प्रधानमन्त्री रणोद्दीप सिंह शिकारको लागि चितवनतर्फ गएको बेलामा जगतजङको नेतृत्वमा नरेन्द्र बिक्रम शाहले प्रधानमन्त्री रणोद्दीप सिंह, प्रधान सेनापति धीर शमशेर र उनका शाखा सन्तान सखाप बनाउने षड्यन्त्र बनाए। त्यसै साल वैशाख ११ मा गद्दीआरोहण गरेका बालक राजा पृथ्वी विक्रम लाई हटाएर श्री ५ मा नरेन्द्रविक्रम शाह, श्री ३ मा जगतजङ र पद्मजङ प्रधान सेनापती हुने षड्यन्त्रको पोल गगनसिंह खवासका नाति उत्तरध्वज भण्डारीले धीरशमशेरलाई खोले।[१] त्यसपछि नरेन्द्र बिक्रम शाह, जगतजंग राणा, बमवीर सिंहलाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो । यसै गरी सुब्बा टंकनाथ र होमनाथ लगायत १० जना बाहुनलाई चारपाटा मुडेर जातिच्युत गरियो भने ४१ जनाको हत्या र केहि व्यक्तिको सर्वस्वहरण गरियो ।[२]
३८ सालको पर्व | |||||||
---|---|---|---|---|---|---|---|
| |||||||
योद्धा | |||||||
रणोद्दीप सिंह | नरेन्द्र बिक्रम शाह | ||||||
सेनापतिहरू | |||||||
रणोद्दीप सिंह , धीर शमशेर |
नरेन्द्र बिक्रम शाह जगतजंग राणा | ||||||
मृत्यु र क्षति | |||||||
० | ४१ |
पृष्ठभूमि
सम्पादन गर्नुहोस्जंगबहादुरको मृत्यु पछि उनको श्री ३ महाराज र प्रधानमन्त्रीको दुवै पद रणोद्दीप सिंहलाई दिलाउन धीर शमशेरले जंगबहादुरको मृत्युको समाचार एकदम गोप्य राखे । जंगबहादुरका छोरा जगतजंग राणा महाराजको मृत्यु पछि छोरा राजा हुनु पर्ने भएकाले, श्री ३ महाराजको पद आफूले पाउनुपर्ने दावी गर्थे। त्यसकारण उनी काका धीर शमशेरसँग रिसाएका थिए।
घटना
सम्पादन गर्नुहोस्श्री ३ रणोद्दीप काठमाडौँमा जाडो सुरु भएकाले कान्छा भाइ प्रधान सेनापति धीर शमशेरलाई कायम मुकायम प्रधानमन्त्रीको जिम्मेवारी दिएर वि सं १९३८ पौष ४ मा शिकारको लागि चितवनतर्फ प्रस्थान गरे। रणोद्दीप काठमाडौँ बाहिर गएको मौका पारेर जंगबहादुरका छोरा जगतजंगले श्री ५, श्री ३ र प्रधान सेनापतिको हत्या गरेर शासन सत्ता हातमा लिने योजना बनाएका थिए।
यो षड्यन्त्र अनुसार वि सं १९३८ पौष २९ (पौष मसान्त)को रात कमान्डर इनचिफ धीर शमशेर कुँवर राणाको उनकै महलमा काम तमाम गर्ने र यसै दिन बालक राजा श्री ५ पृथ्वीवीरविक्रम शाहलाई पनि आफ्नो नियन्त्रणमा लिई पदच्युत गराई स्वयम् नै महाराजधिराजका रुपमा स्थापित हुने र तेस्रो रोलक्रमका जंगीलाठ जनरल जगतजंग कुँवर राणा लाई प्राइममिनिस्टर तथा श्री ३ महाराजका रुपमा स्थापित गराउने र चौथो रोलक्रमका पद्मजंग कुँवर राणालाई जंगीलाठ बनाउने भन्ने राजकुमार नरेन्द्रविक्रम शाहको समूह को योजना थियो। कमान्डर इनचिफ जनरल धीर शमशेरको हत्यापछि राणा परिवारका अन्य सदस्यका साथसाथै तराई तिर लागेका रणोद्दीपसिंह कुँवर राणाहरू पनि त्यहीँबाटै भागाभाग गर्नेछन् भन्ने यिनीहरूको आकलन थियो। यदि त्यहाँबाट नभागे त्यहीँ नै उनको संहार गर्न भनी यिनीहरूले आफ्ना केही विश्वस्त मानिसहरू तराईतिर पनि खटाइअसकेका थिए।[३]
बालक राजा पृथ्वीबीरविक्रमको हत्या गरी माहिला साहेवज्यू नरेन्द्र बिक्रम शाह राजा, जगतजंग राणा श्री ३ महाराज/प्रधानमन्त्री र पदमजंग राणा प्रधान सेनापति हुने योजना थियो। यो कुराको पोल कामु प्रधानमन्त्री धीर शमशेर समक्ष पौष २३ गते लेफ्टिनेन्ट उत्तरध्वज भँडारीले खोलिदिए, जो कोतपर्वका कारक मानिएका गगनसिंहका नाति थिए। पोल खुलेपछि षडयन्त्रमा संलग्न ४३ जना कैद गरिए। जसमा साहेवज्यू नरेन्द्रबिक्रम सहित श्री ३ जंगका छोरा, अन्य भाइभारदाहरु थिए।
प्राइममिनिस्टर रणोद्दीपसिंह तराईबाट दौडादौड गरि बि.सं १९३८ माघ ४ को मध्यरातमा आफ्नो महलमा दाखिल भए। धीरशमशेरले विद्रोहीहरूलाई भोलिपल्ट बिहान सबेरै नेल, गलफन्दी तथा हतकडीहरूले कसी खर्पनमा बोकाएर प्राइममिनिस्टर रणोद्दीप समक्ष उपस्थित गराए। मुख्य दोषी २३ जनालाई १२ माघ १९३८ मा मृत्युदण्डको सजायँ स्वरुप काठमाडौँका विभिन्न ठाउँमा लगी काटियो। काटिनेहरूमा कुपण्डोलमा बसोबास गर्ने बिष्ट काजी खलकका ७ जना थिए। तीमध्ये लेफ्टिनेन्ट रणकेशर बिष्टलाई भादगाउँको खस्याङ खुसुङमा काटियो, संखमुलमा कप्तान नरबहादुर बिष्ट र सूर्यप्रताप बिष्ट काटिए। मेजर संग्रामसिँह बिष्ट भाताकोशी र कप्तान भोज बिष्ट टेकुमा काटिए।
आफ्नो दाइ जगतजंग राणाले आफ्नो छोरालाई हटाएर देवर राजा हुने भए पछि जंगका छोरी ललित राजेश्वरी राज्य लक्ष्मी देवीहरु धीर शमशेरका छोराहरूसँग मिले ।
परिणाम
सम्पादन गर्नुहोस्- जंगका छोरी ललित राजेश्वरी राज्य लक्ष्मीहरु धीर शमशेरका छोराहरूसँग मिले जसले गर्दा ४२ सालको पर्वको पर्व भयो ।
- काठमाडौँबाट विस्ट काजीहरु निर्वासित ।
चलचित्र
सम्पादन गर्नुहोस्सेतो बाघ[४]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४३, आइएसबिएन 99933-2-406-X।
- ↑ सामान्य ज्ञान : भिम राना जिज्ञासु
- ↑ बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: २३३, आइएसबिएन 978-9937-665-40-7।
- ↑ https://www.youtube.com/watch?v=sGjBlXcQD98