जगतजङ्ग राणा नेपाली सेनाका कमाण्डिङ जर्नेल थिए। उनलाई सबैले मुखिया जर्नेलको नामले सम्बोधन गर्थे। अत्यन्त विलासी स्वभाव भएका जनरल जगतजङ्ग राणालाई बाबुराम आचार्यले हुती नभएका भनी व्याख्या गरेका छन्।[१] उनी प्रधानमन्त्रीको मर्यादामा काका धीर शमशेर राणा पछाडि थिए। रोलक्रमप्रति असन्तुष्टि रहँदा ३८ सालको पर्व रचेर उनले आफ्नै ठाँहिला काका रणोद्दिप सिँह बहादुर राणाको हत्याको योजना बनाए जसको फलस्वरुप पश्चिम कमाण्डर जनरल रहेका जगतजङलाई चुनारकिल्लामा लगी थुनियो।[२]

श्री कमाण्डिङ जर्नेल
जगतजङ्ग राणा
मुखिया जर्नेल जगतजङ्ग कुँवर राणा
कमाण्डिङ जर्नेल
मुखिया जर्नेल
व्यक्तिगत विवरण
मृत्युवि.सं.१९४२
मनोहरा दरबार
अभिभावक
सैन्य सेवा
श्रेणीजनरल

परिवार सम्पादन गर्नुहोस्

 
जगतजङ्ग र जेठी शाहज्यादी

जङ्ग बहादुर राणाका माहिलो सुपुत्रको रूपमा जन्म भएतापनि जेठो छोराको निधनले उनी ज्येष्ठ पुत्र मानिएका हुन्। उनका मामा सनकसिँह बस्नेत हुन्।

 
जगतजङ्गको मनोहरा दरबार

उनको विवाह वि.सं. १९११ मा जेठी शाहज्यादी टीकाराज्यलक्ष्मीसँग भयो। त्यतिबेला वरको उमेर ७ वर्ष २ महिना र बधुको उमेर ६ वर्ष थियो।[३]

कार्य सम्पादन गर्नुहोस्

पशुपतिनाथको मन्दिरमा उनले निकै योगदान पुर्याएका थिए। उनले स्वर्णतुलादान तथा बसाहा स्थापित गरेका थिए।

जंगबहादुरको मृत्यु सम्पादन गर्नुहोस्

जंगबहादुरको मृत्युअपछि जगतजंग र युवराज त्रैलोक्यले राजा सुरेन्द्रलाई पदत्याग गर्न बाध्य बनाउने र जगतजंगलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्ने योजना बनाएका थिए। [४] बि.सं. १९३३ फागुनमा रौतहटको पत्थरघट्टामा जंगबहादुरको मृत्यु भयो।[५][note १] यो खबर रिसल्लाले धीर शमशेरले Dhir Shamsher Rana circulated a rumour that his brother Jung Bahadur was critically ill, upon which Jagat Jung and Crown Prince Trailokya rushed to Patharghatta.[५] On their absence in Kathmandu, Dhir Shamsher immediately imposed King Surendra to declare Ranodip Singh Kunwar as Prime Minister of Nepal[४] and destroyed the plot of Jagat Jung and the Crown Prince. Afterwards Jagat Jung and Prince Trailokya came back to Kathmandu after the funeral, they began to overthrow Jagat Jagat's uncle Dhir Shamsher from the political scenario of Nepal.[५][६]

३८ सालको पर्व सम्पादन गर्नुहोस्

वि.सं. १९३८ मा प्रधानमन्त्री रणोद्दीप सिंह भारतमा तिर्थ गर्न गएको बेलामा जगतजंग राणा र नरेन्द्र बिक्रम शाहले प्रधानमन्त्री रणोद्दीप सिंह, प्रधान सेनापति धीर शमशेर र उनका शाखा सन्तान सखाप बनाउने षड्यन्त्र बनाए । तर यस षड्यन्त्रको पोल चाडै खोलिएकाले नरेन्द्र बिक्रम शाह, जगतजंग राणा, बमवीर सिंहलाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो ।

जनरल जगतजङ्ग काका धीरशमशेरको बिरोधी भएपनी बाबुराम आचार्यको अनुसार यो पर्वमा उनी सहभागी थिएनन्। यो पर्व घटेको बेलामा जगतजङ्ग तीर्थ गर्न भनी भारततर्फ गएका थिए। काठमाडौंमा घतेका दुर्दान्त घटनाबाट आतंकित भै आफ्ना काका कामान्डर इनचिफ जनरल धीर शमशेरको दबदबादेखी डराएर यिनी काठमाडौं फर्किएर आएनन् र प्रवासी भई कलकत्तामै बसिरहे। नेपाल सरकारको विशेष आग्रहमा ब्रिटिस सरकारले उनलाई त्यहीँ नजरबन्द गरिदियो। यसबाट उनी आफ्नो जङ्गीलाठ पदबाट स्वतः पदच्युत भए।[७]

४२ सालको पर्व तथा हत्या सम्पादन गर्नुहोस्

शमशेर खलकद्वारा ४२ सालको पर्व मा उनको हत्या भयो। उनी बाहेक प्रधानमन्त्री रणोद्दीप सिंह, उनका छोरा नाति जर्नेल युद्धप्रतापजंग राणाको पनि हत्या भयो।

पूर्वज सम्पादन गर्नुहोस्

जगतजङ्ग राणाको पुर्खाहरू
16. Ram Krishna Kunwar
8. रणजित कुँवर
4. बाल नरसिंह कुँवर
2. जङ्गबहादुर राणा
20. Amar Singh Thapa (sanukaji)
10. Nain Singh Thapa
21. Satyarupa Maya
5. गणेश कुमारी थापा
22. Ranajit Pande
11. Rana Kumari Pande
1. जगतजङ्ग राणा

स्रोत सम्पादन गर्नुहोस्

  1. अब यस्तो कहिल्यै नहोस्
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४३, आइएसबिएन 99933-2-406-X 
  3. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २३९
  4. ४.० ४.१ ४.२ Joshi & Rose 1966, पृष्ठ 45.
  5. ५.० ५.१ ५.२ Acharya 1974, पृष्ठ 91.
  6. Shaha 1990, पृष्ठ 277.
  7. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: २४२, आइएसबिएन 978-9937-665-40-7 

यो पनि हेर्नुहोला सम्पादन गर्नुहोस्


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found