हैबुङ नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। हैबुङ गाविस जिल्लाको दक्षिणपश्चिम इलाकामा पर्दछ। जिल्ला सदरमुकामबाट करिव १२ कोष दुरी टाढा पर्ने यस गाविको कुल क्षेत्रफल १४.४५ वर्ग किलोमिटर छ। यस गाविसले काठमाडौ जिल्ला र काभ्रेपलान्चोक जिल्लासम्म सिमाना जोडेको छ। गाविसको पूर्वमा भोटेचौर गाविस पश्चिममा काठमाडौ जिल्ला उत्तरमा थकनी जिल्ला र दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ। सिन्धु थुम अन्तर्गत पर्ने यस गाविमा औसत हावापानी पाइन्छ। हैबुङ को धेरै भागमा खेती योग्य जमीन छ। तामाङ जातिहरूको बाहुल्यता भएको यस गाविसका अधिकांश मानिसहरू खेती तथा पशुपालनमा व्यस्थ हुने गर्दछ। बाँकी अन्य मानिसहरू नोकरी तथा अन्य पेशमामा संलग्न छन्। यस गाविसको प्रमखु कृषिबालीमा धान गहुँ तोरी मकै आदि पर्दछ। जिल्ला निर्वाचन क्षेत्र नम्बर तीन अन्तर्गत पर्ने यस गाविसको वि.सं. २०५८ सालमा साक्षरता दर २८ घरपरिवार संख्या ५६८ र कुल जनसङ्ख्या २८५७ थियो।[१]

हैबुङ
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "साँगाचोक", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-११ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्