हिमाल एकप्रकारको भूबनोट हो जुन सीमित परिधि भित्र वरपरको क्षेत्र भन्दा अग्लो हुन्छ। हिमाल प्राय गरेर डाँडा (hill) भन्दा बढि भिरालो हुन्छ। हिमाल र डाँडाको बिचमा अन्तर छुट्याउने खासै कुनै सर्वमान्य तरिका त छैन तर धैरेजसो हिमालहरू अग्ला शिखरहरूका कारण सजिलै छुट्टिने गर्दछन्। हिमालले एसिया महादेशको ५४%, उत्तर अमेरिकाको ३६%, युरोपको २५%, दक्षिण अमेरिकाको २२%, अष्ट्रेलियाको १७% र अफ्रिकाको ३% क्षेत्र ओगटेको छ। संसारमा १० मध्ये एक जना मानिस हिमाली क्षेत्रमा बसोबास गर्दछ। संसारका धेरैजसो ठुला नदीहरूको मुहान हिमाली क्षेत्रमा भेटिन्छन्। त्यस्तै संसारको आधा जसो जनसङ्ख्याको मुख्य पानीको स्रोतको लागि हिमाली क्षेत्रमा निर्भर छन्।

सगरमाथा तथा हिमालय हिमाली शृङ्खला

सामान्यतया हिमालहरूको उचाइ समुन्द्र सतहबाट नाप्ने गरिन्छ। हिमालयको औसत उचाइ समुन्द्र सतहबाट ५,००० मिटर छ भने एण्डिजको ४,००० मिटर। धेरैजसो हिमाली शृङ्खलाको औसत उचाइ २,००० देखि २,५०० मिटर सम्म हुन्छ। संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा हो जुन ८,८४८ मिटर अग्लो छ र यो संसारको सबैभन्दा अग्लो हिमाली शृङ्खला हिमालयमा पर्दछ।

हिमालको उचाइ समुन्द्र सतहबाट बाहेक अन्य तरिकाले पनि नाप्न सकिन्छ। एउटा तरिका हो, पृथ्वीको केन्द्रबाट कुनैपनि हिमालको टाकुरो सम्मको दूरी। पृथ्वीको केन्द्रबाट नाप्दा भूमध्य रेखाको नजीकै परेका हिमालहरू अग्ला हुन जान्छन् किनभने पृथ्वीको केन्द्रबाट भूमध्य रेखा अन्य क्षेत्र भन्दा टाढा पर्दछ। त्यसैले यो तरिकाले नाप्दा भूमध्य रेखाको नजीकै पर्ने ईक्वेडोरको चिम्बेराजो सबैभन्दा अग्लो हुन जान्छ। त्यस्तै हिमालको आफ्नो आधारबाट टाकुरो सम्म नाप्दा हवाई स्थित माउना केआ सबैभन्दा अग्लो हुन जान्छ। यसरी नाप्दा यसको उचाइ ९,००० मिटर भन्दा बढि हुन्छ। तर यसको धेरैजसो भाग प्रशान्त महासागरमा डुबेको छ। यसरि नइ नेपाळ

चित्र दिर्घा

सम्पादन गर्नुहोस्

हिमाली जन जीवन

सम्पादन गर्नुहोस्

सम्बन्धित लेखहरू

सम्पादन गर्नुहोस्