स्टेभेन जर्ज जेरार्ड (जन्म;३० मे १९८०) बेलायती फुटबल खेलाडी हुन, जो हाल स्कटल्याण्डको क्लब रेन्जर्स एफसीका प्रबन्धक हुन् । जेरार्ड मध्यपंक्तिमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनी पेनाल्टी र फ्रि किक विशेषज्ञ मानिन्छन् । पछिल्लो पुस्ताका अब्बल दर्जाका अन्तर्राष्ट्रिय खेलाडीमध्ये पनि जेरार्डलाई सर्वाधिक सटीक मिडफिल्डर मान्ने धेरै छन् । उनी मौका सिर्जना गर्छन, सुन्दर पासहरू निकाल्छन् । गोल गर्न पनि उनी माहिर छन्, 'डेड बल अवस्था' मा उनको जवाफ थिएन् । यस्तोमा पनि उनले लिभरपुलका लागि लिग जित्न सकेनन्, इङ्ल्यान्डका लागि केही जित्न सकेनन् । इङ्ल्याण्डका स्टेभेन गेरार्डलाई बेलाबेलामा टोलीलाई अप्ठ्यारोमा धकेल्ने र महँगा गल्तीहरू गर्ने खेलाडीका रूपमा लिइन्छ ।
उनले पहिलो पटक १९९८ मा लिभरपुलबाट डेब्यु गरे । उनले हालसम्म २ एफए कप, २ एफए कम्युनिटि शिल्ड, १ युइएफए च्याम्पियन्स लिग, १ युइएफए युरोपा लिग]] र २ युइएफए सुपर कप जिताएका छन् । उनले अन्तराष्ट्रिय खेल मा सन् २००० मा डेब्यु गरे । इंगलैंड को तर्फबाट २००० युइएफए युरो र २००४ युइएफए युरो, संगसंगै २००६ फिफा विश्वकप मा खेलेका उनले २०१० फिफा विश्वकप मा कप्तान को पद सम्हाल्ने अवसर पाए । २०१४ फिफा विश्वकपमा उनको टोली समुह चरणबाटै विदा भयो ।
स्टेभेन जेरार्ड
 जेरार्ड २०१८ मा |
व्यक्तिगत विवरण |
---|
पुरा नाम |
स्टेभेन जर्ज जेरार्ड |
---|
जन्म मिति |
३० मे १९८० (वर्ष ३३) |
---|
उचाई |
१.८३ मीटर (६ फीट ० इन्च ) |
---|
खेल्ने स्थान |
मिड फिल्डर |
---|
क्लबको विवरण |
---|
हालको क्लब |
रेन्जर्स एफसी (म्यानेजर) |
---|
युवा क्लब |
---|
१९८७-१९९८ |
लिभरपुल |
---|
वरिष्ठ क्लब* |
---|
बर्ष |
क्लबहरू |
खेल |
(गोल) |
---|
१९९८-२०१५ |
लिभरपुल |
५०४ |
(१२०) |
---|
२०१५-२०१६ |
एलए ग्यालेक्सी |
३४ |
(५) |
---|
राष्ट्रिय टोली |
---|
१९९९-२००० |
इङ्ल्याण्ड यू-२१ |
४ |
(१) |
---|
२०००-२०१४ |
इङ्ल्यान्ड |
११४ |
(२१) |
---|
टोलीको प्रबन्धन |
---|
२०१८– |
रेन्जर्स एफसी |
---|
- बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .
|