सुहाङ नेम्वाङ
सुहाङ नेम्वाङ नेपाली राजनीतिज्ञ हुन्। उनी इलाम २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। [२] उनि सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोरा हुन् ।[३] [४]उनले निम्न माध्यमिक विद्यालय तहसम्मको शिक्षा उनले ग्यालेक्सी सार्वजनिक विद्यालयबाट पूरा गरि माध्यमिक विद्यालय तहको शिक्षा पनि चाबहिल, लामपोखरीमा रहेको लोयल्टी स्कुलबाट गरेका हुन् । पेशाले अधिवक्ता सन् २०११ देखी कानुनमा स्नातक अध्ययन सुरु गरेका थिए । [५]
सुहाङ नेम्वाङ | |
---|---|
प्रतिनिधि सभा सदस्य | |
निर्वाचन क्षेत्र | इलाम २ |
व्यक्तिगत विवरण | |
जन्म | २०४६ फागुन ६ [१] काठमाडौँ |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) |
प्रतिनिधिसभा उप निर्वाचन २०८१
सम्पादन गर्नुहोस्प्रतिनिधि सभा निर्वाचन, २०७९को नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङ को मृतुपश्चात भएको उप निर्वाचन २०८१मा इलम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट २७७७२ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१९४२ मत प्राप्त गरेका थिए।[६]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "को हुन् सुहाङ नेम्वाङ ?", GorakhaPatra, अन्तिम पहुँच २०२४-०५-०१।
- ↑ "Suhang Nembang of CPN-UML emerges victorious in Ilam-2", अन्तिम पहुँच २०२४-०४-३०।
- ↑ Setopati, अक्षर काका ::, "राजनीतिमा फाल हाल्न एमालेको आधिकारिक साथ खोजिरहेका सुहाङ नेम्वाङ", Setopati (en-USमा), अन्तिम पहुँच २०२४-०५-०१।
- ↑ "को हुन् सुहाङ नेम्वाङ ?", GorakhaPatra, अन्तिम पहुँच २०२४-०५-०१।
- ↑ "‘लो-प्रोफाइल’का सुहाङ : एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-०५-०१।
- ↑ "इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी", GorakhaPatra, अन्तिम पहुँच २०२४-०५-०२।
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |