सन् २०१९ साफ महिला च्याम्पियनसिप

२०१९ साफ महिला च्याम्पियनसिप साफ महिला च्याम्पियनसिप को पाँचौ संस्करण हो। पाँचौं संस्करणको यस साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आयोजना नेपालको प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा वि.सं. २०७५ साल फागुन २८ गतेदेखि भएको थियो। यस प्रतियोगितामा सार्क राष्ट्रमा आवद्ध ६ देशहरूको सहभागिता रहेको थियो।[] चैत ८ गते सम्म चलेको च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन खेल विराटनगर स्थित सहिद रंगशालामा फाल्गुन २६ गते मंगलबार आयोजक नेपालभुटानबीच हुने भएको थियो । बि.सं २०७५ साल चैत्र ८ गते भएको फाइनल खेलमा भारतले आयोजक टिम नेपाललाई ३-१ गोलले हराएर साफ महिला च्याम्पियनसिप उपाधि जितेको थियो।[]

२०७५ साफ महिला च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक देश नेपाल
मिती२०७५ फागुन २८-२०७५ चैत ८
जम्मा टिम सङ्ख्या६ (सङ्घ संघहरूबाट)
मैदान१ (सहिद रङ्गशाला) , विराटनगर (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता भारत

यस च्याम्पियनसिपको तयारीका लागि विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश १ सरकारले ५० लाख रुपैयाँ बजेट छुट्याएका थिए।[] यसमा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति रहने छ।[] साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानलाई ३-० गोल अन्तरले हराएको थियो।[]

सहभागी टिमहरू

सम्पादन गर्नुहोस्

समूह ‘ए’ मा नेपाल, भुटान र बङ्गलादेश र समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् । प्रतियोगितामा पाकिस्तानले आन्तरिक समस्या देखाउँदै सहभागि जनाएको थिएन। []

राष्ट्र सहभागीता उत्कृष्ट प्रदर्शनी फिफा बरियता क्रम
डिसेम्बर २०१८
  भारत पाँचौं विजेता (२०१०,२०१२,२०१४,२०१६) ६२
  नेपाल (आयोजक) पाँचौं उप-विजेता (२०१०,२०१२,२०१४ १०८
  बङ्गलादेश पाँचौ उप-विजेता (२०१६) १२५
  माल्दिभ्स पाँचौ सेमिफाइनल (२०१४) १३२
  श्रीलङ्का पाँचौ सेमिफाइनल (२०१२,२०१४) n/a
  भुटान पाँचौ समुह चरण (२०१०,२०१२,२०१४,२०१६) n/a

यस साफ महिला च्याम्पियनसिप प्रतियोगिता अन्तर्गको सम्पूर्ण खेलहरू विराटनगर स्थित सहिद रंगशाला मा भएको थियो।[]

विराटनगर
सहिद रङ्गशाला
दर्शक क्षमता: १०,०००
 
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क कैफियत
1   नेपाल (H) +६ सेमिफाइनलमा छनोट
2   बङ्गलादेश −१
3   भुटान −५
अद्यावधिक खेलहरू(हरू) played on १६ मार्च २०१९. स्रोत: SAFF
(H) आयोजक
नेपाल   ३-०   भुटान
मञ्जलि कुमारी योञ्जन   १३'
सावित्रा भण्डारी   १६'
निरु थापा   ५४'
SAFF ANFA
दर्शक उपस्थिति: २,७९८
रेफ्री: मीजमनुर रहमान (बङ्गलादेश)

भुटान   ०-२   बङ्गलादेश
SAFF BFF मीस्रात जहान मुशुमी   ४७'
सबिना खातुज   ८५'
दर्शक उपस्थिति: २,३७९
रेफ्री: आशिष चोधरी (भारत)

बङ्गलादेश   ०-३   नेपाल
SAFF ANFA मसुरा पर्भीन्   ६' (आ. गो.)
सावित्रा भण्डारी   २३'
मञ्जलि कुमारी योञ्जन   २८'
दर्शक उपस्थिति: ४,६८७
रेफ्री: सञ्जय चकरवर्ती (भारत)
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क कैफियत
1   भारत ११ +११ सेमिफाइनल छनोट
2   श्रीलङ्का −३
3   माल्दिभ्स −८
अद्यावधिक खेलहरू(हरू) played on १७ मार्च २०१९. स्रोत: SAFF
भारत   ६-०   माल्दिभ्स
सञ्जु यादव   २७'८९'
दङ्ग्मेइ ग्रास   ८'
सुइटि देवी   १३'
इन्दुमती खत्रीएसान   २३'
रतनबाला   ४५+४'
SAFF AIFF
दर्शक उपस्थिति: १,८१३
रेफ्री: अस्मिता मानन्धर (नेपाल)

माल्दिभ्स   ०-२   श्रीलङ्का
SAFF ANFA चलानी कुमारी   ४०'५०'
दर्शक उपस्थिति: १,४६४
रेफ्री: दुलाल म्रीधा (बङ्गलादेश)

श्रीलङ्का   ०-५   भारत
SAFF AIFF ग्रासेन्   ४'
सन्धिया   ७'
इन्दुमती   ३६'
संगिता बास्फोरे   ४५'
रतनबाला देवी   ४७'
दर्शक उपस्थिति: १,६८४
रेफ्री: मीजनुर रहमान (बङ्गलादेश)

व्यक्तिगत सम्मानहरू

सम्पादन गर्नुहोस्
  1. "महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता, अहोरात्रको खटाईले आकर्षक बन्यो सहिद रंगशाला", पूवैर्ली न्युज, अन्तिम पहुँच २०१९-०३-११  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-०६ मिति
  2. "साफ च्याम्पियनसिप फाइनल : भारतले नेपाललाई ३-१ गोलले हरायो", अन्तिम पहुँच २०१९-०३-२२ 
  3. "महिला साफ च्यापियनसिप : रंगशालामा पानीका बोतल र सिक्का प्रतिबन्ध", अनलाइन खबर डट कम, अन्तिम पहुँच २०१९-०३-११ 
  4. "विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा(भिडियो रिपोर्टसहित)", नेपाल टाईम्स, अन्तिम पहुँच २०१९-०३-११ 
  5. "साफ महिला च्याम्पीयनिसपको पहिलो खेलमा नेपालसँग भुटान पराजित", आवर विराटनगर, अन्तिम पहुँच २०१९-०३-१२ 
  6. "पाँचौं साफ च्याम्पियनसिप : सबै टिम विराटनगरमा", कान्तिपुर दैनिक, अन्तिम पहुँच २०१९-०३-११ 
  7. "Biratnagar to host SAFF Women's C'ship", The Daily Star, १८ डिसेम्बर २०१८, अन्तिम पहुँच १० जनवरी २०१९ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्