सत्य नारायण मण्डल

नेपालको दोश्रो संविधान सभा सदस्य

सत्यनारायण मण्डल एक नेपाली राजनीतिज्ञ हुन।[१] उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को उम्मेदवारको रूपमा मधेश प्रदेशको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।[२] उनी मधेश प्रदेशको नेकपा एमालेको संसदीय दलको नेता निर्वाचित भएका थिए।

सत्य नारायण मण्डल
प्रदेश सभा भवन अगाडि मण्डल
युवा तथा खेलकुद मन्त्री
कार्यकाल
वि.सं. २०७२ कार्तिक २ – वि.सं. २०७३ साउन २०
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
पूर्वाधिकारीपुरूषोतम पौडेल
उतराधिकारीदलजित श्रीपाइली
मधेश प्रदेश सभा सदस्य
पद बहाली
वि.सं. २०७५ जेठ ९
पूर्वाधिकारीपद सिर्जना
निर्वाचन क्षेत्रसप्तरी १ (क)
व्यक्तिगत विवरण
जन्म (1951-07-30) ३० जुलाई १९५१ (उमेर ७२)
सप्तकोशी नगरपालिका, सप्तरी जिल्ला, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलस्वतन्त्र
अन्य राजनीतिक
संलग्नता
नेकपा (एमाले)
निवास(हरू)सप्तरी जिल्ला, नेपाल

राजनीतिक करियर सम्पादन गर्नुहोस्

सत्यनारायण मण्डल नेपालको सबैभन्दा पुरानो राजनीतिज्ञहरू मध्येका एक हुन्। उनी वि.सं. २०२८ सालमा राजनीतिक दलमा प्रवेश गरेका थिए। वि.सं. २०३६ सालमा नेकपाको सक्रिय सदस्य र वि.सं. २०४८ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए। धोबी समुदायबाट मन्त्री बन्ने उनी पहिलो व्यक्ति हुन्।[३]

खड्गप्रसाद ओलीको सरकारमा उनी वि.सं. २०७२ असोज २५ मा नेपालको गैरविभागीय मन्त्री बनाइएका थिए।[४] त्यसपछि उनलाई वि.सं. २०७२ कार्तिक २ नेपाल सरकारको खेलकुद तथा युवा मन्त्री बनाइएको थियो।

निर्वाचन इतिहास सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) सत्यनारायण मण्डल ११,३०२
राष्ट्रिय जनता पार्टी नेपाल राजकुमार लेखी ९,२५२
नेपाली कांग्रेस सुबोधकुमार पोखरेल ८,७०५
नयाँ शक्ति पार्टी नेपाल अशोक कुमार चौधरी १,६१८
अरू ८१६
अवैध मतहरू १,९६३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत : निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Mandal elected UML PP leader in Province 2 | Setopati - Nepal's Digital Newspaper", setopati.net (en-USमा), अन्तिम पहुँच २०१८-०३-२७ 
  2. पोखरेल, मनोहर (११ डिसेम्बर २०१७), "एमालेका प्रदेश प्रमुख मण्डल विजयी", annapurnapost.com, Annapurna News Network, अन्तिम पहुँच ४ मार्च २०२० 
  3. "राजधोव समुदायबाट पहिलो मन्त्री" 
  4. "1st Minister from Rajdhoves of Nepal"