सती प्रथा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो।

सती प्रथाको चित्रण।

उत्पत्ति तथा प्रयोगसम्पादन

सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन्। सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ "असल पत्नी" हुन्छ।

इतिहाससम्पादन

प्राचीन हिन्दू समाजमा व्याप्त यही क्रुर प्रथा अन्तर्गत जीवित जल्ने नारीलाई ‘सती’ र त्यस्तो प्रथालाई ‘सतीप्रथा’ भनिन्थ्यो। श्रीमानको मृत्यु वा हत्या भइसकेको र श्रीमानको शवसँग चितामा जीवित जल्नु–जलाइनुपूर्व निजले दिने श्राप नै सतीश्राप हो। समाजमा यस प्रकारको डरलाग्दो सतीप्रथा कहिलेदेखि चल्यो ? निश्चित भन्न सकिन्न। हिन्दूधर्मका अति प्राचीन ग्रन्थहरूमा सतीप्रथाको वर्णन पाइन्न र यदाकदा चर्चा पाइन्छ तर त्यसबेला सती जान बाध्यात्मक थिएन।

पुरुष अर्थात् पतिको मृत्युपछि मृतककी श्रीमतीलाई भाङ लगायतका बेहोस हुने जडीबुटीबाट बनेका पदार्थ खुवाइन्थ्यो। बेहोस् पारिएकी श्रीमतीलाई मृतक श्रीमान्को शव (लाश) सँगै चितामा सुताइन्थ्यो। मलामीहरू हातमा बलिया लाठा बोकेर तैनाथ रहन्थे। पण्डित अर्थात् पुरेतहरू धार्मिक विधि वाचन गर्न खडा रहन्थे। चितामा आगो बल्न थालेपछि जीवित रहेकी महिला भाङको नशाबाट ब्यूँझिएर कराउन थाल्थिन्। चिच्याउँदै सहयोगका लागि गुहार माग्थिन्। तर नारीको त्यो चिच्याहट र आक्रोस अरु मानिसले नसुनून् भन्नाका खातिर बाजाहरू बजाइन्थे। दमाहा, शंख र घण्ट ठूलो आवाजका साथ बजाइन्थे। सतीको चित्कार सुने पाप (श्राप) लाग्नेछ भन्ने मान्यता थियो। मृत श्रीमानसंग बाँधेको डोरी जब आगोले डढाएर टुटाउँछ तब नारी आगोको ज्वालाको ताप खप्न नसकेर छट्पटाउँदै हाम्फाल्ने असफल प्रयास गर्दथे। तर वरिपरि बलिया लाठाहरू बोकेर तैनाथ रहेका मलामीहरू पण्डितको आदेशसँगै नारीलाई चिताबाट उठ्न नसक्नेगरी ती लाठाले जोडले प्रहार गर्थे। ती असहाय महिलामाथि अनेकन् अपशब्द बोल्दथे। आगोको ज्वाला र लाठाको प्रहारबाट थिल्थिलो बनेकी नारीलाई क्रमशः आगोले भष्म पार्दै जान्थ्यो। जीवित र निर्दाेष नारीको शरीर सतीप्रथाका नाममा क्षणभरमा खरानीमा परिणत हुन्थ्यो। कतिपय स्थानमा ठूला काठका मुढाहरूमा फलामको साङ्लोले महिलालाई बाँधेर चिता बनाएर आगोमा जलाइन्थ्यो। ती नारीले जतिसुकै प्रयास गरे तापनि त्यो फलामको साङ्लो चुँडाएर उम्कने सम्भावना हुँदैन थियो। एकभन्दा बढी श्रीमतीहरू हुने सबैलाई जिउँदै जलाइन्थ्यो। यदि श्रीमानको मृत्यु हुँदा श्रीमती गर्भवती छ भने, बच्चा जन्मेपछि सती पठाउने भन्दै मृतक श्रीमानको कुनै कपडा राखेर, त्योसँग जीवितै जलाइन्थ्यो। श्रीमती घर बाहिर टाढा भए पनि त्यहीँ ल्याएर वा केही दिनपछि भए पनि सती पठाउने नाममा जीवितै जलाइन्थ्यो। सामन्त, शासक, राजा, महाराजाहरूका श्रीमतीका बाहेक निजी सेविका, कमारी, भित्रिया, यौनदासीहरू समेतलाई सती पठाउने नाममा जीवितै जलाइन्थ्यो। सती जानु अर्थात् मृतक श्रीमानसंग जीवितै चितामा जल्नुलाई सतीधर्म भन्दै पण्डित र पुरेतहरू यसको महिमा गाउने गर्दथे। भारतवर्षका गंगा, यमुना, जमुना लगायतका ठूला नदी किनारमा रहेका घाटहरूमा र नेपालका वाग्मती, कोशी, नारायणी, गण्डकी, कर्णाली, महाकाली लगायतका नदी किनारमा मृतक जलाइने र ती मृतकसँगै सती पठाउने नाममा नारीलाई जीवितै जलाउने गरिन्थ्यो। सती जलाएको देखेमा शुभ हुने अन्धविश्वासका कारण नारी चित्कार र छट्पटीको करुण दृश्य हेर्न घाटहरूमा मानिसको भीड लाग्ने गर्दथ्यो।


उन्मुलनसम्पादन

भारतनेपाल मा प्रचलित यो कुप्रथा लाई भारतमा या ले सन १८६१ मा कानुन द्वारा बन्देज गरेकि थिइन् | वि.सं. १९१० मा जङ्गबहादुर राणा ले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए। तर उनको मृत्यु हुँदा उनका ४२ रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन्। जङ्गबहादुर राणाले १६ वर्षभन्दा मुनीका बिधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए।


वि.सं. १९४४ असार १४ गते श्री ३ महाराज वीरशमशेर जबराले देशका विभिन्न स्थानमा तैनाथ गढी–गौँडाका हाकीमहरूलाई सती पठाउनपूर्व अनिवार्यतः स्वीकृति लिनैपर्ने, पठाइंदा नारीको स्वीकृति चाहिने, छोराछोरी हुर्केका हुनुपर्ने, गर्भवती हुन नहुने लगायतका कडा नियम तर्जुमा गरी कार्यान्वयन गर्न लिखित निर्देशन दिएका थिए ।

यद्यपि सती प्रथा अन्त्यको घोषणा २५ असार १९७७[१] सालमा चन्द्र शमशेरले गरेका थिए। यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "सती प्रथा अन्त्य भएको १०० वर्ष पूरा, 'बदलिएन सामाजिक सोच", हिमाल खबर, अन्तिम पहुँच १९ अक्टोबर २०२० 

बाह्य सूत्रसम्पादन