संशोधन मण्डल

नेपालको इतिहास र संस्कृतविद्याको खोजी गर्ने संस्था

संशोधन मण्डल विद्वान नयराज पन्तले स्थापना गरेको संस्था हो। इतिहासका त्रुटि र कमीकमजोरीलाई तर्कपूर्ण व्याख्यासहित सच्याउने कामका लागि यसको स्थापना वि.सं. २००९ साल असोज ५ गते भएको हो।

संशोधन मण्डल
गठन२० सेप्टेम्बर १९५२; ७२ वर्ष पहिले (१९५२-०९-20)
संस्थापकनयराज पन्त
प्रकारगैर सरकारी प्राज्ञ संस्था
प्रधान कार्यालयडल्लु आवास मार्ग, काठमाडौँ, नेपाल
निर्देशाङ्कहरू२७°४२′३१.२२″उ ८५°१७′४६.७६″पू / 27.7086722°N 85.2963222°E / 27.7086722; 85.2963222
उत्पादनहरूपूर्णिमा पत्रिका
आधिकारिक भाषा
नेपाल
पुरस्कार(हरू)जगदम्बाश्री पुरस्कार

संशोधन मण्डलले पूर्णिमा लगायत केही कृतिहरू पनि प्रकाशन गरेको छ।[] त्यसमध्ये इतिहास संशोधनको प्रमाण प्रमेय पहिलो भाग एक हो।

वि.सं. २००९ सालमा सुरु गर्दा मण्डलमा २१ जना विद्वान् थिए। पहिलोपल्ट यो मण्डलबाट इतिहासकार बालचन्द्र शर्माले वि.सं. २००८ सालमा छापेको नेपालको ऐतिहासिक रूपरेखामा भएका त्रुटिलाई उठाएको थियो। पछि इतिहास संशोधन, अभिलेख सङ्ग्रह, सावधान पत्र, व्याकरण संशोधन, पञ्चाङ्ग संशोधन लगायत पत्रिका/जर्नल प्रकाशित भए। वि.सं. २०२१ साल वैशाखदेखि 'पूर्णिमा' त्रैमासिक १ सय ३५ अङ्क प्रकाशित भए ।

नयराजको वि.सं. २०५९ कार्तकमा निधन भएपछि उनका दुई पुत्र दिनेशराजमहेशराज पन्तले यो अभियानलाई निरन्तरता दिएका छन्।

छ दशकभन्दा बढी समयदेखि नेपाली इतिहास र संस्कृतिका अतिरिक्त ज्योतिष, गणित, व्याकरण र साहित्यका फाँटमा गुरुकुलीय सङ्गठित र संस्थागत प्रयासबाट प्रामाणिक अनुसन्धान गरी तिनको प्रकाशन तथार प्रचारका लागि 'पूर्णिमा'को निरन्तर प्रकाशन गरेर नेपाली वाङ्मयको सेवा र श्रीवृद्धिमा निरन्तर रूपले उल्लेखनीय योगदान गरिरहे बापत् यो संस्थाले वि.सं. २०६८ सालको जगदम्बाश्री पुरस्कार पायो।[] नयराजको सुरू गरेर फेला पारेका संशोधनको आधार र मानकमा नयराजले लेखेको लिच्छविसंवतको निर्णयले वि.सं. २०४३ सालको मदन पुरस्कार पाइसकेको छ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Himalaya, DIgital, "Pūrṇimā", Digital Himalaya 
  2. "इतिहास खोतल्नेलाई जगदम्बाश्री", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-११-२६