इतिहासविद् महेशराज पन्त संशोधन मण्डल नामक नेपाली इतिहास अध्ययन गर्ने एक समूहका सदस्य र यसको इतिहास–प्रधान त्रैमासिक पत्रिका पूर्णिमाका एक सम्पादक हुन् । संशोधन मण्डल पाठशालाका विद्यार्थी महेशराजले पाठशालाकै अध्ययनका आधारमा जर्मनीको ह्यामबर्ग विश्वविद्यालयबाट विद्यावारिधी गरे । नेपाली, संस्कृत, अंग्रेजी र हिन्दीमा लेख्न–पढ्न सक्ने पन्त पढ्न चाहिँ यी भाषालगायत प्राकृत, नेवारी, जर्मन, फ्रेन्च, मराठी, बंगाली पनि सक्छन्। उनका दुई सयभन्दा बढी शोधलेख प्रकाशित छन्। जर्मनी र भारतबाट एकएक गरी नेपालबाट उनका छवटा पुस्तक प्रकाशित छन्।[१]

महेशराज पन्त
जन्मवि. सं. २००१ साल भाद्र ४
वटु सवल बहाल, काठमाडौँ
पेशाप्राध्यापन
इतिहासकार
उल्लेखनीय कार्य
इतिहास
संशोधन मण्डल
मातापितानयराज पन्त
आफन्तदिनेशराज पन्त

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

महेशराजको पुख्र्यौली थलो गोरखाको धुवाँकोट हो । तर, उनी वि. सं. २००१ साल भाद्र ४ मा वटु सवल बहाल, काठमाडौँमा जन्मिए । [२]उनी विद्वान् पिता प्राज्ञ नयराज पन्त र माता बुधकुमारी पन्तका सुपुत्रका रूपमा जन्मिएका थिए । बनारसमै पढेका उनका बाजे दरबार हाई स्कुलमा व्याकरणका अध्यापक थिए । महेश र दिनेशराज पन्त दाजुभाइले सम्पूर्ण शिक्षा पिताकै पाठशालामा लिए। महेशराजले १४ वर्षको उमेरमा बल्ल एबीसीडी चिनेका हुन्। उनका पिता नयराज पन्तले स्थापना गरेको गुरूकुलमा उनले सानैदेखि नेपालको इतिहासबारे पढ्ने अवसर पाए। ख्यातिप्राप्त संशोधन मण्डलका महत्त्वपूर्ण सदस्य उनले चाँडै नै नेपाली इतिहासका विभिन्न पक्षमा कलम चलाउन थाले। नेपालको इतिहासबारे अथाह जानकारी र सामग्रीमाझ हुर्किएका पन्तले चाँडै नै नेपाली इतिहासकारका रूपमा आफ्नो विशिष्ट पहिचान बनाए।[३]

२२ वर्षको हुँदा अमेरिकी सांस्कृतिक केन्द्रको इङ्लिस ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ती भए। पछि उनले अमेरिकी सांस्कृतिक केन्द्रको पत्रिकाका लागि अनुवादक भएर काम गरे । संस्कृत र अङ्ग्रेजीमा उत्तिकै अब्बल महेशराजका आधा दर्जन पुस्तक अंग्रेजी भाषामै छन् । उनले सन् १९७६ मा नेपाल–जर्मन मनुस्क्रिप्ट प्रिजर्भेसन प्रोजेक्टमा काम थालेका थिए । नेपालमा भएका हस्तलिखित पुस्तकहरूको माइक्रोफिल्म बनाउने परियोजना थियो । अरू अह्राएको मात्र गर्थे, महेश आफ्नै ढङ्गले पनि काम गर्थे । जर्मन नजर उनमा परिहाल्यो । यस अर्थमा महेशराज जर्मनकै आविष्कार हुन् ।

जीवनका २३ वर्ष युरोपमा बिताए महेशले । २० वर्ष जर्मनी बसे, तीन वर्ष फ्रान्समा । जर्मनीका विभिन्न विश्वविद्यालयमा ‘साइन्टिफिक कोलाबोरेटर’ थिए भने फ्रान्सको द फ्रेन्च नेसनल सेन्टर फर साइन्टिफिक रिसर्च (सीएनआरएस) मा डाइरेक्टर अफ रिसर्च । त्यसले उनलाई पर्याप्त एक्सपोजर दियो । जर्मनीमा उनले दुइटा काम गरे, पढाउने र लेख्ने । संस्कृत पढाए, कौटल्यको अर्थशास्त्र पनि । फ्रान्समा बसेर नेपालका ऐतिहासिककालदेखि वि. सं. १९९० सालअघिसम्मका भुइँचालोबारे अध्ययन गरे । पुराना अभिलेखका आधारमा कुन मितिमा कस्तो भुइँचालो गएको थियो भन्ने पत्ता लगाए । [४][५]

उनका ज्योतिष विषयक कृतिहरू पनि दर्जन हाराहारीमै प्रकाशित छन् । उनी इतिहास र ज्योतिष मात्र नभई संस्कृत वाड्मयका पनि विशिष्ट विद्वान् थिए ।

सम्मान सम्पादन गर्नुहोस्

कृतिहरू सम्पादन गर्नुहोस्

  • जातरूपज कमेन्ट्री अन द अमर कोश,
  • अन संस्कृत एजुकेसन,
  • नेपाल संवतको राष्ट्रिय मान्यताको अनौचित्य,
  • नयराज पन्तलाई चिनाउनको लागि,
  • नयराज पन्तको दृष्टिमा श्री ३ जङ्गबहादुर राणा,
  • को हुन् त नयराज पन्त ?
  • नयराज पन्तको दृष्टिमा श्री ५ पृथ्वीनारायण शाह,
  • जनैपूर्णिमादेखि रानीपोखरीसम्म,
  • इनेप्त पिसिमिन?
  • ह्वाट इज अंशुवर्मन राइट ?
  • रिटेरिक अर ग्रामरजस्ता मौलिक ग्रन्थ हुन् ।
  • उनका यी कृतिहरू सम्बन्धित क्षेत्रका आधिकारिक कृति मानिन्छन् । उनका पछिल्ला तीनवटा कृति त पिताजी नयराज पन्तकै जीवन र कर्ममा आधारित छन् । पन्तले केही काम संयुक्त रूपमा पनि गरेका छन् । द टु अर्लिएस्ट कपर प्लेट इन्सक्रिप्सन फ्रम नेपाल, एडमिनेस्टेटिभ डकुमेन्ट्स अफ द शाह डाइनेस्टी अनसरमिङ मुस्ताङ एन्ड इट्स पेरिफेरी पन्तको सहलेखनमा तयार भएका कृतिहरू हुन् । यी कृतिहरूका सहलेखक क्रमशः ऐश्वर्यराज शर्मा र फिलिप पियर्स हुन् ।

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "यो भ्रम नै भ्रमको देश हो : महेशराज पन्त", नागरिक, अन्तिम पहुँच आइतबार, २९ साउन २०७४ 
  2. गुगलमा नभेटिने ऋषितुल्य इतिहासकार : महेशराज पन्त
  3. दुई इतिहासकारको चार दशक लामो झगडा
  4. "आफ्नै छायाका आलोचक", कान्तिपुर राष्ट्रिय दैनिक, अन्तिम पहुँच पुस ८, २०७४ 
  5. "इतिहास : १३३ वर्षअघिको वर्खान्त", कान्तिपुर राष्ट्रिय दैनिक, अन्तिम पहुँच वैशाख १९, २०७५