इतिहासविद दिनेशराज पन्त संशोधन मण्डल नामक नेपाली इतिहास अध्ययन गर्ने एक समूहका सदस्य र यसको इतिहास–प्रधान त्रैमासिक पत्रिका पूर्णिमाका एक सम्पादक हुन् ।

दिनेशराज पन्त
जन्मवि.सं. २००६ कार्तिक ३
वटु सवल बहाल, काठमाडौँ
पेशाप्राध्यापन
इतिहासकार
उल्लेखनीय कार्य
इतिहास
संशोधन मण्डल
जीवनसाथीमाला पन्त
सन्तानमनस्वी पन्त
यशस्वी पन्त
तेजस्वी पन्त
मातापितानयराज पन्त
बुधकुमारी पन्त
आफन्तमहेशराज पन्त
दाजु

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

पन्तले आफू ५ वर्षको छँदा नै मातृवियोग सहन बाध्य भए । तर पनि विद्वत् परिवारमा जन्मेका कारणले धेरै कष्टसाध्य जीवन गुजारेर पनि सफल इतिहासकार बनी छाडे ।

कृतिहरू[१] सम्पादन गर्नुहोस्

  • नेपालको इतिहासका केही पाना,
  • लिच्छविकालमा चलेका संवत्,
  • गोरखाको इतिहास,
  • बुद्धदेखि पहलमानसम्म,
  • इतिहासका कुरा (भाग १ देखि ४ सम्म १३०० पृष्ठको)
  • श्री ५ पृथ्वीनारायण शाहको विषयमा केही कुरा,
  • श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश,
  • धादिङमा फेला परेको नेपाली कविता,
  • श्री ५ त्रिभुवनको राज्यारोहण, संक्षिप्त वंशावली आदि गहन अनुसन्धात्मक इतिहासका खोज–ग्रन्थहरु प्रकाशित गराएका छन् ।

त्यस्तै यिनले अरु मित्रहरूको सहयोगमा श्री ५ पृथ्वीनारायण शाहको उपदेश, वृत्तशतक (मूहुर्त ग्रन्थ), सुमतितन्त्र (प्रथम भाग), कालचक्रको ज्योतिष भाग र त्यसको विवेचना (प्रथम भाग), संस्कृत विद्वत्सम्मेलन संस्मरण ग्रन्थ (प्रथम भाग), नेपाली लिपिको समीक्षात्मक अध्ययन (अंग्रेजी), नेपालको इतिहासका विविध पक्ष आदि महत्त्वपूर्ण ग्रन्थहरु प्रकाशित गरेका छन् । साथै ४ सय जति फुटकर इतिहासका लेखरचना सार्वजनिक गरेका छन् ।[२]

नेपाल प्रज्ञा–प्रतिष्ठान :प्रमुख, सामाजिक शास्त्र विभाग सम्पादन गर्नुहोस्

नेपाल प्रज्ञा–प्रतिष्ठानको मिति २०७५ पौष २४ गते बसेको प्राज्ञ परिषद्को तेस्रो बैठकद्वारा प्रज्ञा–प्रतिष्ठान अन्तर्गत दिनेशराज पन्त सामाजिक शास्त्र विभाग प्रमुख बने ।


सामाजिक शास्त्र विभाग

प्रा. दिनेशराज पन्त प्रमुख
प्रा.डा.त्रिरत्ननारायण मानन्धर सदस्य
प्रा.डा. मदनकुमार दाहाल सदस्य
प्रा.डा. प्रेमकुमार खत्री सदस्य
श्री हिरण्यलाल श्रेष्ठ सदस्य
श्री तुलसीप्रसाद उप्रेती आमन्त्रित सदस्य
श्री मोदनाथ प्रश्रित सल्लाहकार

सम्मान सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. Monographs
  2. "व्यक्तिवृत्त: इतिहासका विम्ब दिनेशराज पन्त", newsofnepal, अन्तिम पहुँच ३० असार २०७५, शनिबार