श्रवण कुमार हिन्दू धर्मको धार्मिक ग्रन्थ रामायणमा उल्लेखित एक पात्र हुन् । श्रवणकुमारलाई माता पिताका अतुलनीय भक्तका रूपमा मानिएको छ । अयोध्याका राजा दशरथका हातबाट भूलवश श्रवणकुमारको मृत्यु भएको थियो । श्रवण कुमारको मृत्यु भएको ठाउँ नेपालको स्याङ्जा जिल्लामा पर्ने आँधिखोलाको मुहान हो भन्ने वर्णन गरिएको छ । श्रवणकुमारको मृत्यु भएको ठाउँमा श्रवणकुमार समाधि क्षेत्र नामक मन्दिर बनाइएको छ । श्रवण कुमारका आमा बुवा दुवै आँखा देख्न न सक्ने अन्धा भएकाले उनले खर्पनमा राखेर आफ्ना आमा बुवालाई तिर्थस्थानहरूको भ्रमण गराउन लगेका थिए । यसै क्रममा एक दिन दोपहरको बेला आमाबुवाले प्यास लाग्यो भनेकाले श्रवण कुमार आमा बाबुलाई एक ठाउँम बसालेर कमण्डलु बोकेर पानी भर्न गए । त्यसै वनमा राजा दशरथ पनि सिकार गर्दै थिए । श्रवण कुमारले कुवामा कमण्डलु डुबाएर पानी भर्ने बेलाको आवाज सुनेर राजा दशरथले जंगली जनावरले पानी खाएको आवाज हो भन्ने ठानेर आफ्नो शब्दभेदी बाण चलाउँदा श्रवणकुमारलाई लागेकोले श्रवणको मृत्यु भएको थियो । आफ्नो छोराको मृत्यु भएको थाह पाएर अन्धा अन्धीले राजा दशरथलाई पुत्र वियोगमा मृत्यु हुने श्राप दिएका थिए । त्यही श्रापका कारण राम वनवास जाँदा रामको वियोगमा दशरथको मृत्यु भएको थियो ।[१]

राजा दशरथ र श्रवण

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. बाल्मिकी रामायण