श्रवणकुमार समाधि क्षेत्र

स्याङ्जा जिल्लाको पञ्चासेमा पर्ने धार्मिक तथा ऐतिहासिक स्थल

श्रवणकुमार समाधी क्षेत्र स्याङ्जा जिल्लाको बीचमा रहेको पञ्चासेमा पर्दछ। श्रवणकुमारले आफ्ना मातापितालाई जल लिन जाँदा छोडेर गएको ओडार भएको स्थानलाई आँधिखोलाको मुहान तथा स्याङ्जा जिल्लाको प्रसिद्ध नदी आँधिखोलाको उद्गम स्थल भनेर चिनिन्छ । साथै यहाँ श्रवणकुमारको घोप्टो परेर वाण लागेको अवस्थाको शिला पनि पाइन्छ । यस स्थानमा वालाचतुर्दशीका दिन ठूलो मेला लाग्ने गर्दछ । उक्त स्थानमा मन्दिरसमेत निर्माण गरेको पाइन्छ । आँधिखोला, अन्धाअन्धी दह, पञ्चासे र श्रवणकुमार समाधि क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक स्थलका रूपमा संरक्षण गरी पर्यटकीय स्थलको रूपमा विकास गर्नुपर्ने देखिन्छ ।[१][२]

श्रवणकुमार समाधि क्षेत्र
श्रवणकुमार समाधि क्षेत्रमा एक ऋषि तपस्या गर्दै
प्राथमिक विवरण
स्थान:पञ्चासे
सम्बन्धनहिन्दुत्व
देशनेपाल
वास्तुकला विवरण
वास्तुकला प्रकारमन्दिर
निर्मातास्थानीय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र", जिल्ला प्रशासन कार्यालय, स्याङ्गजा [dead link]
  2. "श्रवणकुमार", मझेरी डट कम, २०७२ भाद्र २८, अन्तिम पहुँच २०७२ भाद्र २८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्