पर्शुराम थापा भादगाउँ (भक्तपुर) राज्यका सेनापति तथा मन्त्री थिए । उनी राजा रणजीत मल्लका निकट भारदार थिए । उनी कान्तिपुर राज्य का सेनापति काशीराम थापा का भाइ थिए [१] जो पलाञ्चोकका बगाले थापाहरूका सरदार पनि थिए ।[२] काशीराम थापालाई राजा जयप्रकाश मल्लले छलपूर्वक मृत्युदण्ड दिए । त्यसपछि पर्शुराम ले कान्तिपुर राज्य को शत्रु भै कार्य गरे । कान्तिपुर प्रतिको वैमनस्यता देखेर राजा पृथ्वीनारायण शाह ले भारदार भड्काउने नीति लगाएँ र पर्शुराम लाई गोरखालीसँग मिल्न बोलाए । पर्शुराम ले भादगाउँ प्रतिको निष्ठा त्यागेनन् ।

स्रोत सम्पादन गर्नुहोस्

  1. Shaha 1990, पृष्ठ 27.
  2. Regmi 1978, पृष्ठ 28.