वेलकम टु न्यु योर्क (२०१८ चलचित्र)
वेलकम टु न्यु योर्क (अङ्ग्रेजी: Welcome to New York) वासु भगनानी र ज्याकी भगनानीद्वारा निर्मित तथा चकरी तोलतीद्वारा निर्देशित २३ फेब्रुअरी २०१८ मा निकालिएको हिन्दी हास्य चलचित्र हो । यसमा रितेश देशमुख, सोनाक्षी सिन्हा, करण जोहर, दिलजीत दोसांझ, लारा दत्ता र बोमन इरानी प्रमुख भूमिकामा देखिन्छन् ।[२]
वेलकम टु न्यु योर्क | |
---|---|
निर्देशक | चकरी तोलती |
लेखक | धीरज रतन |
निर्माता |
|
मुख्य कलाकार | |
छायाङ्कन |
|
सम्पादन | रितेश सोनी |
सङ्गीत |
|
वितरक कम्पनी | विज फिल्म्स |
वितरक | पूजा इन्टरटेनमेन्ट |
प्रदर्शन मिति |
|
अवधि | ११७ मिनेट |
देश | भारत |
भाषा | हिन्दी |
बक्स अफिस | ₹१२.५६ करोड[१] |
परिवेश
सम्पादन गर्नुहोस्चलचित्र अभिनेता बन्ने सपना देख्ने लापरवाह रिकभरी एजेन्ट तेजी (दिलजीत दोसांझ) र फेसन डिजाइनर जीनल पटेल (सोनाक्षी सिन्हा) न्यूयोर्कमा आयोजित ठूलो बलिउड कार्यक्रममा भाग लिन्छन् ।कार्यक्रमको अन्तरालमा करण जोहरको अपहरण हुन्छ तर उनी करण नभई अर्जुन भएको खुलासा हुन्छ ।[३]
कलाकार
सम्पादन गर्नुहोस्- रितेश देशमुख आफ्नै रूपमा ।
- करण जोहर आफ्नो र अर्जुनको रूपमा ।
- दिलजीत दोसांझ तेजीको रूपमा ।
- सोनाक्षी सिन्हा जीनल पटेलको रूपमा ।
- राणा दग्गुबाती राणा दग्गुबातीको रूपमा ।
- लारा दत्ता सोफियाको रूपमा ।
- बोमन इरानी मिस्टर ग्यारीको रूपमा ।
- सुशान्त सिंह राजपूत सुशान्तको रूपमा ।
- आदित्य रोय कपूर आदित्यको रूपमा ।
- राजेन्द्र शास्त्री जीनल पटेलको हजुरबुबाको रूपमा ।
- स्यामी जोन हिनी जोनाथनको रूपमा ।
क्यामियो
सम्पादन गर्नुहोस्सङ्गीत
सम्पादन गर्नुहोस्वेलकम टु न्यु योर्क | ||||
---|---|---|---|---|
साजिद-वाजिद, मीत ब्रदर्स र समीर टन्डन को साउन्डट्र्याक एल्बम | ||||
जारी | १६ फेब्रुअरी २०१८[४] | |||
शैली | चलचित्र साउन्डट्र्याक एल्बम | |||
लम्बाइ | १७:१५ | |||
भाषा | हिन्दी | |||
लेबल | सोनी म्यूजिक इन्डिया | |||
साजिद-वाजिद कालक्रम | ||||
| ||||
मीत ब्रदर्स कालक्रम | ||||
|
चलचित्रको गीत साजिद-वाजिद, मीत ब्रदर्स र समीर टन्डन मिलेर रचना गरेका थिए भने गीतका लिरिक्स कौसर मुनिर, कुमार, चरन्जीत चरण, साजिद खान र डेनिश सब्री मिलेर लेखेका थिए ।
ट्र्याक सूची | |||||
---|---|---|---|---|---|
क्र.सं. | शीर्षक | शब्द | सङ्गीत | गायक | लम्बाइ |
१. | "इश्तेहार" | चरन्जीत चरण | समीर टन्डन | राहत फतेह अली खान, ध्वनि भानुशाली | ४:१८ |
२. | "नैन फिसल गए" | कौसर मुनिर | साजिद-वाजिद | पायल देव | ३:३९ |
३. | "प्यान्ट में गन" | साजिद खान र डेनिश सब्री | साजिद-वाजिद | दिलजीत दोसांझ, साजिद-वाजिद | ३:१३ |
४. | "मेहर है रब दी" | कुमार | मीत ब्रदर्स | मिका सिंह, खुस्बु गरेवाल | ३:०७ |
५. | "स्माइली सङ" | कुमार | समीर टन्डन | बोमन इरानी, ध्वनि भानुशाली | २:५८ |
कुल लम्बाइ: | १७:१५ |
आलोचनात्मक प्रतिक्रिया
सम्पादन गर्नुहोस्न्यूज १८ का राजीव मसंदलेले यस चलचित्रको नकारात्मक प्रतिक्रिया दिँदै यसलाई ५ मा १ अङ्क दिए ।[५] हिन्दुस्तान टाइम्सका रोहित वत्सले यस चलचित्रलाई अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडमी पुरस्कारको विस्तारित ट्रेलर भनी ५ मा ०.५ अङ्क दिए ।[६] द इन्डियन एक्सप्रेसकी शुभ्रा गुप्ताले यस चलचित्रको आलोचना गर्दै ५ मा १ अङ्क दिइन् ।[७]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "वेलकम टु न्यु योर्क: अहिलेसम्मको बक्स अफिस सङ्ग्रह", बलिउड हङ्गामा, अन्तिम पहुँच २० मार्च २०१८।
- ↑ "दिलजीत दोसांझ र सोनाक्षी सिन्हा करण जोहरलाई उनको दोस्रो अभिनय अभियान, वेलकम टु न्यु योर्कमा सामेल हुन्छन् ।", हिन्दुस्तान टाइम्स (अङ्ग्रेजीमा), १८ जनवरी २०१८, अन्तिम पहुँच १८ जनवरी २०१८।[स्थायी मृत कडी]
- ↑ "वेलकम टु न्यु योर्कको ट्रेलर एक हास्य दङ्गा हो र करण जोहर र रितेश देशमुख हाम्रा पसंदीदा हुन्", द इन्डियन एक्सप्रेस (अङ्ग्रेजीमा), २२ जनवरी २०१८, अन्तिम पहुँच २२ जनवरी २०१८।[स्थायी मृत कडी]
- ↑ "वेलकम टु न्यु योर्क साउन्डट्र्याक एल्बम", आइट्यून्स।
- ↑ "बलिउडको पागलपन ।", राजीव मसंद। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-१२ मिति
- ↑ "वेलकम टु न्यु योर्क चलचित्रको समीक्षा ।", हिन्दुस्तान टाइम्स।
- ↑ "वेलकम टु न्यु योर्क: बलिउडलाई दयनीय सलामी ।", द इन्डियन एक्सप्रेस।