नेहा धूपिया
नेहा धूपिया भारतीय चलचित्र उद्योग (बलिवुड)की एक अभिनेत्री हुन् । उनले थुप्रै बलिवुड चलचित्रमा काम गरेकी छिन् । उनी सन् २००२ को फेमिना मिस इन्डियाकी बिजेता पनि हुन् ।
नेहा धूपिया | |
---|---|
जन्म | सन् १९८० अगस्त २७ कोची, केरल, भारत[१] |
मातृ शिक्षाप्रतिष्ठान | जेसस तथा मेरी कलेज, नयाँ दिल्ली, भारत |
पेशा | अभिनेत्री, मोडेल |
कार्यकाल | सन् २०००- हाल सम्म |
उचाइ | १.६८ मी (५ फिट ६ इन्च) [२] |
उपाधि | फेमिना मिस इन्डिया युनिभर्स |
सन्तान | २ |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
प्रमुख प्रतिस्पर्धा (हरू) | फेमिना मिस इन्डिया २००२ (बिजेता) मिस युनिभर्स २००२ (उत्कृष्ट १० फाइनालिस्ट) |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्धूपियाको जन्म एउटा पञ्जाबी सिख परिवारमा भारतको केरल राज्यको कोचीमा भएको थियो ।[१][३] उनको बुबा कमाण्डर प्रदीप सिंह धूपिया भारतीय नौसेनामा थिए र आमा एउटा गृहिणीको रूपमा थिइन् । उनले आफ्नो सुरुवाती पढाइ नभल पब्लिक स्कुलमा गरिन् त्यसपछि उनी नयाँ दिल्लीको सेना सार्वजनिक स्कूलमा अगाडिको पढाइ गरिन् ।[४] उनले स्नातकको पढाई दिल्ली विश्वविद्यालयबाट आबद्ध रहेको जेसस तथा मेरी कलेजबाट इतिहास विषय राखेर गरिन् ।[५]
चलचित्र करियर
सम्पादन गर्नुहोस्घूपियाले आफ्नो अभिनय करियरको सुरुवार सन् २००३ मा बलिवुड चलचित्र कयामत (२००३)बाट गरिन् । त्यो चलचित्रले बक्स अफिसमा औषत कारोबार गरेको थियो ।
प्रमुख चलचित्र
सम्पादन गर्नुहोस्वर्ष | फिल्म | चरित्र | टिप्पणी |
---|---|---|---|
२०१२ | रश | लिजा कपूर | |
२००७ | देल्ही हाइट्स | सुहाना | |
२००७ | नेहले पे देहला | नर्तकी / गायिका | |
२००७ | शूट आउट एट लोखंडवाला | ||
२००७ | दस कहानियाँ | ||
२००७ | हे बेबी | अतिथि भूमिका (गीत) | |
२००६ | चुप चुप के | मीनाक्षी | |
२००६ | तीसरी आँख | सपना | |
२००६ | फाइट क्लब | ||
२००५ | क्या कूल हैं हम | डाक्टर रेखा | |
२००५ | गरम मसाला | मैगी (विशेष भूमिका) | |
२००४ | रक्त | ||
२००३ | मिस इण्डिया: द मिस्टरी | ||
२००३ | कयामत | सपना |
नामांकन र पुरस्कार
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Touchdown #kochi #kerela ... ( also my place of birth! )", अन्तिम पहुँच १२/०४/२०१३।
- ↑ "Neha Dhupia Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrities Measurement, अन्तिम पहुँच २०१५-११-०१।
- ↑ An Exclusive Interview With Neha Dhupia वेब्याक मेसिन अभिलेखिकरण २००४-१२-१० मिति
- ↑ Neha Dhupia Biography वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-३० मिति
- ↑ Neha Dhupia Biography – Imdb
यी पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्बाह्य लिंक
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा नेहा धूपिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।