घँगारु एक पहाडमा पाईने जंगली फल हो। यसको वोटमा काँडाहरू हुन्छन्। यसको लौरो बनाउने काममा पनि प्रयोगमा लिइन्छ। नेपालका अधिकांश प्रहरीहरूले पनि यसैको लौरो प्रयोग गरेको देखिन्छ। घँगारुको फल रातो मुँगा जस्तो रंगको हुन्छ। यसको फल गोलो आकारको हुन्छ। यो साउन भदौ अधिकतर पाकेको पाइन्छ। कुनै कुनै ठाउँमा त घँगारु मंसिर पुष सम्म पनि पाइन्छ। तर धेरै खायो भने यसले असन्चो पनि गराउँछ। पश्चिम नेपाल तिर "आरु र घँगारु कालको भाई, साउनको पाप्रो रैबार लगाई" भन्ने उखान नै रहेको छ।

घँगारु
घँगारु
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
P. crenulata
वैज्ञानिक नाम
Pyracantha crenulata
(D.Don) M.Roem.
पर्याय [१]
सजावटमा प्रयोग गरिएको घँगारु
घँगारुको फल
दैलेखमा खिचेको घँगारुको चित्र

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Taxon: Pyracantha crenulata (D. Don) M. Roem.", Germplasm Resources Information Network (GRIN), United States Department of Agriculture, Agricultural Research Service, Beltsville Area, अन्तिम पहुँच २०१०-१२-२२