वित्तीय विवरणहरू
वित्तीय विवरणहरू (वित्तीय प्रतिवेदन) भन्नाले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको चित्रण गर्ने आधिकारिक विवरणहरूलाई जनाउँदछ । नेपालको सन्दर्भमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले लागु गरेको नेपाल लेखामान अनुसार वित्तीय विवरणमा निम्नानुसारको पाँचबटा विवरणहरु पर्दछन् ।[१]
- बासलात: यस विवरणले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछ । यसमा संस्थाको सम्पत्ति, दायित्व तथा शेयरधनीहरूको पूँजीको विवरण उल्लेख हुन्छ ।
- नाफा नोक्सान हिसाब: यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ । नाफा नोक्सान हिसाबलाई सामान्यतया आय विवरण पनि भन्ने गरिन्छ ।
- नगद प्रवाह विवरण: यस विवरणले संस्थाको वर्ष भरीमा विभिन्न श्रोतबाट भएको नगद प्राप्त तथा भुक्तानीको जानकारी चित्रण गरिएको हुन्छ ।
- इक्विटीमा भएको परिवर्तनको विवरण: यस विवरणले संस्थाको वर्ष भरीमा शेयरधनीहरूको संस्थामा रहेको वित्तीय स्वार्थमा भएको परीवर्तनको जानकारी चित्रण गरिएको हुन्छ ।
- महत्त्वपूर्ण लेखा नीतिहरु तथा प्रमुख लेखा सम्बन्धी टिप्पणीहरु: यस विवरणमा संस्थाले वित्तीय विवरण तयार गर्दा अपनाएको लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु उल्लेख गरिएको हुन्छ ।
वित्तीय विवरणहरूको उद्देश्यहरू सम्पादन
वित्तीय विवरणहरूको उद्देश्य भनेको प्रयोगकर्तालाई आर्थिक निर्णय गर्नको लागि संस्थाको वित्तीय अवस्था, वित्तीय कार्य दक्षता तथा वित्तीय अवस्थामा भएको परिवर्तन जस्ता आवश्यक जानकारी उपलब्ध गराउनु हो । [२]