विकिपिडिया:विकी विमिन एडिटाथन २०१८
विकी विमिन एडिटाथन २०१८ | |
---|---|
शैली | एडिटाथन |
आरम्भ | मार्च ८, २०१८ |
समाप्ति | अप्रिल ८, २०१८ |
उद्घाटन | २०१५ (महिला सम्पादनथन) |
हालैको | विकी विमिन एडिटाथन २०१७ |
सहभागीहरू | विश्वभरका विभिन्न भाषीहरू |
संरक्षक(हरू) | सरोज कुमार ढकाल निर्मल दुलाल नविन सापकोटा |
आयोजनकर्ता | नेपाली विकिपिडियन |
विकी विमिन एडिटाथन २०१८ विकिपिडिया र विकिपिडियाका भातृ परियोजनामा समर्पित सम्पूर्ण नेपाली भाषी योगदानकर्ताहरुले स्वतन्त्रता पूर्वक सहभागिता जनाउन सक्ने विकिमिडिया समुदाय नेपालद्वारा आयोजीत नारी सम्मानमा समर्पित तेस्रो प्रतियोगीता हो । यस अघि पनि नारी दिवसको अवसर पारेर विकिमिडिया समुदाय नेपालले यस कार्यक्रम आयोजना गरेको थियो ।
संयोजन समूह
सम्पादन गर्नुहोस्उद्देश्य
सम्पादन गर्नुहोस्- नेपाली विकिपिडियामा महिला सहभागिता बढाउनु,
- नेपाली विकिपिडियामा महिला सम्बन्धि लेखहरू वृद्धि गर्नु,
- नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु,
- नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु,
- विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास गराउनु,
- ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु ।
कसरी सहभागी हुने
सम्पादन गर्नुहोस्- सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस्
सर्वप्रथम नेपाली विकिपिडियामा गएर आफ्नो खाता खोल्नुहोस वा पहिला नै खाता खोलिसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस । विकिपिडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस् ।
नेपाली युनिकोड स्थापना
सम्पादन गर्नुहोस्विकिपिडियामा लेखहरू युनिकोडमा लेखिनु आवश्यक छ । यदी तपाईं आफ्नो कम्प्युटरमा युनिकोड स्थापना (इन्स्टल) गर्न चाहनुहुन्छ भने तल दिइएका लिङ्कहरूबाट युनिकोड सफ्ट्वेरहरू प्राप्त गर्न सक्नुहुनेछ । तर आफ्नो इच्छा अनुसार अन्य वेबसाइट प्रयोग गरी युनिकोडमा परिवर्तन गर्न र लेख्न पनि सक्नुहुनेछ ।
लिनक्स मेसिनहरूमा :
सम्पादन गर्नुहोस्SCIM या iBUS स्थापना गरेर नेपाली फन्टहरूको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरूपनि स्थापना गर्नुहोस् ।
विन्डोज मेसिनहरूमा:
सम्पादन गर्नुहोस्मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । नेपाली युनिकोडको स्थापना गर्न थप जानकारी यहाँ पनि रहेको छ । याद राख्नुहोस विकिपिडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।
कुन लेखहरू बनाउने वा सुधार गर्ने?
सम्पादन गर्नुहोस्विकी ओमेन एडिटाथनमा के गरिन्छ?
सम्पादन गर्नुहोस्- धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
- लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
- लेखहरूलाई स्तरीकरण गरिन्छ।
- तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।
योगदानको खाका
सम्पादन गर्नुहोस्- मार्च ८, २०१८ - अप्रिल ८, २०१८ सम्म सबै महिला तथा पुरुष योगदानकर्ताले आ-आफ्नो ठाउँबाट विकिपिडियाका विभिन्न लेखहरूमा योगदान गर्ने । (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सामग्रीहरू थप गर्ने वा परिमार्जन गर्ने।)
- प्रतियोगिता अवधि भर (मार्च ८, २०१८ - अप्रिल ८, २०१८)मा सबैभन्दा धेरै लेखहरू निर्माण तथा सम्पादन गर्ने योगदानकर्ताहरू पुरस्कृत हुनेछन् ।
- लेख निर्माण गर्दा लेखमा इन्फोबक्स, स्रोत सामग्री र बाह्य लिङ्क राख्नुका साथै लेखमा कम्तीमा ८० शब्द हुनु अनिवार्य छ । अझ बढी जानकारीको लागि नयाँ पृष्ठ कसरी आरम्भ गर्ने हेर्नुहोला ।
- कुनै लेख सम्पादन गर्दा प्रतिसम्पादनमा ८० शब्द राख्नु पर्नेछ ।
- यस प्रतियोगिता अन्तर्गत बनाइएका वा सुधार गरिएका लेखहरू यस प्रतियोगिताका तदर्थ समितिका सदस्यले जाँच गरी तथ्याङ्कमा जोड्नेछ ।
- विकिपिडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ ।
पुरस्कार
सम्पादन गर्नुहोस्- यस कार्यक्रममा भाग लिइ योगदान दिने उत्कृष्ट तीन योगदानकर्ताहरू प्रथम, द्वितीय र तृतीयलाई क्रमश आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
- यस कार्यक्रममा सहभागी सबै योगदानकर्ताहरूलाई कदर-पत्र प्रदान गरिनेछ ।
विजेताहरू
सम्पादन गर्नुहोस्स्थान | सहभागीको नाम | निर्माण गरेको पृष्ठ | थपेको शब्दहरू |
---|---|---|---|
Srijana Shrestha | 19 | 26635 | |
Navina Dulal Puri | 8 | 15329 | |
Mr.Prks | 3 | 13294 |