विकिपिडिया:महिला सम्पादनथन २०१५
महिला सम्पादनथन २०१५ | |
---|---|
![]() नारी दिवस | |
आरम्भ | २०७१ फाल्गुन २४ |
समाप्ति | २०७१ फाल्गुन २५ |
उद्घाटन | २०७१ |
सहभागीहरू | विश्वभरका नेपाली भाषीहरू |
आयोजक | नेपाली विकिपिडियन |
संरक्षक | सरोज कुमार ढकाल नविन सापकोटा निर्मल दुलाल |
संयोजक(हरू) | बिप्लब आनन्द |
पहिलो महिला सम्पादनथन कार्यक्रमसम्पादन
२०७१ सालको यस नारी दिवसको अवसर पारेर विकिमिडिया समुदाय नेपालले २०७१ फाल्गुण २४ देखि २०७१ फाल्गुण २५ सम्म दुई दिने महिला सम्पादनथन कार्यक्रम आयोजना गरेको छ ।
उद्देश्यसम्पादन
- नेपाली विकिपिडियामा महिला सहभागिता बढाउनु
- नेपाली विकिपिडियामा महिला सम्बन्धि लेखहरू वृद्धि गर्नु
- नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु
- नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
- विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
- ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
महिला सम्पादनथनमा कसरी सहभागी हुनेसम्पादन
महिला सम्पादनथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :
सर्वप्रथम नेपाली विकिपिडियामा गएर आफ्नो खाता खोल्नुहोस : [{{{url}}}] खाता तयार भैसकेको भए प्रवेश गरेर महिला सम्पादनथन २०१५_सहभागीहरू यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस । विकिपिडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस् ।
नेपाली युनिकोड स्थापनासम्पादन
विकिपिडियामा लेखहरू युनिकोडमा लेखिनु आवश्यक छ । यदी तपाईं आफ्नो कम्प्युटरमा युनिकोड स्थापना (इन्स्टल) गर्न चाहनुहुन्छ भने तल दिइएका लिङ्कहरूबाट युनिकोड सफ्ट्वेरहरू प्राप्त गर्न सक्नुहुनेछ । तर आफ्नो इच्छा अनुसार अन्य वेबसाइट प्रयोग गरी युनिकोडमा परिवर्तन गर्न र लेख्न पनि सक्नुहुनेछ ।
लिनक्स मेसिनहरूमा :सम्पादन
SCIM या iBUS स्थापना गरेर नेपाली फन्टहरूको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरूपनि स्थापना गर्नुहोस् ।
विन्डोज मेसिनहरूमा:सम्पादन
मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । नेपाली युनिकोडको स्थापना गर्न थप जानकारी यहाँ पनि रहेको छ । याद राख्नुहोस विकिपिडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।
कसले भाग लिन पाउने?सम्पादन
- सम्पूर्ण नेपालीभाषी पुरुष तथा महिला (नेपाली, नेपालीमूलका या नेपालीभाषाका जानकार) मित्रहरू जो विश्व भरी छरिएर रहेका छन्।
- सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई महिला सम्पादनथन ब्याचले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा {{महिला सम्पादनथन २०१५}} राख्नुहोला !
कुन लेखहरू बनाउने वा सुधार गर्ने?सम्पादन
महिला सम्पादनथनमा के गरिन्छ?सम्पादन
- धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
- लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
- लेखहरूलाई स्तरीकरण गरिन्छ।
- तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।
योगदानको खाकासम्पादन
- फाल्गुण २४ तथा २५ मा सबै महिला तथा पुरुष योगदानकर्ताले आ-आफ्नो ठाउँबाट नेपाली विकिपिडियामा योगदान गर्ने । (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)
पुरस्कारसम्पादन
- यस कार्यक्रममा भाग लिइ उत्कृष्ट योगदान दिने विकिकर्मीहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ।
- प्रतियोगिता अवधी भरिमा सबैभन्दा धेरै लेखहरू सिर्जना गर्ने योगदानकर्ता पुरस्कृत हुनेछन् ।
- प्रतिसम्पादनमा कम्तिमा ३० शव्द जरुरी हुनेछ ।
- विकिपिडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ ।
विजेताहरूसम्पादन
क्रम | प्रयोगकर्ता | नयाँ सिर्जना गरेका लेखहरू |
---|---|---|
प्रथम | देवराज पौडेल | १८ लेख |
द्वितीय | बिजय चौरसिया | १० लेख |
तृतीय | बेनुपराज पौडेल | ९ लेख |
उत्कृष्ट योगदानकर्ताहरु:सम्पादन
प्रतियोगिता अवधिमा नयाँ लेख बनाएका योगदानकर्ताहरु:सम्पादन
नवराज घिमिरे
नविना दुलाल
अनुराग पाण्डेय
निलम कर्ण
गणेश पौडेल
प्रियंका साह
राम प्रसाद जोशी
सरोज कुमार ढकाल
पुरस्कार संकलनका लागि कृपया माथि उल्लेखित विजेता तथा योगदानकर्ता मित्रहरुलाई आफ्नो नाम र सम्पर्क मोबाइल नं उल्लेख गरि यहाँ इमेल पठाउन अनुरोध गर्दछौं ।