विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/धनकुटा जिल्ला

धनकुटा जिल्ला सम्पादन गर्नुहोस्

वर्षायाममा धनकुटा

धनकुटा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला हो। यस जिल्लाको सदरमुकाम धनकुटा नगरपालिका पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो। विसं २०१९ साल अघि विभिन्न नामले देशकै प्रशासनिक एकाईको रूपमा काम गर्दै आएको धनकुटा विसं २०१९ साल बैशाख १ गते राजा महेन्द्रको शासनकालमा धनकुटा जिल्ला भनी नामाकरण गरिएको हो। यस जिल्लाको पूर्वमा तेह्रथुमपाँचथर जिल्ला, पश्चिममा भोजपुरउदयपुर, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा मोरङसुनसरी जिल्ला रहेका छन। यसरी चारैतिरबाट जिल्लाहरूले घेरिएको भए पनि धनकुटा जिल्लाको माथिका जिल्लाहरूसँगको सिमाना विभिन्न खोला र नदीहरूले छुट्टयाएका छन। विसं २०३२ सालमा तत्कालीन सुनसरी जिल्लाको आहाले गाविस यस जिल्लामा समाविष्ट भइसकेपछि ८९१ वर्ग किलोमिटर क्षेत्रफलमा विस्तृत हुन पुगेको धनकुटा जिल्ला हाल ३५ गाविसहरू, एक नगरपालिका, ११ इलाका तथा दुई निर्वाचन क्षेत्रमा विभक्त रहेको छ। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Krish Dulal, Bhawani Gautam
  • आवेदनकाे कारणहरू: नेपालको रमणिय पर्यटकिय स्थल भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- कुरा गर्ने ०४:१३, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

सम्पादकहरूको मतदानको आधारमा अप्रिल महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१७, ३१ मार्च २०१५ (युटिसी(UTC))