विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/टिकटक
टिकटक
सम्पादन गर्नुहोस्
टिकटक (चिनियाँ: 抖音) (दोउयिन) एक प्रख्यात चिनियाँ श्रव्य दृश्य साझेदार गर्ने एक सामाजिक सञ्जाल सेवा हो जुन जुजि थाओदोङ (बाइटडान्स : अनुवादित शीर्षक) नामक चिनियाँ प्रविधि कम्पनीको स्वामित्वमा रहेको छ। यो चीनको राजधानी बेइजिङमा आधारित छ भने यसको स्थापना सन् २०१२ मा झाङ यिमिङले गरेका थिए। यो छोटो ओठ समक्रमण, सुखान्त र मनोरञ्जक तथा प्रतिभा सङ्ग्रहित श्रव्य दृश्यहरू सृजना गर्न प्रयोग गरिन्छ। यसको आधिकारिक अनुप्रयोग सन् २०१७ मा आइओएस र एन्ड्रोइडको लागि चीन बाहिरका बजारहरूको लागि सुरु गरिएको थियो। बाइटडान्सले यसअघि सेप्टेम्बर २०१६ मा चिनियाँ बजारका लागि दोउयिन (चिनियाँ: 抖 音) सुरु गरेको थियो। टिकटक र दोउयिन समान छन्, तर चिनियाँ इन्टरनेट नियन्त्रण विधि प्रतिबन्धहरूलाई पालना गर्न छुट्टा छुट्टै सेवकहरूमा सञ्चालित छन्। अनुप्रयोगले ३ देखि १५ सेकेन्ड सम्मको ओठ समक्रमण समावेशको श्रव्य दृश्य सार्वजनिक गर्न अनुमति दिन्छ भने यसले छोटो दोहोरिँदो श्रव्य दृश्यको लम्बाईलाई ३ देखि ६० सेकेन्ड सम्ममा सीमित गरेको छ। यो एसिया, संयुक्त राज्य अमेरिका र विश्वका अन्य भू भागहरूमा लोकप्रिय छ। टिकटक चीनमा उपलब्ध छैन, र यसको सेवक अनुप्रयोगहरू उपलब्ध भएका देशहरूमा आधारित छन्। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- بربت سيبيدي (تحدث معي) ०२:१९, २३ असार २०७७ (नेपालको प्रमाणिक समय) प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। بربت سيبيدي (تحدث معي) ०२:१९, २३ असार २०७७ (नेपालकाे प्रमाणिक समय)
|
समर्थनसम्पादन गर्नुहोस्
असमर्थनसम्पादन गर्नुहोस् |