वालंखा भोजपुर जिल्लामा अवस्थित एउटा गाउँ विकास समिति हो ।तर यो जिल्लाकै दक्षिण पश्चिम क्षेत्रको प्रमुख बजार क्षेत्र हो | दक्षिण पूर्वमा पर्ने घोरेटार बजार पछि यो बालंखा बजार यस क्षेत्रको शैक्षिक एबं राजनीतिक दृष्टिकोणले विशेष महत्त्व राख्ने केन्द्र हो | जिल्ला सदरमुकामबाट टाढा र दुर्गम स्थान परेकाले लामो समयसम्म ओझल मा परेको यो बजार, सडक मार्ग ले जोडिए पछि एका एक आर्थिक एवम ब्यापारिक केन्द्र को रूपमा पनि विकास हुन थालेको छ |
२०६८ सालको तथ्यांक अनुसार बालंखा गाबिसको जनसङ्ख्या करिब १७०० छ जुन २०४८ सालको तथ्यांक भन्दा करिब ३०० सय कम हो | यसको मुख्य कारण बसाई सराइ र विदेश पलायन नै हो | यसै गरी छिमेकी गाबिसहरू थिदिन्खा (२०८४), पांचा (२४५७) वासिंग थर्पु (१६१३), यूँ (१८०७), दुम्माना (४५०७) र पावला (१३४१) गरी यो क्षेत्रमा जम्मा १५५०५ जना संख्या रहेको छ |

बालंखा
बालंखा बजार
बालंखा बजार
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लाभोजपुर
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा१६९६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

इतिहास

पुरानो राणा र पंचायत को शासन ब्यबस्थामा आमचोक भन्ने चलन थियो र यो क्षेत्रलाई आमचोक बालंखा भनिन्थ्यो | त्यसपछि चण्डी बजार गाउ भनियो जसमा अहिलेको बालंखा, थिदिन्खा, यूँ सबै पर्थ्यो| पंचायत कालमै अर्को प्रशासनिक बिभाजन गर्दा अलग्गै बालंखा गाउ पंचायत भनेर नामकरण भयो र दक्षिण पश्चिम क्षेत्र को केन्द्रको पनि यसलाई बनाइयो | प्रजातन्त्र प्राप्त भएपछी प्रशासनिक स्वरुप त्यहि भए पनि गाउ पंचायत को ठाउमा गाउ विकास समिति नाम राखियो |

२०३६ सालमा बहुदल र निर्दल को जनमत सङ्ग्रह को समयमा यो क्षेत्र भरिका लागि बालंखा बजारमै मतदान को व्यवस्था गरिएको थियो |

बिक्रम सम्बत २०३९ मा तत्कालिन राजा बिरेन्द्र को भ्रमण घोरेटारमा भएको बेला बालंखा मा हाइ स्कुल स्वीकृत प्रदान भएको थियो जसको फलस्वरुप चनडेश्वोर माध्यमिक बिद्यालय बालंखा बजारमा स्थापित भयो | यो स्कुलको स्थापना संगै यस क्षेत्रमा केहि शैक्षिक र राजनीतिक चहल पहल शुरु भयो |

बालंखा लाई केन्द्र को रूपमा मानिएपनि त्यस अनुसार यहाँ अड्डा कार्यालयहरु बिगतमा स्थापित नभएको देखिन्छ | स्वास्थ्य चौकी पांचा मा थियो भने पुलिस थाना बयाङ्ग मा थियो | धेरै पछि एउटा पशु स्वास्थ्य उपचौकिको भवन भने स्थापना गरिएको थियो | स्कुल स्थापना पछि २०४० सालतिर अमेरिकी पिसकोर स्वयम्सेवक माइकल सुलेविट्स बालंखा मा शिक्षक बनेर आए र उनले जाने बेलामा खानेपानी को व्यवस्था गरेर गएका थिए |

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस सम्पादन गर्नुहोस्